एनआरएन स्पेनको चौथो अधिबेशन आज, बार्सिलोनामा सम्पन्न हुँदै


बार्सिलोना/गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको चौथो अधिबेशन आज बार्सिलोनामा सपन्न हुँदै छ। अधिबेशनलाई उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा संघका केन्द्रिय महासचिब कुमार पन्त बार्सिलोना आउँने कार्यक्रम रहेको छ। यस्तै बिशेष अतिथिको रुपमा युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ आउँने भएका छन्।

अधिबेशनबाट यस अघि निर्बिरोध बनेको नयाँ कार्य समितिलाई निर्बाचित भएको घोषणा गर्दै पद तथा गोपनियताको सपथ खुवाईने छ। आईसीसी सदस्यमा एक राज गिरी, एनआरएन स्पेनको अध्यक्षमा मुक्त बहादुर गुरुङ, उपाध्यक्षमा गौतम गुरुङ र राजु शमशेर थापा,महासचिब उमेश प्रसाद अधिकारी ,सचिव सुनिल रानाभाट कोषाध्यक्ष पेशल कोईराला,महिला संयोजक सीता सिंह महर्जन र युवा संयोजकमा दीपक क्षेत्री चयन भएका छन् ।

यस्तै आगामी कार्यसमितिका सदस्यहरु तुलसी प्रसाद शिवाकोटी,चित्त रन्जन वस्ती,दिलनाथ भण्डारी,उमाराज ढकाल,निल बहादुर गुरुङ,अशोक शर्मा नेपाल,कमल बहादुर भण्डारी,सुमित्रा घिमिरे सापकोटा र कालु जिरेल चयन भएका छन्।

अधिबेशनमा उपस्थितिका लागि स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरु, पत्रकार एबम जिम्मेबार ब्यक्तिहरुलाई पत्राचार गरिसकेको र कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल पारिदिन स्पेनबासि नेपाली समुदायलाई संघले अनुरोध गरेको छ।

1 COMMENT

  1. जब सम्म म स्पेनमा हुन्छु , तब सम्म म एन आर एन स्पेन को सबै पदाधिकारी को हैसियत राख्छु – किनकी म सबै स्पेन बासी नेपाली हरु सँग मिल्न सक्छु , मिलाउन सक्छु ——- राजनैतिक , सामाजिक आर्थी क समबन्ध हरु स्थापित गराउन सक्छु —– बिदेशिहरु सँग कुटनितिक समबन्ध राम्रो राखन सक्छु —- — म पद को लोभ गर्दिन्, समाज प्रती उत्तर दाही पदाधिकारी हरुलाई सहयोग गर्न पछी पनि पर्दिन , तेसैले एन आर एन स्पेन को मेरो प्यारो पद ” सुखी नेपाल , खुशी नेपाली”

Comments are closed.