एन आर एन डेनमार्कको अधिवेशन सम्पन्न


कोपनहेगन । एन आर एन डेनमार्कको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेत्रत्वको चयन समेत गरेको छ । अशिवेशन संगै अध्यक्ष र आइ सी सी पदको लागि निर्वाचन पनि भएको थियो । अध्यक्षमा दिपेन्द्र चुडाल र आइ सी सीमा निर्वाचित बने । मतदान कम्प्युटर डेस्कटप सिस्टम अन्तर्गत गराइएको थियो । एन आर एन डेनमार्कमा ६९३ सदस्य रहेकामा ४६९ जनाले मतदानमा भाग लिएका थिए ।

चुडालका प्रतिद्धन्दी हेम प्रसाद अर्याल थिए भने प्रजापतीका प्रतिद्धन्दी भू.पु. अध्यक्ष मोहन राज मिश्र रहेका थिए ।

अधिवेशनको उद्घाटन गर्दै तथा शुभकामना मन्तव्य व्यक्त गर्दै डेनमार्कका लागि राजदुत मुक्ति नाथ भट्टले एन आर एन संग दुतावासले सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य जारी राख्ने बताए । नेपाली समुदायको हितको लागि दुतावास संधै लाग्ने पनि उनले बताए ।

Screen Shot 2015-08-25 at 10.38.21दुतावासका मिनिस्टर कन्सुलर तथा नियोग उपप्रमुख रामकाजी खड्का पनि अतिथिको रुपमा उपस्थित थिए ।

उद्घाटन कार्यक्रममा अतिथिहरु एन आर एन युरोप क्षत्रिय उप-संयोजक सोम नाथ सापकोटा,  आइ सी सी सदस्य सुर्य प्रकाश खनाल, इनासका केन्द्रिय अध्यक्ष पुष्प बरुवाल, नेपाल टेलिभिजनका प्रश्तोता लक्ष्मण हुमागाईं, जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य, एन आर एन डेनमार्कका भू.पु. अध्यक्ष मोहन राज मिश्र  लगायतले अधिवेशनको सफलताको कामना गरेका थिए ।

उद्घाटन कार्यकममा बोल्दै निवर्तमान अध्यक्ष दिपक सापकोटाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै आफनो कार्यकालमा जति गर्न सकेको गरेको र अब आउने नयाँ कार्यसमितिले नेपाली समुदायको हितको लागि काम गर्नमा सफलता मिलोस भन्ने शुभकामना दिए ।

गैर आवासीय नेपाली संघ डेनमार्कको निर्बाचित नयाँ कार्यसमिति निन्मानुसार रहेको छ ।

आई सि सी सदस्य :- प्रबिन प्रजापती
अध्यक्ष :- दीपेन्द्र चुडाल,
उपाध्यक्ष :- भुवन भट्ट
उपाध्यक्ष :- ईश्वर शर्मा
माहासचिव :- गोबिन्द पौडेल
सचिव :- रमेश काफ्ले
कोषाध्यक्ष :- रमेश अधिकारी,
युवाप्रतिनिधि :- प्रशान्त राज बानिया
महिला प्रतिनिधि :- जमुना देबी रिजाल कंडेल
सदस्य :- अशोक शर्मा
सदस्य :- बैकुन्ठ खनाल
सदस्य :- किशोर प्रसाई (निरज)
सदस्य :- प्रशान्त सापकोटा
सदस्य :- नवराज भट्टराई
सदस्य :- कल्पना गौतम
सदस्य :- मनिशा सिंह कोइराला

1 COMMENT

  1. श्रदेय पत्रकार मित्र समाचार को लागि धन्यवाद तर आइ .सी .सी प्रतिनिधि अहिले नै निबर्तमान नभएर बहाल रहेको हुन्छ काठमाडौँ मा सम्पन्न हुने सम्मेलन मा निर्वाचित आइ सी .सी प्रतिनिधि ले सपथ नलिदा सम्म बहाल रहने बैधानिक ब्यबस्था भएको जानकारी गराउछु |

Comments are closed.