– तारा पौडेल
रोपेको थिए बिरुवा मैले फ़ल्छकि भनेर,
कबिता लेखे गीत नि गाए झ्याउरेलाई सम्झेर।
हिमाली खोला सुसाउँछन् होला वर्षाको बेलैमा,
कबिता लेखे गीत नि गाए सुसेली भाकैमा।।
तराईको फाँट कुरेला बस्छन् बर्खाको भेलालाई,
खेतबारी धान है रोप्छन किसानी दाजु भाई।
मङ्रसीरको बेला काँट्दाछन् धान खेतमा गएर,
दिदि र बैहिनी बस्दछन् घरमा भकारी लिपेर।।
लेकमा चौरी हिमाली गुराँस छन् हाम्रा देशमा,
हाँसो र खुशी मिलेर बाँडछन् सबैको घरमा।
चार र जात छत्तिस बण छ हाम्रो देशमा,
गोर्खाली शीर उठे पछि झुक्दैन बिचैमा।।






Wa wa dd my didi my pride
gorkhali sabai american ra british,canedian bhayepachi kabitale des bandorahenachha tara bahini,kabita ta sundar chha.
Beautiful song
Comments are closed.