– सन्तोष श्रेष्ठ
मुर्ख हो शालिक फाल्यौं , बिचार कसरी फाल्छौं
धुर्त हो मुर्ति ढाल्यौं ,लोकतन्त्र कसरी ढाल्छौं।
कुपुत्र तिम्रा कट्टु भ्वाङ्ग पर्दैछन् ,त्यसलाई कसरी टाल्छौं
छट्टु तिमी देशलाई जातिय जालमा पारेर ,भारती कतिन्जेल पाल्छौं ?
नौं बर्ष भयो माओबादी बिध्वमंश खोई पुनर्निर्माण कता , हेर हेर देशलाई नै खाई,
भुकम्प पिडीतलाई संबोधन त के गाँस बाँस छैन ,गर्छो सौतालाई झै पराई।
बिद्वान तिमी बिकाशको मार्गदर्शन कता ,हिड्छौं जातिय र बर्गिय संघर्षमा रोई कराई
कहिले भारत जितॉउ ,कहिले चिन जिताउ , लाचार हुदै पटक पटक मात्रिभुमि हराई !!
हिजो उसले बन्दुक ढाल्यो ,
जंगलबाट बोकेर शहरमा पाल्यो
फाल्यौं पुल तिमीले उसले हाल्यो
तिमीले उचाल्यो अनपढ ,उसले सम्हाल्यो
बन्दुक तिमीले सोझायौ उसले अंगाल्यो।।
शालिक फाल,भारती पाल ,खोले खोल बन्दुकका नाल
बिचार ढल्दैन , जातियता चल्दैन , अब मेरो देशमा भारती पाल्दैन
अब जनसागर उठाउदै उठ युवा बोकेर आबाज, राष्ट्र भक्त युवा अब गल्दैन ! राष्ट्र भक्त युवा अब गल्दैन !!