वसन्त रानाभाट / बार्सिलोना,
भोजपुरको जिल्लाको सानो गाउँ त्यहाँ डाडामा मेरो घर छ। त्यही ,उकाली ओराली गरे। जीवनमा अल्ट्रा नै दौडेर यहाँ सम्म आईपुग्छु भन्ने सोचेकी थिईन्। तर मनमा कहिँले काहिँ यो सोच आउँथ्यो जे गर्न पनि सक्षम छु। सोमबार बार्सिलोनामा आयोजित सम्मान कार्यक्रममा अल्ट्रा पिरिनेउ म्याराथनमा महिला तर्फ बिश्व उपबिजेता बनेकी नेपाली चेली मिरा राईले यसरी आफ्ना अनुभवहरु सुनाईन्।
“सेना समायोजनका क्रममा अयोग्य भने पछि दु:ख त लाग्यो तर निराश बनिन। सिन्धुली गएर अध्ययन गरे, घर परिबारलाई सहयोग गर्न थाले।” मिराले भाबुक हुँदै नेपाली समुदाय माँझ आफ्ना कुराहरु राख्दै भनिन्,”मलेसिया जाने भिसा पनि लागेको थियो तर कराते गुरु धुब्र बिक्रम मल्लको बचनले जीवनमा परिबर्तन आयो।” करातेमा ब्लाक बेल्ट लिई सकेकी राईले गुरुकै सुझावमा अल्ट्रा दौड तिर यात्रा शुरु गरेको बताउँदै आएकी छिन्। अल्ट्रा दौड शुरुवात गर्दा धेरै मेहेनत पनि गरे ,दिनहुँ चना खानु पर्थ्यो त्यसका लागि पैसा पनि हुँदैन्थ्यो, दु:खका पलहरुलाई यसरी सम्झिन्।
बार्सिलोना बागामा शनिबार सम्पन्न अल्ट्रा पिरिनेउ म्याराथनमा महिला तर्फ बिश्व उपबिजेता बनेकी नेपाली चेली मिरा राईलाई स्पेन स्थित नेपाली समुदायले सम्मान गरेको हो। नेपाली जनप्रगतीशिल मञ्च स्पेनको पहलमा भएको सम्मान कार्यक्रममा स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुको उल्लेखेनिय सहभागिता रहेको थियो।
उनि हिमालयन, मुस्ताङ र मनास्लु, इटाली र हङकङमा भएका अल्ट्रा दौडमा ६ पटक बिजेता बनेकी छिन्। राईले अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाएका १४ बटा अल्ट्रा दौड मध्ये आठ वटामा उपाधि चुमेकी छिन्। अल्ट्रा दौड शुरु गरेको २ बर्षमा नै चर्चा कमाएकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको १ बर्ष मा नै यति ठुलो सफलता हात पारेकी हुन्।
उनले हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्बिजरल्याण्ड ईटाली लगायतका देशहरु अल्ट्रा दौडमा भाग लिई सकेकी छन्।माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा कम उमेरका कारण उनलाई अयोग्य लडाकु ठहर गरिएको थियो ।
मिरालाई सम्मान सहित करिब दुई लाख रुपैयाँ सहयोग
स्पेनबासी नेपालीहरुले मीरालाई सम्मान सहित १ हजार ६ सय ६० युरो सहयोग गरेका छन्। यस्तै बिदेशमा छदा नेपाली चिनो स्वरुप राखिएको ५ हजार रुपैयाँ पनि दिन पछाडि परेनन्। यो सँगै अल्ट्रा धाबिका राईलाई स्पेनका नेपालीहरुले करिब २ लाख रुपैयाँ सहयोग प्रदान गरे। स्पेन स्थित नेपाली संघ सस्थाहरु लगायत व्यक्तिगत रुपमा गरेको सहयोगबाट रकम संकलन भएको हो।
नेपाल सरकारले प्रतिभावान खेलाडीलाई सहयोग र प्रोत्साहन नपुर्याएकोमा दु:ख ब्यक्त गर्दै स्पेनबासी नेपालीहरुले आर्थिक सहयोग समेत जुटाएका हुन्। सम्मान कार्यक्रममा बोल्ने सबैजसो बक्ताहरुले यति राम्री नेपाली प्रतिभालाई अझै राष्ट्रले चिन्न नसकेको बताउँदै बिदेशी क्लवले प्रायोजनमा दौडनु पर्ने बाध्यता रहेको बताए।
आगामी दिनमा नेपाल सरकार कै सहयोगमा भाग लिदै उनि बिश्व बिजेता बन्न सकुन भन्दै स्पेनबासी नेपालीहरुले शुभकामना समेत ब्यक्त गरे। अल्ट्रा दौडका लागि मीरालाई सालोमन क्लबले प्रयोजन गरेको हो। क्लब सँग आबद्द भएपछि उनलाई भेट्न निकै अप्ठारो भएको थियो।
मिराले यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि जित्दै नेपालको शान बिश्वभर फैलाएकी थिइन् । उपाधि जितेर चर्चा कमाए पछि पनि नेपाल सरकारबाट उनलाई कुनै पनि किसिमको सहयोग र प्रोत्साहन नमिलेको बताउँदै आएकी छिन् ।
मञ्चका अध्यक्ष गंगाप्रसाद भुसालको अध्यक्षता सम्पन्न “मिरा राई सम्मान तथा सहयोग कार्यक्रममा” गैर आबसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सल्लाहकार पुष्प राज तिमिल्सिना,अन्तराष्ट्रिय समन्वय परिषद सदस्य दीपक खरेल,प्रस्तावित सदस्य एकराज गिरी,राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे,प्रबासी नेपाली मञ्चका अध्यक्ष दिनेश गुरुङ लगायतले सम्मान सहित बधाई दिए। कार्यक्रमको संचालन मञ्चका महासचिब अर्जुन आचार्यले गरेका थिए।






स्पेनी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई धेरै धेरै धन्यवाद छ। मिरा राईलाई आर्थिक सहयोग गर्नु भएको मा
धन्यवाद नेपाल सोसाइटी स्पेनमा रहनु हुने सम्पुर्ण नेपालीहरुलाइ
।
नेपाल सरकार यस्तो उच्चा छवि भयको नेपालीलाई चिन्ने भय।पक्का अहिले विश्वा सामु भ्रष्टाचार को देश, शोषक र सामन्ती को देश भनेर चिनिन्दै न थियो।
बधाइ छ किराँती छोरी नेपाली चेलि मिरा राई जि लाई
Mira RAI. NAbhayer. Aru kunai . Koirala. Bhattarai bhayeko.Bhaye comment kati hunthiyo hola.
रास्टले सहयोग नगरे पनि नेपालको रास्टिय झन्डा विश्व समक्ष फहराउन सफल मिरालाइ सम्मान स्वरु सहयोग प्रदान गर्ने स्पेनमा बस्ने सम्पुर्ण नेपालिहरुको प्रयासलाइ सलाम गर्नै प्रर्दछ ।
Samachar thik cha.tara samacharma mahilaharuko name naauda dukha lagyo.Samaj purus ra mahila dubaiko Saman sahabhagitama agadi badhcha jasto lagcha.patrakar jiu.
Comments are closed.