– मोहनराज बराल “मुन “
“एक जुगमा एक दिन एकचोटि आउँछ
उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ”
-गोपाल प्रसाद रिमाल,क्रान्तिकारी कवि रिमालले भने झै जुगलाई उथल-पुथल गराउदै मुलुकले संविधान पाउदै यहि आउदो असोज ३ गते।
बि.स.२००७ साल देखि उठदै/दबिदै आएको यो मागलाई २०५२ साल देखि तत्कालीन माअोवादीले जोडदारसँग उठायो।यसैको लागी हतियार उठायो।२०६२/२०६३को जनआन्दोलन-२ सम्म आईपुग्दा यो सबैको मुद्दा बन्न बाध्य भयो।यसैको लागी मुलुकले ७ दशक कुर्नु पर्यो।
फेरि नयाँ संविधान २०७२ को बहुसंख्यक जनता प्रतिक्षामा रहेता पनि थारू,मधेशी र जनजाति समुदाय झन् भड्कीएका छन् । मधेशमा आन्दोलन जारी छ।थारूहरू थारूहट आन्दोलनको लागी लडिरहेका छन।फेरि हिजो सम्म काँग्रेस एमालेको कटर बिरोधी एमाओबादी १६ बुदाँ पछि ठिक १८० डिग्रीमा रूपान्तरण भएकोछ।लाग्छ यूवाकवि जितीराज राईको कविता ऐ.मेरो युगसित यो तलको कबिता अँश
“मेरो वाटोको जिव्रो
सर्पको जस्तै दुईटा थिएन”
झै आफ्नो बाटोको मुख्य कुरा एउटै जिब्रो संबिधान सभाबाटै जारी गरिएको संबिधान भन्ने प्रमाणित गर्दैछ एमाओबादी र प्रचण्ड ।
फेरि अहिलेको अावश्यकता भनेको मुलुकलाई जसरी पनि १ थान संविधान दिनुहो। यो/त्यो पुगेन भनेर जति यो संक्रमणकाल लम्बाउछौ।त्यति नै हामीलाई खतरा हुदै जानेछ।हामी रहन या हाम्रो अस्तित्वको लागी पनि यो १ थान संबिधान जारी हुन आवश्यक देखिन्छ। फेरि स्वीकार नभएको कुरालाई थाति राखेर सहमतिमा आउनु नै बुद्धिमत्ता र लोकतान्त्रिक भईन्छ। हामीले संविधानको मन्त्र जपेर मात्रै ०६२/०६३ सालपछि मात्रै आठ वर्ष खेर फ्याक्यौ। जति पर गईन्छ उति आन्दोलनका उपलब्धीलाई हामीले रक्षा र सँस्थागत गर्न ग्राहो हुदै जानेछ।
यो धुर्व सत्य कुरालाई पनि हामीले भुल्न हुदैन।फेरि अव पनि यो/ऊ वहानामा संविधान जारी नगर्नु देशलाई पर पर अन्धकार तिर धकेल्नु सिवाय केही हुदैन । फेरि सत्य कुरा के हो भने बिस ०७० साल मंसिर ४ को जनताको म्यान्डेड समग्रमा आगामी संविधान पनि त्यहि हो । यसमा प्रमुख दलहरुले जितेका पनि छन् । फेरि प्रमुख दलहरुले हारेका पनि छन् । आखिर सम्झौता भनेको जित र हारको संयोजन नै हो।
अहिले संविधान सभाकै एजेण्डा माओवादीको भएको हुँदा संविधान जारी हुनु माओवादीको जीत भएको छ । फेरि कार्यकारीणी राष्ट्रप्रमुख प्रत्यक्ष निर्वाचन मात्र निर्वाचित नहुनु कांग्रेसको जीत भएको छ । संघीयता जातीयमा नजानु कांग्रेस एमाले दुवैको जीत भएको छ । फेरि मुलुक संघियता पनि जादै छ । आखिर संघियताको मुख्य माग भनेकै मधेसी दलको हो।यस अर्थमा यो त झन मधेसी दलको विजय भएको छ ।
यस कारण पनि असोज ३ मा संविधान जारी हुनु आम नेपाली जनताको लागि खुशीको कुरा हो । फेरि सत्य कुरा के हो भने हिजो चुनावका वेलामा हामीले संघियताधर पाटीलाई जिताएकै हौं । संघियतामा जाँदा देश टुक्रिन्छ भनेर भन्ने एक्लो वृहस्पति चित्रवहादुर के.सीहरुलाई हराएका पनि थियौं । फेरि हिन्दु धर्म भन्नेहरुलाई पनि हराएकै थियौं फेरि जातीवादी भन्नेहरुलाई पनि हराएका थियौं ।
त्यसकारण पनि फेरी यहि कुरा ल्याएर झल्काउन खोज्नु भनेको देशलाई गृहयुद्ध तिर लैजान खोज्नु हो । फेरि भनिन्छ तराईमा भएको थारुको आन्दोलन, मधेश आन्दोलन, जनजातिको आन्दोलन माओवादीले हिजो गरेका आन्दोलनमा स्वरुपहरु हुनु तर जो जसले अहिले जहाँ जता आन्दोलन गरेका छन् । यी माग उठाउने माओवादी तिनै ठाउहरुबाट जनताको मतबाट हारेको छन गत चुनावमा ।माओबादीको जमानत जफत मुख्यतया यिनै ठाँऊबाटै भएको छ ।
फेरि यिनै ठाउँहरुबाटै माओवादीलाई यस्तो मत आउनु संघियतामा त जाउ तर जातियतामा नजाउ भन्ने नै हो।यो माओवादीलाई कांग्रेस एमालेसँग मिलेर जसरी पनि संविधान घोषणा गर भनेर माइनुट आएको हो । दोस्रो संविधान सभाको निर्वाचनमा पछारिए पछि माओवादीले जुन हर्कत देखायो यसवेला जनताको आदेशलाई कुठाराघात पक्कै गरेको थियो।तर आज जुन कदम चालेको छ जनताबाट प्रंशसनिय भईरहेको छ।
यसबाट मधेसीदलहरूले के बुझ्न जरूरी छ भने संबिधान निर्माणमा अन्तिमा भाग्नु गम्भीर गल्ली हो।यो निर्वाचनमा पाएको मत माथिको उपहास हो।देशलाई बन्धक बनाएर राष्ट्रलाई बिखण्डन तिर लैजानु खोज्नेलाई पक्कै पनि इतिहासले क्षमा दिनेछैन।
८ बर्ष सम्म राज्यकोषबाट तलब,भत्ता र सुबिधा त्यहि सभाबाटै लिने जनताको मुद्दा त्यहि ठाँऊबाटै स्थापित गर्न संघर्ष गर्ने बेलामा सड़कमा आगो बाल्नेलाई पक्कै जनताले साथ दिने छैनन।वास्तवमा मधेसी जनताको जनताको अधिकार स्थापित गराउने भए त जनाआदेश अनुरूप संबिधान निर्माणमा सघाउने थिए।हाम्रा मधेसी दलका नेताहरू संबिधान सभाबाट भागेर जग हँसाउदै विदेशीलाई खेल्ने मैदान खडा गर्दै छन।फेरि संबिधान बन्दैमा सम्पुर्ण समस्या अवस्य समाधान हुदैन तर फेरि सम्याहरूको गाँठो फुकाउन पनि संबिधान नभई हुदैन।
सत्यता के हो भने हलो अडकाएर गोरू चुटेर समाधान खोज्नु मुर्खता हो। धमिलो पानीमा माछा मार्नु भन्दा सफा पानी हुदा उत्तम हुन्छ। संबिधान जारी गर्नु पानी केहि हद सम्म संग्लो बनाउनु हो। हिजो संबिधान सभाको दोस्रो चुनाव हुने बित्तिकै माअोवादी बिच्कन खोज्दा उसलाई घाटा भईरहेको थियो।त्यसवेला सालिनता देखाउन चुकेको माओवादी यो पाली संबिधान घोषणामा अग्रसर देखाएर शुभ संकेत दिएको छ।मुख्य कुरा के हो भने अहिले देशले स्थीरता खोजेको छ।विपत्तीले थला थला भएको यस देशले विकास खोजिरहेको छ ।
लाग्छ यदि स्थिरता र विकास मात्रै भई दिएमा महिला, दलित, थारुहरुमाथि भएका विभेद पनि अन्त्य हुनेछन् । के बुझ्न ज़रूरी छ भने वेलायतमा स्थिरता र विकासकै कारण १ थान संविधान नहुदा पनि देश चलिरहेकै छ । झन विकासले आकाश छुदैछ । फेरि हामी संघियतामा जाँदै छौं । त्यस कारण पनि विकास निर्माणका कामहरु शुरु हुनेछन् । फेरि हामी धैर्य पनि गरौ र हेरौ।
हाम्रो संबिधान हाम्रो भोक मार्ने मकै,भटमास हुन्छन कि नाई ? दलिय ,पिछडिएको वर्ग,मधेसी,जनजातीआदीलाई सम्बोधन गर्छ कि नाई ?जस्तो कि कवि विक्रम सुब्बाको तलको कविता अंश
भन्दिनु हौ । पारिजात दिदीलाई भन्दिनु
संविधानका पाना–पानामा फलेका
गुलिया, चिल्ला र धारिला अक्षरहरु
भोक मार्न मकै, भटमास बन्न सकेनन्’
फेरि हाम्रो संबिधान माथीको कविता अंश झै भएमा या हामी उहि वि.सं. २०४६ पछिकै झै सत्ता लिप्सा खेलमा लागेर स्थीरता र विकासलाई गतिदिन सकेनौं भने पनि चुनाव छदैछ । हिजो चुनावबाटै जातीवादी भन्नेहरुलाई पाखा लगाए झै फेरि सत्ता लिप्साबादीलाई पाखा लगाउन सकिन्छ। जुन पाटी आफ्नो हक हितको लागी लडेको छ।क्षणिक र व्यक्तिगत स्वार्थको लागी हामी अरूलाई भोट दिएनौ भने हामीले पक्कै पनि हाम्रो आवाजहरूलाई पुरा गर्न सक्छौ।
फेरि त्यो केबल चुनाबबाट मात्रै संभव छ।।अब पनि यो/उ नाममा बन्द हडताल गर्नु आफु सँगै देशलाई अँध्यारो कुना तिर धकेलिनु हो।यहाँ प्रमुख दलहरूले आफ्नो एजेण्डा गुमाउदै हारेर पनि जितेका छन।यस वखत जारी हुन लागेको संबिधान जर्मन कवि ब्रेख्तको कविता
‘यति ठूलो मुख
त्यति सानो टुथब्रस” झै नै हो । यो नै हाम्रो फेरि ठुलो उपलब्धि हो।यदि टुथब्रस झै सानो संबिधानले नेपाली जनताहरूको मुख सफा गर्न सकेन भने छदैछ चुनाव । पहिला हामी सवै मिलि संविधानलाई स्वागत गरौं । नत्र रात रहे अग्राग पलाउछ।