काठमाडौ/ नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण निम्तो दिएका छन् ।
प्रधानमन्त्री भएलगत्तै पार्टी कार्यालय पुगेका ओलीलाई मोदीले टेलिफोनबाट बधाई दिंदै भ्रमण निम्तो दिएका हुन् । ‘मोदीले प्रधानमन्त्री ओलीलाई उपयुक्त समयमा भारत भ्रमण गर्न निम्तो दिनुभयो,’ ओली निकट केन्द्रीय सदस्य राजन भट्टराईले ईकान्तिपुरसित भने, ‘अहिले मौखिक निम्तो दिएको छु, आधिकारिक निकायबाट पत्र पनि आउँछ भन्नुभयो ।’
वार्तामा ओलीले भारतको नाकाबन्दीले पारवहन समस्या भएको भन्दै सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेका थिए । जवाफमा मोदीले नेपालमा के के असहज अवस्था छन् आफूले फुकाइउने आश्वासन दिए ।-kantipur