– वसन्त रानाभाट ,बार्सिलोना/
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले संघको दुई बर्षे कार्ययोजना प्रस्तुत गरेका छन्। नब निर्बाचित अध्यक्ष गुरुङ स्पेनको नेपाली समुदायका समस्याहरुलाई समेट्दै दुई बर्षे योजना प्रस्तुत गरेका हुन्।
अध्यक्ष गुरुङले स्पेन स्थित संघ सस्थाहरुसँग सहकार्य गर्दै नेपाली दुतावास स्थापनाको माग सहित जोडदार रुपमा गरिदै आएको पहललाई निरन्तरता दिने,योजनाको पहिलो बुँदामा समेटेका छन्।
यस्तै विनाशकारी भुकम्प पिडित सहयोगार्थ स्पेनमा संकलन भएको रकमले २० घर/टहरा एबम स्कुल बनाउने पुर्ब योजनालाई पुरा गर्ने लक्ष्य लिएको छ। आबश्यक परेको खण्डमा संघले भुकम्प पिडितलाई थप राहत उपलब्ध गराउन पहल गर्ने योजना समेत राखेको छ।
स्पेनमा संघको आफ्नो कार्यलय नभएकोले समस्या समाधानको लागि कार्यलय स्थापना गर्ने कार्ययोजना पनि तय गरेको छ।तर कार्यालय खर्चको लागि आवेदन तथा कागजी काम कारबाही गरे बापत न्यूनतम शुल्क तोक्ने संघले जनाएको छ। एनआरएन अभियानलाई प्रत्येक घर घरमा पुर्याउने लक्ष्य सहित आफ्नो दुई बर्षे कार्यकाल भित्र कम्तिमा एक हजार पंजीकृत सदस्य बनाउने प्रतिबद्दता समेत नयाँ कार्यसमितिले ब्यक्त गरेको छ।
संघले आफ्नो अभियान सपन्न गर्न क्षेत्रीय समितिहरुलाई परिचालन गरि, स्पेन भरिका सम्पूर्ण पंजीकृत सदस्यहरुलाई मताधिकारको ग्यारेन्टी गराउने योजना सार्बजनिक गरेको हो।
संघले नेपालीहरुको बाक्लो बसोबास रहेका क्षेत्रहरुमा बाणिज्य दुताबास स्थापना गर्न पहल गर्ने,नेपाली पाठशालालाई ब्यबस्थित गर्ने, स्पेनमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्ने, परिवर्तित कानुनको बारेमा अनुभबी अधिबक्ताहरुसँग अन्तरक्रिया गर्ने जस्ता योजनाहरु प्रस्तुत गरेको छ।
यस्तै खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु संचालन गर्ने,राहादानी तथा आवश्यक कागज पत्र बनाउने कामलाई सरलिकरण गर्न कम्तिमा छ महिनामा एक पटक नेपाली दुतावासबाट घुम्ती टोली ल्याउन पहल गर्ने, नेपालीहरुको बाक्लो बसाई रहेको ठाँउहरुमा क्षेत्रीय समिति गठन गर्ने लक्ष्य संघले लिएको छ।
अध्यक्ष शेष घलेसँग अन्तरक्रिया तथा च्यारिटी कार्यक्रम
गैरआबासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा बार्सिलोनामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ।राष्ट्रिय समन्वय परिषद स्पेनको आयोजनामा आगामी बुधबार अन्तरक्रिया हुन लागेको हो।
अध्यक्ष घले सँग स्पेनबासी नेपालीहरुले देशमा गएको भूकम्प पछि गैर आबासीयहरुले खेलेको भूमिकाका बारे चासो पुर्बक छलफल गर्ने तयारी गरेका छन्। यस्तै एनआरएनको पुनर्निमाण कार्यक्रम बारेमा पनि घले सँग जिज्ञासा राख्ने भएका हुन्। संघले अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नका लागि स्पेन स्थित नेपाली संघ सस्थाका प्रतिनिधिहरु लगायत सर्ब साधारणहरुलाई आह्नवान गरेको छ।
केन्द्रिय अध्यक्ष घलेको उपस्थितिमा संघले कार्यलय संचालनका लागि सहयोगार्थ च्यारिटी डिनरको पनि आयोजना गरेको छ। संघले डिनरका लागि उपाध्यक्ष गौतम गुरुङको संयोजकत्वमा तयारी समिती समेत गठन गरेको छ।
घलेले युरोप भ्रमणको क्रममा जर्मनी,नेदरल्याण्ड, बेल्जियम, लक्जम्बर्गका गैरआबासीयहरु सँग छलफल गरि अगष्ट १२ तारिक स्पेन आउँन लागेका हुन्। केहि दिनको युरोप भ्रमण सकेर अध्यक्ष घले अगष्ट १३ तारिक बार्सिलोनाबाट दोहा पुग्ने कार्यक्रम रहेको छ।
थपिए पदाधिकारी तथा सदस्यहरु,नियुक्त भएँ सल्लाहकार
गत जुलाई २६ तारिक सम्पन्न एनआरएन स्पेनको नयाँ कार्यसमितिले कार्यसमितिलाई बिस्तार गरेको छ। पदाधिकारी तथा सदस्यहरु मनोनित गरि कार्यसमितिलाई विस्तार गरेको हो। गत बिहिबार बसेको बैठकले कार्यसमितिको सचिबमा राम प्रसाद सापकोटा ( बिराज), संघको प्रवक्तामा सुबास रानाभाट र सदस्यहरु सुनिल रेग्मी र रिमा पौडेललाई मनोनित गरेको छ।
यस्तै सल्लाहकारमा अनिल गुरुङ, सन्दिप मोहन भट्टराई, हेम शेर्पा, दावा ऋषि श्रेष्ठ, पुरुषोत्तम भट्टराई, यज्ञ प्रसाद पौडेल( रमेश आशिक) र शितल भुर्तेल भुसाललाई नियुक्त गरेको संघले जनाएको छ।
संघको जिम्मेबारी बाँडफाँड
संघका काम कार्बाहीहरु चुस्त दुरुस्त बनाउँन जिम्मेबारी बाँडफाँड गरेको छ। आगामी २ बर्षमा बिभिन्न योजनाहरु प्रस्तुत गरेको संघले लक्ष्य प्राप्तिको लागि भन्दै कामको बाँडफाँड गरेको हो। संघका अध्यक्ष मुक्त बहादुर गुरुङलाई अन्तर संघ सस्था बिभाग, महासचिब उमेश प्रसाद अधिकारीलाई संगठन तथ बिधान मस्यौदा,उपाध्यक्ष गौतम गुरुङलाई अनुशासन तथा मुल्यांकन अर्का उपाध्यक्ष राजु शम्शेर थापालाई कार्यालय ब्यवास्थापन बिभागको जिम्मेबारी दीइएको छ।
यस्तै महिला उपाध्यक्ष जानुका रेग्मी र महिला संयोजक सिता सिंहलाई महिला तथा बाल बलिका , कोषाध्यक्ष पेशल कोइरालालाई आर्थिक बिभाग,सचिब सुनिल रानाभाटलाई कार्यालय सचिब तथा खेल्कुद बिभाग युवा संयोजक दीपक क्षेत्रीलाई यूवा,एनआरएन अभियान तथा शैक्षिक बिभाग, प्रबक्ता सुबास रानाभाटलाई संचार बिभाग,सदस्य सुमित्रा सापकोटालाई कला तथा संस्कृतिक र क्षेत्रीय समितिको सिफारिसबाट निर्बाचित सचिबहरु कृष्ण भुसाल र राम कृष्ण पुडासैनीलाई क्षेत्रीय बिभाग हेर्ने गरि जिम्मेबारी तोकेको छ।
तस्बिर:- सुबास बहादुर बिष्ट






मुक्त लि ले सल्लाहाकार त केहि मान्छे गजब का नियुक्ति गर्नु भएछ.
News ma auta kura galt vayo Sancar bivag subash ranabhat ho hi
Comments are closed.