स्पेन/ प्रबासमा रहेका नेपालीहरु चाडपर्व आउदा खल्लो मान्ने गर्छन् भनिएता पनि महान पर्ब बडा दशैलाई भने नेपालीहरुले हर्ष उल्लासका साथ आफ्नो संस्कृति परम्परा अनुसार मनाईरहेका छन्। स्पेनबासी नेपालीहरुले स्वदेशमा जस्तै गरि घर- घरमा घटस्थापना गर्दै उमारेका जमरा र रातो टिका लगाई बिजया दशमी मनाईरहेका छन्। करिब १० हजार नेपाली समुदाय रहेको स्पेनका बिभिन्न शहरमा रहेका नेपालीहरुले शुभ-कामना आदान- प्रदानका कार्यक्रमहरु पनि राखेका थिए ।
दशैको टिकाको दिनमा नै छुट्टी मिलाएर भए पनि टिका जमारा लगाउँने क्रम जारी छ ।स्पेनमा बिगत ८ बर्ष देखि बस्दै आएका राजेन्द्र तिमिल्सिना भन्छन् ,”दशै हो प्रबासमा पनि सम्झाना गर्नु पर्छ,घरपरिबारको साथमा मनाउँन नसके पनि आज टिकाको दिन साथीभाईहरु सँग मिलेर रमाईलो गरिदै छ।”
लमजुङ्ग स्थायी घर भई बिगत ३ बर्ष देखि परिबारको साथमा बार्सिलोना बस्दै आएका मनोज कार्कीको ब्यथा भने अर्कै छ। उनि भन्छन्,”आज टिकाको दिनमा पनि काममा जानु पर्ने बाध्यता छ,परिबार यहिँ भए पनि ,रमाईलो गरि मनाउँने समय पाईएन।” २० बर्षिय कार्कीले काममा कारण नै बिगत ३ बर्ष देखि दशै राम्रो सँग मनाउँन नपाएको बाध्यता सुनाउछन्।
बडा दशैको उपलक्ष्यमा नै एनआरएनए स्पेनले बार्सिलोनामा आईतबार शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्दै छ भने नेपाली जन सम्पर्क समिति स्पेनले सोमबार चियापान कार्यक्रमको आयोजना गरेको छ । यस अघि कास्की समाज स्पेनले दशैको अवसरमा कस्केली नेपाली समुदाय बीच शुभकामना आदानप्रदान तथा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको थियो।
यसै बीच नेपाल स्पेन समाजले महान चाड बडा दशैं तथा शुभ दिपावली को शुभकामना आदान प्रदान तथा बिबिध बीच सास्कृतिकबीच आज नै कोस्टाब्लान्का क्षेत्र मध्य नेपालीहरुको बाक्लो बसोबास रहेको शहर बेनिडर्ममा अवस्थित ४ तारे होटल मारिनामा गर्दै छ।