प्रकाश तिवारी, बेनिडर्म, स्पेन
नेपाल स्पेन समाजको दोश्रो कार्यकालका लागि रितेश श्रेष्ठ चुनिएका छन्। समाजका अध्यक्ष लाल बहादुर केसीले आफुँलाई समाजमा रहेर काम गर्ने इच्छा हुदाँ हुदैं पनि आफ्नो व्यक्तिगत कार्य व्यस्तताले गर्दा पर्याप्त समय दिन नसक्ने बताए पछि समाजको बिशेष बैठकले श्रेष्ठलाई चुनेको हो। नव नियुक्त अध्यक्ष श्रेष्ठ बर्तमान कार्यसमितिमा कोषाध्यक्ष थिए।
करिव डेढ बर्ष अगाडी लाल बहादुर केसीको अध्यक्षतामा औपचारिक रुपमा गठन भएको समाजको कार्यसमितिले बिभिन्न कार्यक्रमहरु तथा सामाजिक कार्य गर्दै आएको छ। पुरानो कार्य समितिको संख्या ठुलो र सक्रियता कम भएको जनाउँदै बिशेष बैठकले नयाँ कार्यसमिति गठन गरेको छ।
समाजले नवनियुक्त अध्यक्षलाई एक हप्ता भित्र पूर्ण कार्य समिति गठन गर्ने जिम्मा दिदैं पूर्ण कार्यसमितिको घोषणा आगामी बिहिबार दशैं कार्यक्रमका बीच सार्वजनिक गरिने जनाएको छ।
विशेष अधिबेशन बाट आफ्नो कार्यकाल टुंग्याएका निबर्तमान अध्यक्ष लाल बहादुर केसीले अहिले सम्म समाजले गरेका हरेक गितिबिधिमा साथ दिने सम्पूर्ण नेपाली समुदाय तथा कार्यसमितिका सम्पूर्ण पदाधिकारीमा आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि समाजका लागि आफ्नो ठाउँ बाट सकेको सहयोग गर्ने प्रतिबद्वता जनाएका छन्।
स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले यस क्षेत्रमा बस्ने नेपाली समुदायको हक, हित तथा आफ्नो धर्म, संस्कृति, भेष-भुषाको संरक्षण तथा सम्बद्धन गर्ने तथा विभिन्न चाडपर्वहरु मनाउने जस्ता कार्यक्रम गर्नको लागी यस क्षेत्रमा सन २००९ मा केहि नेपालीहरुको सक्रियतामा नेपाल स्पेन समाज, बेनिडर्मको गठन भएको थियो भने तत्कालीन समयमा गठन भएको समाजको कार्यसमितिमा सबै जना सदस्यको रुपमा मात्र सक्रिय रहेका थिए।
यसैबीच समाजले दशैं कार्यक्रम गर्ने
समाजले महान चाड बडा दशैं तथा शुभ दिपावली२०७२ को शुभकामना आदान प्रदान तथा बिबिध सास्कृतिक कार्यक्रम गर्ने भएको छ। दशैं टिकाको दिन अर्थात् २२ अक्टोबर बिहिबारका दिन कोस्टाब्लान्का क्षेत्र मध्य नेपालीहरुको बाक्लो बसोबास रहेको शहर बेनिडर्ममा अवस्थित ४ तारे होटल मारिनामा हुने भएको छ।
कार्यक्रमको तयारीका लागि सुरेश बज्राचार्यको संयोजकत्वमा केदार देवकोटा, कोशिष राज महर्जन, बिरेन्द्र श्रेष्ठ र रितेश श्रेष्ठ सहित ५ सदस्यीय तयारी समिति गठन गरेको छ । साथै समाजले दशैं कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नका लागि यस क्षेत्रमा बस्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित हुन् अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धि पूर्ण बिबरण
मिति – बिहिबार अक्टोबर 22, 2015 (दशैं टिकाको दिन)
स्थान – Hotel Marina AV. Cuenca 6, Benidorm
समय – राती 9 बजे देखि 2 बजे सम्म
प्रबेश शुल्क – 10 युरो (साथमा खाना र पेय पदार्थ)
(10 बर्ष भन्दा मुनिका बालबालिकालाई प्रवेश निशुल्क)