लण्डन ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतले बिगतको निर्णयलाई उल्टाउँदै सदस्यता नवीकरणका लागि एकै व्यक्तिले धेरै सदस्यको फारम भर्न पाउने व्यवस्था गरेको छ ।
शनिबार बसेको कार्यसमितिको बैठकले एक सदस्यले पनि धेरैको लागि फारम भर्न सक्ने निर्णय गर्दै पहिले गरेको निर्णय उल्टाएको हो।
बैठकले आगामी सेप्टेम्बर १९ मा गर्ने भनिएको छैटौ अधिवेशन १२ सेप्टेम्बरमा गर्ने सैदान्तिक निर्णय समेत गर्दै वैंकमा पैसा जम्मा गरेको रसिदसहित व्यक्तिगत रुपमा बुझाउने फारमको संख्या सीमित नराख्ने निष्कर्ष निकालेको छ।निर्वाचन समिति सँग सल्लाह गरि अधिबेशनको मिति बारे अन्तिम निर्णय गर्न भने बाँकी नै रहेको छ ।
एक जनाले आफ्नो परिवारका सदस्य र आफन्तसहित बढीमा १० जनाको मात्र फारम भर्न पाउने निर्णय यस अघि गरेको थियो। निर्वाचनका बेला बोरामा हालेर सदस्यता फारम बुझाएको, हुलाक मार्फत पनि उम्मेदवारहरुले घरमै पुगि भोट खसाल्ने गर्नाले विकृति र विसंगति बढेको भन्दै यस्तो निर्णय भए पनि फेरि उल्तिएको छ।