वसन्त रानाभाट/स्पेन
१८ बर्षिय नेपाली लन टेनिस खेलाडी अभिषेक बास्तोलाले स्पेनको चर्चित टेनिस भाल एकेडेमीवाट दुई महिने तालिम पुरा गरेका छन्। बिश्वका चर्चित टेनिस खेलाडीहरुले समेत अनुभव र ज्ञान बटुल्दै आएको एकेडेमीबाट बास्तोलाले तालिम पुरा गरेका हुन्।
खोसे फ्रान्सिस्को अल्टुर र पन्चो अल्भारिनाले भ्यालेन्सियामा संचालन गरेको एकेडेमीबाट बिश्वका चर्चित टेनीस खेलाडीहरुले नै तालिम लिदै आएका छन्। व्यक्तिगत लगानीमा नै स्पेन आएका बास्तोलाले तालिम शुल्क,खाना,बस्न र टिकटमा गरी दुई महिनाका लागि करिब ८ लाख रुपैयाँ खर्च भएको बताउँछन्।
स्पेनको भ्यालेन्सियामा रहेको एकेडेमीमा तालिम पुरा गर्दै बास्तोला बुधबार नेपाल फर्कदै तयारी गरेका छन्। उनि आईटिएफ जुनियर टेनिस खेल्ने एकमात्र नेपाली खेलाडी पनि हुन्। बिश्वका २ हजार ३ सय १६ खेलाडीहरु मध्ये नेपालका एक मात्र खेलाडी बास्तोला बरियाक्रम अनुसार ९ सय ७८ औ स्थानमा छन्।
तालिम सकेर नेपाल फर्कने तयारीमा रहेका बास्तोलाले नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै भने,”टेनिस मेरो सपना हो,यसका लागि आज सम्म सबै समय खर्चेको छु। कुनै दिन ग्राण्ड स्लाम जितेर राष्ट्रको नाम रोशन गर्ने सपना छ। तर यो सपना पुरा गर्न धेरै कठिन छ तर टेनिस खेल एउटा व्यक्तिमा निर्भर हुने भएकाले म सधै कोशिस गर्ने छु।’
करिब २० राष्ट्रमा पुगेर बिभिन्न प्रतियोगतामा भाग लिई सकेका बास्तोलाले राष्ट्रले खेलाडीहरुलाई सपोर्ट गर्न नसक्दा आँफुहरु पछि परेको बताउँछन्। उनले नेपालको तर्फबाट सानै उमेरमा सन् २०१३मा युथ एसियन गेम्स,चाईना र दक्षिण कोरियामा सम्पन्न १७ औ एसियन गेम्स ईञ्चोन २०१४ मा भाग लिएका थिए।
स्पेनको तालिम उपलब्धिमुलक
बास्तोलाले भ्यालेन्सिमा भएको तालिम आफ्नो जीवनमा अहिले सम्मकै उपलब्धी मुलुक भएको बताएका छन्। बिश्व बरियतामा १०० भन्दा कम रेङ्किङ्मा रहेका धेरै खेलाडीहरुले सोही एकेडेमीबाट तालिम लिने गरेको उनि बताउँछन्।
तालिमका क्रममा स्पेनिस खेलाडी ड्यानिल गिमिनो ताबे,जापनका तारो ड्यानिल,ईटालीकी राष्ट्रिय महिला खेलाडी सारा ईरानी सँग भेटेर अनुभवहरु सुन्न पाएको बास्तोलाले सुनाए। सन् २०१२ मा सारा फ्रेन्स ओपन सिङ्गल तर्फकी उप बिजेता हुन्। यस्तै डबल तर्फ उनले ५ बटा ग्राण्ड स्लाम जितेकी छन् भने ३ पटक उपबिजेता बनेकी छिन्।
बिश्व विख्यात खेलाडीहरुको अनुभवबाट पनि अझ आँफुलाई अगाडि बढ्न हौसला मिलेको बताउँदै बास्तोलाले तालिममा खर्च नै भए पनि टेनिसमा लगाएको लगानी सम्झन्छन्। यस्तै एकेडेमीका संचालक अल्टुर पनि स्पेनिस चर्चित खेलाडी डेभिड फेरेररका पुर्ब कोच हुन्।
जता पुगे पनि व्यक्तिगत खर्च नै
म्यानमार,थाइल्याण्ड,ब्रुनाई,हङ्कङ्,मलेसिया,भारत,श्रीलङ्का,बंगलादेश,बुन्ड्री,गणतन्त्र चिन,दक्षिण कोरियामा लगायतका थुप्रै मुलुकहरुमा पुगी उनले आईटिएफ जुनियर टेनिस टुर्रनामेन्टहरु खेलिसकेका छन्।
बिश्व बरियतामा आँफु अगाडि बढ्न बिभिन्न टुर्नामेन्टहरुमा भाग लिनु पर्छ,विदेश जान व्यक्तिगत खर्च गर्दै कति जान सकिएला ? हामी नेपालीहरुलाई सम्भव नै नहुने भन्दै, बास्तोलाले दुखेसो पोख्दै भने.”आज सम्म १५- २० देशमा खेल खेल्न पुगे त्यो सबै परिबारको खर्चमा नै हो।
अहिले सम्म चाईनामा भएको युथ एसियन र कोरियामा सम्पन्न एसियन खेलमा मात्र राज्यले खर्च ब्यहोरेको हो।” तर उनले सन् २०१३ मा चाईनाको भएको प्रतियोगितामा देशका लागि खेल्न जाँदा पनि आँफैले हवाई टिकट ब्यहोर्नु परेको गुनासो पनि पोखे।
अमेरिका पुगेर अझै तालिम र अध्ययन गर्छु
पोखरा महेन्द्रपुल स्थायी घर भएका बास्तोलाले आफ्नो ग्राण्ड स्लाम जित्ने सपना पुरा गर्न बिदेशमा अझै तालिम र अध्ययन जरुरी रहेको बताएका छन्। यसका लागि अमेरिकाको मायामी स्थित ए.एस.ए कलेजमा पुगेर अध्ययन तथा टेनिस खेलमा अझै पोख्त बन्ने योजना सुनाउँछन्।उनले यसअघि पनि १४ बर्षको उमेरमा नै थाईल्याण्ड पुगेर पिटीआईएसबाट ५० प्रतिशत छुटमा अध्ययन तथा टेनिसको तालिम लिएका थिए।
बास्तोला भन्छन्, ” यो सबै अबिभाबकको सहयोग र सपोर्टबाट मात्रै सम्भव छ, भाग्यमानी ठान्छु मैले भगवान जस्तै बाबुआमा पाएको छु दुवै जनाले खेलको महत्वलाई राम्रो सँग बुझ्नु हुन्छ त्यसैले यहाँ सम्म आईपुगेको छु। आफ्ना पिता अनुज कुमार बास्तोला र माता पद् मा बास्तोला दुवै जना पुर्ब राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरु समेत रहेको सुनाउँदै उनले भने, “खाने खाना होस् वा शिक्षा दीक्षामा होस् अभिभाबकले एकदमै ख्याल गर्नु हुन्छ,खेलको महत्व बारे उहाँहरुले राम्रो सँग बुझेको हुँदा पनि मलाई अगाडी बढ्न सजिलो हो।”
१२ कक्षा सम्मको अध्ययन पुरा गरिसकेका बास्तोलाले यो पनि थपे,” यो उमेरमा पढ्न छोडेर, खेल खेलेर बिग्रियो भन्ने समाजमा धेरै सुनिन्छ तर अभिभावकहरुले यसरी नै सकारात्मक सोच गर्ने हो भने मात्र नेपालमा खेलकुदको बिकास हुन सक्छ।”
आफ्ना नातेदार बिनोद कायस्थको टेनिस कोर्टबाट १० बर्षको उमेर देखि रैकेट समातेर खेल यात्रा सुरु गरेका बास्तोलालाई अहिले सम्म उनलाई शरद लामाले प्रशिक्षण गराईरहेका छन्।






Thank you very much Basant ji for the news , which motivate us a lot to support Abhishek in coming future as it is a long jorney with having lot of pations.
Congratulations Abhishek Bastola we proud with you
Great job babu… We r so proud of u ….
Making nepal proud all the way bro… Best wishes for the future.. 🙂
i didnt know my aunt and uncle wereas well player in national league…serious m so proud bhai.. i will defo yhank you for making our family proud internationaly and making us know. i will tell the world that you are my brother….very very proud..bahi..keepp doing good works and practice hard me my mother father sister and cena all of us very proud of you and support you..
Comments are closed.