समाधानको बाटो बेलैमा रोज्ने कि ?


– शोभराज पौडेल
सात दशक लामो सर्घष अनि सहिदहरुको वलिदानवाट नेपाली जनताले आसा गरेको एउटै उपलब्धी नेपालको संबिधान २०७२ असोज ३ गते अत्याधीक वहुमत प्राप्त गरी जारी भयो । जब २००७ सालमा प्रजातन्त्रको उदय भयो नेपाली जनताले स्वतनत्र रुपमा बाँच्ने अधिकार स्थापना भएको थियो । दशौ हजार नेपालीको सङ्घर्ष अनी विभिन्न वाधा अबरोधका वाबजुत नेपाल संघिय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य तथा धर्म निरपेक्ष राज्यका रुपमा विश्वसामु परिचत हुन पुग्यो ।

शत प्रतिशत जनताका प्रतिनिधीहरुबाट लेखीएको संबिधान अबश्य नै नेपाल अनि नेपाली जनताका पक्षमा रहनुमा कुनै शंका छैन् । तर यसको विपरित, संविधान जारी हुनू भन्दा एक महिना अघि बाट शुरु भएको मधेस आन्दोलनले गर्दा नेपाली जनताको मन आशंकै आशंकाले भरिएको छ ।

कतै संविधान जारी हुनु भन्दा केहि दिन अघि बाट नै संविधानलाई स्वागत गर्दै दिप प्रज्ज्वलन गरियो भने कतै संबिधान तराई मधेसको विपक्षमा भएको भन्दै मधेसी समुदायले संविधानलाई अस्वीकार गरे । यति सम्म कि असोज ३ गते लाई कालो दिनको रुपमा अनुशरण गरि संविधानको प्रति जलाउने काम समेत भयो ।

अन्नको भण्डार तराई दुई महिना देखि बन्द छ । त्यसै माथि छिमेकी देश भारतले गरेको हस्तछेप अनि नाकाबन्दीले गर्दा नेपालीको जिवनस्तर अस्तव्यस्त बन्दै गईरहेको छ । वल्ल बल्ल जारी भएको संविधान एका तिर छ भने भारतको चर्को दबाब अर्को तर्फ छ। तराईका कतिपय जिल्लामा लागेको करफ्यु अझै सम्म पनि खुल्न सकेको छैन । यस्तो दर्दनाक परिस्थीतिमा नेपाली जनताको जिवन-स्तर दिन प्रतिदिन कष्टकर हुदै गइरहेको छ ।

छिमेकी देश भारतले गरेको अघोषित नाकाबन्दीले गर्दा बजारमा बस्तुको चरम अभाव भएको छ । पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक बस्तुको आपुर्ति नहुँदा छोटो तथा लामो दुरिका सवारी साधन राम्रो सँग चल्न सकेका छैनन । तथा बजारमा ग्यासको आर्पूति नहुदा सर्वसाधारण जनताको जिवनस्तर कष्टकर हुदै गईरहेको छ । जसले गर्दा कालोबजारी बढिरहेको छ।

सभासमारोहमा चिल्ला भाषण गर्दैमा समस्या समाधान नहुने कुरा निश्चीत छ । त्यसैलै मधेशी समूदायको मागलाई बेलैमा सम्बोधन गरि जिवनस्तर सरल बनाईयोस अन्यथा संविधानको अस्तित्व नै समाप्त नहोला भन्न सकिन्न ।

आरुखर्क–५, स्याङ्गजा