कृष्ण रानाभाट/पोखरा
पोखरा उपमहानगरपालिका वडा नं. ९ न्युरोडमा रहेको एक स्कुलले विद्यार्थीहरुलाई निशुल्क झोला वितरण गरेको छ। न्युरोडमा रहेको वालप्रभात वोर्डिङ स्कुलले माध्यमिक तहमा अध्ययनरत एक सय जना विद्यार्थीहरुलाई वातावरण मैत्री झोला वितरण गरेको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथि वडा सचिव लोकदर्शन कोईराला र विद्यालयका प्राचार्य शालिकराम अधिकारीले झोला वितरण गर्दै विद्यार्थीलाई प्लाष्टिक झोलाको प्रयोगमा न्युनिकरण गर्दै जानुपर्ने वताए। पोखराको मुटुमा रहेको सेतीनदिलाई स्वच्छ सफा पार्नको लागि संचालित सेती नदि वचाउँ अभियानका संयोजक समेत रहेका वडा सचिव लोकदर्शन कोईरालाले प्लाष्टिकले वातावरणमा पार्ने असर वारे वताउँदै सेतीनदिलाई जोगाउन सकेको खण्डमा पोखरा नै सुन्दर हुने वताए।
कार्यक्रममा प्राचार्य अधिकारीले पहिलो चरण अन्र्तगत मानव अधिकारका लागि एकल महिला समुहद्धारा पोखरामै उत्पादन भएका एक सय वटा वातावरण मैत्री झोला वितरण गरिएको वताए। यस अभियानको लागि हाल सम्म पोखरा–९ का शान्तिदर्शन टोल विकास संस्था, न्यु विनायक कर्नर, महिला समन्वय उपसमिति, ओम सौजन्य कलेक्सन, हेल्प नेश्नल फाउण्डेसन, चिप्लेढुङ्गा मिनि मार्केट, मेगा वचत तथा ऋण सहकारी संस्था, साँघुमुख वातावरण मैत्री उपभोक्ता समिति र पोखरा–७ मासबारमा रहेको हेप्पी वोर्डिङ स्कुलले सहकार्य गरि सकेको र अन्य संघसंस्थाहरुले पनि आश्वासन दिएको कोईरालाले वताए।




