स्पेन/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले राष्ट्र पुनःनिर्माणमा साझेदारी गर्ने र सम्बृद्ध मातृभूमीको निर्माणमा अझै दत्तचित्त भएर लाग्ने प्रण गरेका छन्।
राष्ट्र पुनः निर्माणमा सच्चा साझेदारी गर्ने लक्ष्यसहित यही अक्टुवर १४ देखि सुरु हुन लागेको गैरआवासीय नेपाली संघको सातौं बिश्व सम्मेलनमा नजिकिदै गर्दा अध्यक्ष घलेले यस्तो प्रण गरेका हुन्।
घलेले अबको दुई बर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने ,बैदेशिक रोजगार कल्याणकारी कोष संचालन गर्ने र भूकम्पबाट तहसनहस भएको मुलुकको पुनःनिर्माणमा साझेदारी गर्ने महत्वपूर्ण र गम्भीर जिम्मेवारी कााधमा रहेको भन्दै आँफु पूर्ण प्रतिबद्द भएर लाग्ने बताएका छन्।
‘नेपालीका लागि नेपाली’ भन्ने नारालाई सार्थक बनाउने लक्ष्यसहित घलेले गैरआवासीय नेपाली संघको नेतृत्व लिएको पनि दुई बर्ष पुरा हुन लागेको जनाउँदै संस्थालाई स्थायित्व दिन, भरोसा योग्य बनाउन र मातृभूमीको सम्बृद्धिमा साझेदारीका लागि सदैब आँफुले कोसिस गरेको जनाएका छन्।
उनले संस्थाको आफ्नै भवन निर्माण गर्ने कार्य अन्तिम अबस्थामा पुगेको, बैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना भई संचालनको तयारीमा रहेको साथै भर्खरै जारी भएको संविधानमार्फत् गैरआवासीय नेपाली नागरिकता प्राप्तिको सपना पुरा भएको समेत बिज्ञप्तिमा उल्लेख गरेका छन्।
दुई बर्षको अबधिमा जेजति काम गर्यौं, त्यसलाई पुरा गर्न अहिलेकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने गैर आबासीयहरुको मागलाई सम्मान गर्दै आँफुले पुन: अध्यक्षमा उम्मेदवारी घोषणा गरेको भनी स्प्रष्ट पारेका छन्।
गैरआवासीयहरुको शक्तिलाई एकीकृत गर्दै एनआरएनलाई अझै बिश्वासिलो र भरोसायोग्य बनाउादै राष्ट्र पुनःनिर्माणमा साझेदारी गर्ने र सम्बृद्ध मातृभूमीको निर्माणमा अझै दत्तचित्त भएर लाग्ने प्रण गर्दै घलेले भूकम्पका कारण संचालनमा ढिलाई भएको बैंदेशिक रोजगार कल्याणकारी कोषको संचालन, भवन निर्माणको समापन, भूकम्प पिडीतलाई एक हजारभन्दा धेरै घर निर्माण लगायतका कामहरु आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन्।
गैरआवासीय नेपाली नागरिकतामार्फत् नेपाल सरकारले दिएको महत्वपूर्ण अबसरलाई सदुपयोग गर्दै नेपालमा सीप र पुजीलाई भित्राउन आँफुले सार्थक कोसिस गर्ने प्रण गरेका छन्।