– दुर्गा प्रसाद सिम्खडा
धोका होला, धोका होला, धोका होला है,
जिन्दगीको अन्तिम क्षणमा,धोका होला है।
सुन्ने कान बैरो हुन्छ, देख्ने आँखा अन्धो हुन्छ,
मिलेका ति दाँतका पङ्ती ति पनि थोते हुन्छ।।
त्यतिखेर जीवनमा धोका होला है, धोका होला,
नत शाखा सन्तान साथमा, नत धन दौलत हातमा।
आउँदा हामी काखमा थियौं, जादा एक्लै मसान घाटमा,
त्यतिखेर जीवनमा धोका होला है, धोका होला है।।
जव आउँछ जाने दिन यमराज अाउँछन् लिन,
प्यारा शाखा सन्तान, सबै भेला हुन्छन, बिदा दिन।
त्यतिखेर जीवनमा धोका होला है, धोका होला है,
उपाय छ एउटै सुन कुरा, राम्रो मनमा गुन।
कृष्ण नाम जप्यौ भने आखिरीमा पर्दैन रुन,
कृष्ण नाम भुल्यौ भने: धोका होला है, धोका होला है।।





sahi kura thulo buba.
Perfect Buba it is true.
Comments are closed.