मेरो जिन्दगीलाई बचाई राख्ने आखिर को होला उँ ?


रोजी लाबुङ (राई )

– रोजी लाबुड० (राई )
जीवनको आरोह अवरोहहरुमा, मेरो हरेक सुख दुखहरुमा हरेक पिडा ब्यथाहरुमा, हरेक समस्याहरुमा,पाईला पाईलाहरुमा, हरेक भोगाईहरुमा साथ दिने मेरो आँखाको आँशुको थोपाथोपा पुछी दिने मेरो खुशीमा सामेल भई रमाउदै मलाई साथ दिने आखिर को होला उ ?

मेरो हरेक समस्या सँग मितेरी गाँस्दै हौसला दिने को होला भन्दै खोजी गर्दा गर्दै भौतारींदा भौतारीदै गलीसकेको मेरो मनमस्तीस्ष्कलाई स्फुर्तीको आधार बनाई दिने,मेरो उदासताहरुको उजाड़ पनमा मेरो नैरश्यताहरुको जन्जीरतामा मेरो बास्तवीकताको परीधीहरुमा, मेरो सहनशीलताको असहाय बेदनामा, स्वाधीनताको निरंकुशतामा, लक्ष्यहरुको बाधाबिरोधहरुमा, स्वतन्त्रताको बन्धनहरुमा मेरो चाहानाको दबाबहरुमा म हरेक पल हरेक क्षण पिल्सीरहन पेलीरहन आंकुसमा अल्झी रहन बिबस हुन्थे।

जब ममा हजारौ लाखौ असाहय बचनबाणहरु बर्सन थाल्दछ अनगीन्ती रुष्ट ब्यबहारहरुको तिक्तता जहेरहरु मेरो भाबनाहरुमा दृष्टिपात हुन थाल्दछ, असैय शारीरिक मानसिक बेदनाको तुसारोहरु एकाएक मेरो कोमल निर्मल भावनाहरु चाहनाहरुसँग तँछाड मछाड गर्दै खेलबाड गर्न सुरु गर्दछन् तब म भित्रभित्रै मन ग्लालीन हुन थाल्दछ।

आँधीबेरी आउँदछ कम्पन चल्न थाल्दछ यति कठोर निस्प्रेम आँधीबेरी अनी कम्पनको अगाडी मेरो के नै लाग्छ र ? कठै यो सिर्फ़ अस्थीपंजरहरु कति सम्म पो थेग्न सक्छन् र ? सबै मेरा चाहानाको भावनाको मेरो मनमस्तीस्ष्कको मेरो बास्तवीकताको अन्य सयौं हृदयको अस्थीपन्जरहरु एकाएक गर्दै चर्कन टुट्न फुट्न थाल्दछन् ।

एकाएक गर्दै क्रमश :कमज़ोर बनी म लड्न ढल्न विवस हुन्छु । म ढली सके लडी सके अब कहिलै उठ्न नसक्ने गरी उठौ पनि कसरी मेरो सबै अस्थीपन्जरहरु टुटी सकेका थिए मानौं म अब मरीसके मेरा सबै चाहाना भावनाहरुलाई मैले तिलांजली दिई सकेको छु ।।कहिलै पनि अव मेरो यो जिउँदो लास सरीको जिवनमा खुसीको बहार आउने छैन नत मेरो सुन्दर आत्माकी बगैचामा कहिलै हरियाली आउने छ नत कहिलै सुन्दर फुलहरु फुल्ने छ नत कहिलै बहार चल्ने छ ।

कारण म अब गलीसके ढली सके मरी सकें मात्र अव म डढेर खागमा (खरानीमा ) परिणत हुन बाँकी छ तर अफसोच यो हुन कति पनि समय लाग्ने छैन कारण आन्तरिक पक्ष त सबै सबै ख़ाली ख़ाली भै सक्यो बाहिरी पक्ष न हो यो पनि सबै खोक्क्रो छ सिर्फ़ केही सेकेण्ड को कुरा हो ।

म लड़े म ढले म गलें सिर्फ़ मुर्दा भएर म ढली रहेको छु एकान्तको एक अलकांटर अन्धकार ठाँऊमा न त्यहाँ कोहि छ न केहि, सिर्फ़ अन्धकार कोठामा यो अवोध वेसाहारा ग्लालीन शरीर बाहेक। म उठ्नै नसक्ने गरी लडी रहेको थिएँ अन्धकार कोठामा चारै तिर बाध्यताको बिवसताको पर्खालले घेरीएको निर्दयी कठघरा रुपी जेलमा।

मैले कोमल स्पर्शको आभाष पाए कसैले मलाई सुमसुमाई रहेको छ यति कोमलता छ उसको स्पर्शमा जब स्पर्शको महसूस भयो अनि त्यसको केही क्षणमा फेरी मिठो करुणप्रिय आवाज़को आभाष पाए तर म सबै कुराबाट हार खाएर लाचार भएर लड़ी रहेको थिए ढली रहेको थिए । मेरो आँखाको सबै परेलीहरु बन्द थिए म मा मेरो आँखाको परेलीहरु उघार्ने तागत थिएन कारण म धेरै कमजोर थिएँ।

सबै ईन्द्रीयहरु थकीत अनि साहाराहिन थिए मानौं कैयौं महिना देखी मैले पानी बाहेक केहि कुरा खान पिउन पाएको थिएन कारण त्यो अन्धकार कोठामा केहि थिएन। जब मैले मेरो बेहोशीमा नै यति कोमल स्पर्श र करुणप्रिय आवाजको महशुस गरें त्यो महशुसले मेरो मानसपटल तरङ्गित भयो अनायासै मेरो मन मस्तिष्कमा यस्तो प्रश्न उत्पन्न भयो त्यो को होला मलाई यस्तो अध्यारो कोठामा अनि बाध्यता र बिवशताको परिधिमा क़ैद भएको सुनसान कोठामा साथ दिन मलाई बचाउन जोगाउन आउने ?

पक्कै पनि मेरो गुमेको मेरो निसास्सीएको मेरो अतित बर्तमान र भविष्यलाई उसले बुझ्ने कोशिस गर्दै छ होला। मेरो हरेक ओझेलमा परेको मरीसकेको भावना र चाहाना लाई मेरो सोचाई र बिचारहरु लाई उसले सुनी दिनेछ होला भन्ने अनेकौं तर्कहरु ममा पलाउन थाले। यति धेरै प्रश्नहरु उकुसमुकुस तँछाड मछाड गर्दै बादबिबाद गर्न थाले तर पनि अझै मेरो आँखा बन्द छ।

मेरो परेली अझै उग्ध्रन मानि रहेको छैन कारण बर्षौं भयो म यस्तो अन्धकार कोठामा थुनीएर बाँधीएर बसेको त्यसैले अन्धकारसँग डराई डराई जवर्जस्ती मेरो आँखालाई बन्द गरेर मेरो सबै भावना र चाहानालाई डढेलो लगाएर यो कोठामा बसेको पनि झण्डै बर्षौ  पुगेछ। यतिका बर्ष सम्म बिना माया बिना चाहना बिना जीवन बन्द कालो कोठामा समय ब्यथीत गर्ने बानी बसी सकेको म घायल जन्तुको आँखाको परेलीहरु त्यती सहजै खोलीयोस् पनि कसरी ?

मेरो चाहाना रह्यो अब म कसरी उसलाई हेरु म कसरी उसलाई देखुँ आख़िर को हो ? यतिका बर्ष पछि मलाई यसरी सुमसुमाउने भनौं या मलाई करुण आवाज़ दिने ? म उसलाई हेर्न नियाल्न चिन्न चाहान्थें अनि मैले डराई डराई मेरो ज्योति गुमीसकेको आँखाको परेलीहरु उघारेर हेर्ने कोशिस गरें तर सकिन धेरै पटकको प्रयास पछि बिस्तारै बिस्तारै मेरो निर्दोष आँखाको परेलीहरु मलिन हुँदै झिमझिम गर्दै उग्ध्रन थाले।

म पनि उत्सुक हुँदैथिए को होला ऊ ? जब मेरो आँखा धमिलीदै ज्योतिको खोजी गर्न अनि त्यो ज्योतीमा ऊ को हो ? हेर्न सर्माउदै आतुर हुँदै थियो तर केही क्षणको प्रयास पछि मैले अध्यारो कोठामा यस्तो व्यक्तिको छाँया मेरो सामु पाए। उ मेरो जीवनको सबै भन्दा प्रिय, मलाई हरेक परिस्थितिमा बुझ्ने मेरो हरेक समस्यामा मलाई साथ दिने म रुदा ऊ सँधै रुने म हाँस्दा सँधै हास्ने, पिडा ब्यथा, सुख खुसी,पाईला पाईलामा साथ दिने मेरो हरेक कमी कमज़ोरीहरुमा मार्ग देखाउने, मेरो घटीकमीमा मलाई भरपुर गर्ने, म भोकाउदा तिर्खाउदा, भोक तिर्खाको महसूस गर्ने, म सँग सँगै ज्युँने सँगै मर्ने प्रियलाई पाएँ ।

म यति खुसीले बिमोर भए मरीसकेको मेरो आशाहरु सबै एकाएक गर्दै पलाउन मौलाउन थाल्यो। म यति खुसी बने कि भनेर साध्यै छैन मेरो सामु मेरो वरीपरी खुसी नै खुसीको सुगंन्धीत बहारहरु आएको महसूस भयो। मेरो सबै पिरब्यथाहरु मेरा सबै बिवसताहरु बाध्यताहरु एकाएक दुर भएको त्यस्तो भयानक निरंकुशताहरु एकाएक स्वतन्त्रतामा परिणत भएको मेरो बिगतका बन्धनहरु तोड़ीदै चुट्टीदै गएको आभाष पाए अनि आफुलाई फुंग फराकीलो आकासमा ऊडी रहे झै समतल सुन्दर मनमोहक फाँटमा सवार गरेको महसूस गर्दै खुसीले प्रफुल्ल हुँदै म मा स्पर्श भएको मेरो छातीमा भएको हातलाई नियाले। ममा अनगीन्ती जोस् जाँगर हरु प्रफुष्टीत भए मेरो ओठमा धेरै बर्ष पछि मुस्कान ले आसनग्रहण गर्यो।

अन्तमा मैले मेरो सारा गुमेका क़ैद भएको क्रुर आत्माघाती बाध्यता र मेरो गुम्सीएको सारा भावनाहरु लाई फेरी प्रफुस्टीत गर्ने हौसला पाएँ। नयाँ जिवन नयाँ संसारको निर्माण गर्ने सौभाग्य पाएँ। त्यसको सबै जिम्मेबार त्यसको भागीदार सिर्फ़ स्वयं म आफै थिएँ ।

सिर्फ़ सबै कुराको लागी मेरो हरपाईला पाईलामा मेरो प्रगतीमा रमाउने मेरो दुख पिडाब्यथाहरुमा हमेशा हमेशा मलाई साथ दिने स्वयं मेरो लागी मनै थिए । मेरो दुखेको छातीमा मेरै हात थियो मेरै हातले मलाई कोमल स्पर्श गरीरहेको थियो मेरो अन्तर हृदयले नै मलाई करुणप्रिय आवाज़ले बोलाई रहेको संझाई रहेको थियो। तिम्रो लागी सर्वस्व स्वयं तिमीनै हौं। तिमी सिबाय तिम्रो लागी निस्वार्थ कोहि हुने छैन।

मैले जीवनमा धेरै कुराहरु को अनुभव बटुले धेरै आरोह अवरोहहरु पारगरें आफुलाई धेरै माया गर्ने जीवन साथी पाए। मलाई मेरो हरेक अवस्थाहरुमा मेरो हरेक इच्छा चाहनाहरुलाई पुर्ण गरीदिनु हुने बचपन देखी जवानसम्म मलाई पालन पोषण गर्ने मेरो हरेक कुराहरुलाई सहमत दिनु हुने मेरो आफन्त मान्यजनहरु पाएँ।

आफ्नै लालाबालाहरुको जन्म दिएँ पालन पोषण गरें सबै सबै प्रकार नाताहरु सम्बन्धहरु जोडे । सबै नाता सम्बन्ध को कर्तव्यहरु निभाए अनुभव बटुले अन्तमा आफ्नो लागी सबै भन्दा उत्कृष्ट सबै भन्दा प्रिय सबै भन्दा नजीक को सबैकुराहरुमा साथ दिने सबै भन्दा नजीकको नाता स्वयं आफुले आफुलाई नै पाएँ।

सबै भन्दा स्वच्छ पवित्र नाता आफुले आफुलाई पाए यो संसारमा हरेक नातामा आआफ्नो स्वार्थ ज़रुर हुन्छ। तर आफ्नो लागी मान्छे कहिलै पनि आफु स्वार्थी बन्न सक्दैन भन्ने मैले आफैबाट शिक्षा पाएँ। आफ्नो लागी हरेक सफलतामा स्वयं आफ्नै ठुलो हात हुँदो रहेछ भन्ने मैले पाठ सिकें।

धेरै यस्तै यस्तै अनुभबहरुलाई सहयात्री बनाई जीवनलाई अगाडी दाँया बाँया पछाड़ी मोड्नु पर्ने रहेछ भन्ने ज्ञानहरु हाँसील गरें। अझै पनि हरेक नयाँ पुराना अनुभबहरुसँग मितेरी गाँस्दै अनेकौं ब्यथाहरु र समस्याहरुसँग सहयात्री बन्दै जीवन यापन गरिरहेकी छु। तर जीवन नै हो अनुभव र भोगाई फरक फरक छ। यहि प्रश्न तपाईको लागि पनि,आज सम्म तपाईको जिन्दगीलाई बचाई राख्ने आखिर को होला उँ ?

बुधबारे – ५
झापा नेपाल
हाल – यु .के