साइप्रस/ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको अध्यक्षमा सुबास मल्ल निर्बाचित भएका छन्। निकोसियामा आईतबार सम्पन्न संघको छैटौ अधिवेशनबाट मल्ल सर्बसम्मत निर्बाचित भएका हुन्।अधिबेशनले अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा रञ्जित कुमार महतोलाई प्रस्तावित गरेको छ।
संघको उपाध्यक्षमा बिरन पुन, अन्तेस राउत , महासचिवमा सन्तोष बडाल, सचिवमा बिमल रानाभाट, कोषाध्यक्षमा रामजिन शाह,सह कोषाध्यक्षमा जिना गुरूङ, निर्विरोध निर्बाचित भएका छन्।
महिला संयोजकमा भने याङजिन लामा (यानकी ह्योलोमो) र जसमाया पुन (घर्ति) गरि दुई जनालाई चयन गरिएको छ। युवा संयोजक उत्सव घले (योवंग ) र प्रवक्तामा बिशु पाण्डे चयन भए।यस्तै कार्यसमिति सदस्यहरुमा च्याङगा डोल्मा शेर्पा, रूबिना थापा, अम्बा पिया कास्यथ, शान्ति राई रहेका छन्।
प्रमुख अतिथिको रुपमा उत्तम कुँवरले अधिबेशनको उद्घाटन गर्दै पुराना कार्यसमितिले गरेको कामको प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामाना ब्यक्त गरे।
अधिबेशनमा महासचिब सन्तोष बडालको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष रामजिन शाहले पेश गरेको आर्थिक प्रतिबेदन पारित भएको छ। कार्यक्रम साईप्रस स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगायत साईप्रस बासी नेपालीहरुको उपस्थिति रहेको थियो।
नेपालमा गएको विनासकारी भूकम्पमा ज्यान गुमाउने, तराईमा कर्तब्य पालनाको सिलसिलामा ज्यान गुमाउने राष्ट्र सेवक , आन्दोलनमा ज्यान गुमाउने सर्बसाधारणका सम्झनामा एक मिनेट मौन धारण गर्दै सम्झना गरियो।
साईप्रसका लागि नेपाली अबैतानिक बाणिज्य दुत डा. राम जीवन पंजियारले संघ प्रति गरेको सहयोगको उच्च प्रशंसा गर्दै एनआरएन साइप्रसले धन्यबाद ब्यक्त गरेको छ।