– रन्जित बस्नेत
तपाई दौडनु भयो भने कति समय सम्म दौडन सक्नु हुन्छ ? एक घण्टा,२ घण्टा वा यस्तै यस्तै जबाफ आउँला तर बेलायतका नेपालीहरुले १६ घण्टासम्म लगातार दौडेर एक सय किलोमिटरको म्याराथोन दौड पुरा गरेका छन्। लण्डनको ह्यक्नीबाट शुरु भएको च्यारिटी म्याराथोनमा बेलायतबासी अाषिश घले र नबिन गुरुङले दौड पुरा गरेका हुन्।
अगष्ट २९ तारिक गते सम्पन्न अल्ट्रा म्याराथोन क्याम्ब्रिज विश्व विद्यालयको प्रांगणमा पुगी सम्पन्न भएको थियो । यस च्यारिटी म्याराथोनमा करिब एक हजार एक सय धावकहरु सहभागीहरु थिए। एक्सन च्यालेन्जले आयोजना गरेको प्रतियोगिताबाट उठेको रकम एडोनब्रूक अस्पातलको सहयोगार्थ प्रदान गरिने भएको छ।
सेवा नै धर्म हो भन्ने उक्तिलाई मनन गर्दै वेम्ब्ली निवासी अाषिश घले र नबिन गुरुङले म्याराथोन पुरा गरी पाँच सय पाउण्ड संकलन गरेका छन्। घलेका पिता महेश घलेले नेपालीनेपाली डटकमलाई भने,” यति लामो दौड छोराले पुरा गर्न सकेकोमा आफुलाई गर्ब लागेको प्रतिक्रिया दिएँ।
अस्पतालको सहयोगको लागि म्याराथोनमा भाग लिएको अनुभब आशिषले पनि सुनाएँ। उनले नेपालमा धेरै मानिसहरुसामन्य स्वास्थ्य उपाचार नपाएर अकालमा नै ज्यान गुमाएको देख्दा आफुलाई म्याराथोनमाभाग लिने ऊत्प्रेरणा मिलेको बताएका छन्।






Well done brothers!! #Respect
Comments are closed.