पोखरा/ घार म्याग्दी पोखरा समाजको प्रथम साधारणसभा सम्पन्न भएको छ । समाजका उपाध्यक्ष प्रेमशंकर बरुवालको अध्यक्षतामा कार्यक्रम भएको हो । साधारण सभाको अवसरमा समाजले तीजलाई लक्षित गरी समूहगत नृत्य, एकल नृत्य र पुरुष बास्केटबल प्रतियोगिता आयोजना गरेको थियो ।
आमा समूहगत नृत्यमा सिमलचौर समूह प्रथम भएको छ । फुलबारी समूह द्वितीय हुन सफल भयो । अविबाहित महिलाहरुको नृत्य प्रतियोगितामा फुलबारी समूह प्रथम तथा नयाँगाउँ र सिमलचौर समूह बराबरी अंक ल्याइ द्वितीय हुन सफल भएको छ । बास्केटबलको प्रथम उपाधी सिमलचौर समूहले हात पारेको उपाध्यक्ष बरुवालले जानकारी दिए ।
संस्थाका संरक्षक दीर्घबहादुर बरुवालको विशेष उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा समाजको आर्थिक प्रतिवेदन कोषाध्यक्ष ईन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए । समाज अन्तर्गत रहने गरी गठन भएको आमा समूहको प्रतिवेदनसमेत सो अवसरमा प्रस्तुत गरियो । आमा समूहका अध्यक्ष विष्णु बरुवाल (अधिकारी)ले वार्षिक र कोषाध्यक्ष हिरा बरुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको समाजका सचिव गोकर्ण बरुवालले जानकारी दिए ।
साधारण सभाको अवसरमा समाजले शुभकामना आदानप्रदान तथा तीजको दर खुवाउने कार्यक्रम पनि समावेश गरेको थियो । स्वागत मन्तव्य सहसचिव युद्धबिर खड्काले राखेको कार्यक्रमको सञ्चालन सचिव गोकर्ण बरुवालले गरेका थिए ।