काठमाडौ/ गैरआवासीय नेपाली संघको सातौ अधिबेशनबाट उपाध्यक्ष पदमा जापानका पुन:भवन भट्ट र जर्मनीका कुमार पन्त बिजयी बनेका छन्। अन्य प्रतिस्पर्धी मध्ये पछि पार्दै बढी मत पाप्त गरेर भट्ट र पन्त बिजयी बनेका हुन्। भट्टले ५३८ र पन्तले ५१२ मत पाएका छन् ।
उपाध्यक्षका लागि कतारका नरेन्द्र भाट २६९ अमेरिका देखि खगेन्द्र क्षेत्री ३१७ अस्ट्रेलियाका डा. शमशेरसिंह थापा १२७ बेलायतबाट लक्ष्य गुरुङले १६५ मत पाप्त गरेका छन्। निर्बाचित भट्ट र पन्त दुवै युवा ब्यबसायीहरु हुन्।
घलेको कार्यकालमा उपाध्यक्ष र महासचिबको जिम्मेबारी सफलता पुर्बक निर्बाह गरेको हुँदा गैर आबासीयहरुले पुन:भट्ट र पन्तलाई नयाँ कार्यसमितिमा पनि जिम्मेबारी सुम्पेका हुन्।
को हुन् भट्ट र पन्त ?
उपाध्यक्ष भट्ट सन् २००९ देखि २०११ सम्म एनआरएनए जापानको अध्यक्ष, २०११ देखि २०१३ सम्म एनआरएनए आइसीसी केन्द्रिय कोषाध्यक्ष र २०१३ देखि २०१५ सम्म एनआरएनए केन्द्रिय उपाध्यक्ष तथा पर्यटन प्रवर्धन समितिको अध्यक्षको जिम्मेवारीमा रहेर काम गरेका थिए।
बिनासकारी भूकम्प पछि एनआरएनद्वारा संचालित उद्दार तथा राहत वितरण कार्यमा भट्ट पूर्ण रुपमा खटिएर लागेका थिए। सन् २००२ मा खोलेको एउटा रेष्टुरेन्टबाट मुनाफा आर्जन गर्दै भट्ट अहिले जापानमा मात्रै १ सय ३० वटा रेष्टुरेन्टको मालिक बनेका छन्।
यस्तै पन्त लामो समय संघको अभियानमा आवद्ध पन्त स्थानीय संयोजक, अन्तर्राष्ट्रिय परिषद सदस्य, युरोप संयोजक हुँदै महासचिव जस्तो महत्वपूर्ण पदको जिम्मेबारी सम्हालेका थिए।
गोरखा फुजेल गाविसका कुमार सन् २००० मा जर्मनी प्रवेश गरेका हुन्। कलेज पढ्दै गर्दा उनले होटलमा काम गर्न थाले। सन् २००६ मा जर्मनीको फ्य्रांकफर्ट शहरमा एभरेस्ट नामक तीनतारे होटल खोल्न सफल भए। पन्तले सन् २०१० मा गोयथे होटल, २०११ मा गोयथे अपार्टमेन्ट हाउस, २०१२ मा होस्टर–होफ र २०१३ मा गोयथे बिजनेस होटल खोले।
फ्य्रांकफर्टमै उनले गत जुन महिनामा स्काइलाइन नामक चारतारे होटल सुरु गरे। यीमध्ये १३५ कोठाको होस्टर–होफ उनले सञ्चालनमा ल्याएको सबैभन्दा ठूलो होटल हो। यही वर्षको जुलाईमा उनले जर्मनीको अर्को शहर बर्लिनमा सेन सिटी नामक होटल पनि स्थापना गरिसकेका छन्।