नेपाल विद्यार्थी संघ कास्कीका संयोजकलाई धम्की


पोखरा/ नेपाल विद्यार्थी संघ कास्कीका संयोजक सुवास कोइरालालाई धम्की आएको छ । उनलाई शनिवार फोन गरि कुटपिटको धम्की दिएको कोइरालाले जानकारी दिए । कोइरालले भने –“मलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहका मान्छे हु भन्दै कुपपिटको धम्की दिए ।” उनले नेपाल विद्यार्थी सघंको संयोजक छाड् भन्दै धम्काएको बताए ।

उनले नेपाल विद्यार्थी संघ कास्कीको अधिबेशन नगरि कुनै पनि हालतमा आफुले न छाड्ने बताए । उनले भने –“देशमा अहिले तेल संकटले गर्दा अधिबेशन हुन नसकेको हो, तेलको संकट टर्ने वित्तिकै अधिबेशन हुन्छ ।”“कसैको धम्कीले अधिबेन नै नगरि छाड्ने कुरा हुदैन ।” उनले जस्तो सुकु परिस्थितिमा पनि अधिबेशन गराएर मात्रै छाड्ने बताए ।