भाट समाजको आर्थिक तथा कार्य सम्पादन समिति गठन


कृष्ण रानाभाट/पोखरा ।
भाट समाज लेखनाथ नगरपालिका वडा नं. ४ र ५ को आयोजनामा मंगलबार भएको भेलाले समाज घर वनाउन २५ सदस्यीय आर्थिक तथा नौ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ।

आर्थिक समितिको संयोजकमा राष्ट्रिय वाणिज्य बैंकको अधिकृत पदबाट सेवा निवृत ठाकुरप्रसाद रानाभाट, सह–संयोजकमा एकाई अध्यक्ष मीमबहादुर कनियभाट, सचिवमा कृष्ण भाट, कोषाध्यक्षमा जग्गादाता वसन्त वञ्जराभाट, सह–सचिवमा शम्भु भाटलगाएत २५ सदस्यीय आर्थिक समिति गठन गरिएको हो।

त्यसै गरी कार्य सम्पादन समितिको संयोजकमा ठाकुरप्रसाद रानाभाट, सह–संयोजकमा एकाई अध्यक्ष मीमबहादुर कनियभाट, सचिवमा कृष्ण भाट, कोषाध्यक्षमा जग्गादाता वसन्त वञ्जराभाट, सह–सचिवमा शम्भु भाट र सदस्यहरुमा शिवबहादुर रानाभाट, चन्द्रबहादुर रानाभाट, रीता रानाभाट र खड्कबहादुर रानाभाटलाई चयन गरिएको वताईएको छ।

भाट समाज पश्चिमाञ्चल क्षेत्रिय समितिको पहलमा जग्गा प्राप्ती तथा उक्त जग्गाको कम्पाउण्ड भई सकेको तथा पुर्व सभामुख तारानाथ रानाभाटले सिलन्यास गरिएको लेखनाथ वडा नं. ५ कालिकाचोकमा रहेको ओमबहादुर, वसन्त र शिव वञ्जराको नाममा रहेको एक रोपनी क्षेत्रफलको जग्गामा भवन निर्माण कार्य सुरु गरिने भएको कार्य सम्पादन समितिका सदस्य शिबबहादुर रानाभाटले वताए।

सोही अवसरमा कार्यक्रमका अतिथि तथा भाट समाज पश्चिमाञ्चल क्षेत्रिय समितिका अध्यक्ष तोयबहादुर भट्टराईभाटले भवन निर्माणको लागि एक लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। भाट समाजका केन्द्रिय, क्षेत्रिय, जिल्ला तथा एकाई समितिका सदस्यहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

भाट समाज लेखनाथ वडा नं. ५ एकाई अध्यक्ष मीमबहादुर कनियलभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शम्भु रानाभाटले, धन्यवाद ज्ञापन शिवबहादुर रानाभाट र संचालन सचिव नरेश वञ्जराभाटले गरेका थिए।