– तारा पौडेल/वैम्ली
माग तिम्रो कस्तो होनी देश नै टुक्रा पार्ने,
देशको बिकास तेसै छाडी राजनीति नै गर्ने।
बार्ता भने तिमी गर्छौ ठुला होटल खोजि,
रक्त पात मच्चाउछन् पूर्व पश्चिम रोजी।।
मुडभेडमा सधै मर्ने जनताका छोरा,
माथी बसी तिमी गर्छो ठुला ठुला कुरा।
आमाबाबुको काख रित्तो छोराछोरी टुहुरा,
सिपाई पनि तिनै हुन्नी जनताका छोरा।।
जनता नै भेडा झै लाक्छन तिन कै पछि,
जान्छ ज्यान अनाहकमा लाउछन दोष पछि।
दोष लाउछन सधै भरि यस्तो उस्तो भनि,
ज्यानकै माया मर्नु पर्ने संबिधानमा पनि।।
कामधाम सबै छाडी आन्दोलनमा जान्छन,
नेताहरु भने पछि देवतै सरह मान्छन।
बोक्सी पनि तिमि नै हौ धामी पनि तिमि,
संबिधान कस्का लागि किन चाहिए कोनि।।






ramro chha
Comments are closed.