स्पेन । नेपालमा अघोषित नाकाबन्दी गरेको भन्दै स्पेनका नेपालीहरु भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउँदै प्रदर्शन गरेका छन् । म्याड्रिडस्थित दूताबासको कार्यालय र बार्सिलोनामा रहेको कन्सुलर कार्यलयमा पुगे बिरोध जनाएका हुन् ।
नेपालमा बनेको नयाँ संविधानको अन्तराष्ट्रिय जगतले नै खुलेर प्रशंसा गर्दै स्वागत तथा बधाइ दिइरहेको बेला छिमेकी मुलुक भारतले गरेका गतिबिधिहरु अप्रजातान्त्रिक रहेको भन्दै नेपालीहरूले ज्ञापनपत्र बुझाएका छन् । अन्तराष्ट्रिय नियम विपरित नै नाकाबन्दी गर्नु अस्वभाबिक रहेको भन्दै ज्ञापन पत्रमा नेपालको सार्वभौमिकतामा हस्तक्षेप नगर्न सचेत गराइएको छ ।
स्पेनका दुई ठुला शहर म्याड्रिड र बार्सिलोनामा भएको विरोध कार्यक्रमहरुको नेतृत्व गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले लिएको थियो । दुवैतिर संघको साथमा नेपाली जनसम्पर्क समिति स्पेन, प्रवासी नेपाली मञ्च, नेपाली जनप्रगतिशील मञ्च स्पेन लगायत स्पेनस्थित सम्पूर्ण जातीय, क्षेत्रीय संघ सँस्थाहरुले समेत साथ दिएका थिए ।



