संगममार्ग महिला समुहको शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न


कृष्ण रानाभाट/पोखरा
पोखरा उपमहानगरपालिका वडा नं. ८ र ९ को सिमानामा रहेको संगममार्ग महिला समुहको आयोजनामा वडादशैं, शुभ दिपावली, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा विद्यार्थी सम्मान कार्यक्रम शनिबार सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अथिति पोखरा उद्योग वाणिज्य संघकी कार्य समिति सदस्य सीता गुरुङले गर्दै महिलाले चाहेमा घर धन्दा सकेर पनि सामाजिक कार्यमा लाग्न सकिने वताउँदै नगरपालिकाको सहकार्यमा महिला शसक्तिकरणका कार्यक्रमहरु निरन्तर गर्नुपर्ने वताईन।

उनले सम्मानित विद्यार्थीहरुलाई पढाईमा अब्बल हुनुमात्र सम्पुर्ण कुरा नभएको भन्दै विद्यार्थी जिवनबाटै संगठित भई सामाजिक कार्यमा लाग्नु पर्ने वताईन्।
कार्यक्रममा वडा नं. ९ का वडा सचिव लोकदर्शन कोईराला, टोल विकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, संगममार्ग टोल तथा संगममार्ग विकास समितिका अध्यक्ष रामराज लामिछाने, सह न्यायाधिवक्ता नारायण प्रसाद पौडेल, निलगिरि वोडिङ स्कुलकी अध्यक्ष रामु गुरुङ, संस्थाका सल्लाहकार दामोदर शर्मा, प्रगतिमार्ग टोल विकास समितिका अध्यक्ष रामबहादुर विकलगाएतले वडा दशैं, तिहारको शुभकामना व्यक्त गरेका थिए।

त्यसै गरि २०७१ सालको एसएलसीमा उत्र्तिण हरने समुहका सदस्यहरुका पाँच जना छोरा छोरीलाई सम्मान गरिएको थियो । सम्मानित हुने कञ्चन वास्तोला, अस्मिता कुवँर खाँड, सुनिता कुवँर, सविना कुवँर र अमितप्रसाद पौडेल प्रमुख अतिथि सीता गुरुङ, अध्यक्ष लक्ष्मी त्रिपाठी वास्तोला, लोकदर्शन कोईरालाले सम्मानपत्र, मायाको चिनो, अविर र खादा लगाएर सम्मान गरेका थिए।

सम्मानित छात्रछात्राहरुले आफुहरुलाई सम्मान गरेकोमा संस्थालाई धन्यवाद दिंदै समाज र देशको लागि उदाहरणिय कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
समुहकी अध्यक्ष लक्ष्मी त्रिपाठी वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ईन्दिरा लामिछानेले र संचालन सचिव रीता लामिछानेले गरेका थिए।