बसन्त रानाभाट/
गैरआवासीय नेपाली संघको सातौ अधिबेशनबाट नयाँ नेतृत्वमा अन्तत तिन जना निर्बाचन लड्ने निश्चित भएको छ। निर्बाचन आयोगले शेष घले,टीबी कार्की र रतन कुमारको झाको अन्तिम नामावली प्रकाशित गरे पछि तिन जनाको भिडन्त निश्चित भएको हो। घले बर्तमान अध्यक्ष हुन् भने,कार्की उपाध्यक्ष र झा पूर्ब महासचिव हुन्।
यस्तै उपाध्यक्ष पदका लागि जापानबाट पुन:भवन भट्ट जर्मनीका कुमार पन्त, कतारका नरेन्द्र भाट, अमेरिका देखि खगेन्द्र क्षेत्री, अस्ट्रेलियाका डा. शमशेरसिंह थापा र बेलायतबाट लक्ष्य गुरुङ चुनाबी मैदानमा भिड्ने निश्चित भएको छ। उपाध्यक्षमा प्रतिस्पर्धा गरेका ६ जना मध्ये दुई जना निर्बाचित हुने छन्।
यस्तै महासचिबमा ४ जनाको चुनाबी कडा प्रतिष्पर्धा हुने भएको छ। रसियाबाट डा. बद्री केसी,स्पेनका पुष्प राज तिमिल्सिना,अष्टेलियाबाट रन्जु बाग्ले थापा,र जर्मनीका पुष्प थापाले भिड्ने भएका छन्। गत अधिबेशनमा सचिबमा बिजयी बनेकी थापाले तिमिल्सिनालाई झिनो मतले पराजित गरेकी थिईन्। यी दुवै जना फेरि महासचिबका लागि एकै ठाँउमा भिड्दै छन्।
सचिबमा यस अघि धेरैले उम्मेद्वारीको चर्चा गरे पनि अन्तत: ४ जना बीच चुनाबी प्रतिस्पर्धा हुने भएको छ।बेल्जियमका अर्जुन कुमार श्रेष्ठ,अष्ट्रेलियाका गणेश केसी, बेलायतबाट सुरेन्द्र श्रेष्ठ र साउदीका धरम बहादुर केसीले बीच प्रतिस्पर्धा हुने भएको हो।
यता कोषाध्यक्षमा जापानबाट चिरन्जिबी थापा, अस्ट्रेलियाका भैरव ढकाल,अमेरिका राजेन्द्र शिवाकोटी र नाईजेरियाबाट हिक्मत थापा र हङ्कङ्का यम बहादुर गुरुङ बीच कडा प्रतिस्पर्धा हुने भएको छ।
एसिया संयोजकमा गंगाराज राई, किरण विक्रम थापा,सोमचाई क्षेत्रीले उम्मेद्वारी दर्ता गराएका छन्। एसियाकै उपसंयोजकको रुपमा भवानी शंकर तिवारी, कृष्ण प्रसाद पाण्डे र रोविन्द्र प्रसाद श्रेष्ठ एकै ठाँउमा भिड्दै छन्।
अमेरीकाको संयोजक पदमा भने रामचन्द्र खरेल र सोनाम लामाले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। अमेरीकाकै उपसंयोजकको रुपमा आङ्ग छिरिङ शेर्पा, बिनोद के सी, शिब कुमार राईले उम्मे द्वारी दर्ता गरेका छन्।
मध्यपुर्वको संयोजकको रुपमा डम्बर बहादुर क्षेत्री र झम्क प्रसाद सापकोटाले उमेदवारी दर्ता गराएका छन्। उपसंयोजकको पदमा धर्मराज गिरी, कल्याण कुमार श्रेष्ठ र उमेश अधिकारीले आफ्नो उम्मे द्वारी दर्ता गराएका छन्।
त्यस्तै ओसनियाको संयोजकको रुपमा भोमा देशी लिम्बु र महेन्द्र कुमार लम्सालले उम्मेद्वारी दर्ता गराएका छन्।
को – को बने निर्बिरोध
बेलायतका कुल आचार्यको युरोप क्षेत्रीय संयोजक पदमा एकल उम्मेद्वारी परे पछि निर्बिरोध बनेका छन्। यस अघि बर्तमान उप-संयोजक सोम सापकोटाले उम्मेद्वारी घोषणा गरेको भए पनि अन्तत: आँफै प्रस्ताबक बन्दै आर्चायलाई समर्थन गरेका छन्।
यस्तै रसियाबाट सपिला राजभण्डारी अन्तराष्ट्रिय महिला संयोजक पदमा पुन: निर्बिरोध बनेकी छन्। तर महिला उप- संयोजकका लागि बेल्जियमबाट रजनी प्रधान र ईजरायलबाट भगवती बस्नेतको उम्मेद्वारी परेको हुँदा चुनाब हुने भएको छ।
यस्तै केन्याका सुनिल कार्की अफ्रिका क्षेत्रको संयोजक बनेका छन्। उनको मात्र उम्मेद्वारी परे पनि निर्बिरोध बनेका हुन्। युरोप क्षेत्रमा उप-संयोजक पदको ६ जनाको प्रतिस्पर्धा भई रहेको बेला अफ्रिकाबाट भने उप-संयोजकका लागि कसैले पनि उम्मेद्वारी दर्ता गराएनन्।
युवा संयोजकमा अष्ट्रेलियाबाट मात्र ३ जना,युरोप उप-संयोजकमा पनि भिड
अन्तराष्ट्रिय युवा संयोजकका लागि अष्ट्रेलियाबाट मात्रै कृष्ण गिरी, बिजय पोख्रेल, निरन्जन प्रसाइँ, गरी ३ जनाले चुनाब लड्दै छन्। उनिहरुको साथमा फ्रान्सका निर्मल अर्याल र नेदरल्याण्डका फडीन्द्र पन्तले प्रतिस्पर्धा गर्दै छन्। एकै पदका लागि अस्ट्रेलियाबाट तिन जनाले चुनाव लडेको सम्भवत: यो पहिलो घटना हुन सक्छ।
यता युरोप उप-संयोजकका लागि भने ठुलै भिड छ। बेल्जियमबाट शिब कुमार बरुवाल र प्रेम गुरुङ,बेलायतका थर्क सेन,पोर्चुगलबाट हेमन्त सेढाई,स्बिजरल्याण्डका सुबास पोख्रेल,जर्मनीबाट दावा गेल्जे शेर्पा चुनाब लड्दै छन्। ६ जनाको प्रतिष्पर्धामा २ जना मात्र निर्बाचित हुने भएका छन्।
गत अधिबेशनमा युरोप संयोजक पदका लागि निर्बाचन हुँदा उप- संयोजक निर्बिरोध बनेको थियो। तर अहिले त्यसको बिपरित संयोजकमा निर्बिरोध हुँदा उप-संयोजकका लागि ठुलै भिड छ।