एन आर एन को सदस्यता अनलाइन मार्फत पनि बन्न सकिने ।


कोपनहेगन । एन आर एन डेनमार्कले डेनमार्कमा बस्ने नेपालीहरुको लागि सदस्यता आव्हान गरेको एक महिना भै सकेको छ । प्रत्येक दुइ दुइ वर्षमा हुने अधिवेशनको लागि सदस्यता आव्हान गरिएको र संस्थाको विधान अनुसार प्रत्येक दुइ दुइ वर्षमा नयाँ सदस्य लिने र पहिल्यै बनेका साधारण सदस्यताको नवीकरण गर्नुपर्ने प्रावधान अनुरुप सदस्यता लिनको लागि आव्हान गरिएको हो ।

यो पटक पहिले जस्तो फारम भरेर बुझाउनु नपर्ने र सोझै अनलाइन मार्फत फारम भरेर बुझाउन सकिने प्रावधान रहेको छ ।तर अनलाईन सदस्यता फारम भर्दा उल्लेख गरेको राहदानी नं, नाम र जन्म मिती राहदानी अनुसार मेलखाने गरी उल्लेख गरेको हुनुपर्ने छ ।

सदस्यता भर्ने अन्तिम मिती ३१जुलाई २०१५ सम्म रहेको छ र यसपटक अनलाईन सदस्यता लिन पाईने व्यवस्था गरिएको एन आर एन डेनमार्कका महासचीव विरेन्द्र सिंह कार्कीले बताए । साथै सदस्यता बने वापत १५० डेनिस क्रोनर शुल्क गैरअावासीय नेपाली संघ, डेनमार्कको खातामा जम्मा गर्न पनि सकिनेछ । खाताको विवरण तर लिंकमा रहेको अनलाइन फारममा रहेको छ ।

आगामी अगस्टको २४ मा अधिवेशन भएको ठिक दुइ वर्ष पुग्नेछ र सोहि अनुरुप अधिवेशन गर्न लागिएको एन आर एन डेनमार्कका अध्यक्ष दिपक सापकोटाले बताए । विधी र विधान अनुसार चल्ने संस्था भएकोले अधिवेशन सारेर समय लम्ब्याउनुको कुनै अर्थ नहुने उनले बताए ।

यो पटक सदस्यता वितरण गर्दा हालै मात्र हेरफेर भएको केन्द्रिय विधानलाई पूर्ण जिम्मेवारका साथ् पालना गर्ने उद्धेश्य अनुरुप गैरअावासीय नेपाली संघको केन्द्रिय विधान २००३ (२०१३ को संसोधन सहित) को परिच्छेद ४ को धारा ७ उपधारा १ बमोजिम योग्यता पुगेको हुनुपर्नेछ । जस अनुसार दुई वर्ष भन्दा बढी अर्थात डेनमार्कको हकमा  डेनमार्क वसाई अवधि २ वर्ष पुरा भएको हुनुपर्नेछ । नै युरोपको अन्य देशबाट दुइ वर्ष पुरा गरि डेनमार्कमा आएको खण्डमा पनि सदस्यता लिन पाइनेछ ।

अनलाईन सदस्यता फारम भर्नको लागि निम्न लिङ्कमा गएर सबै विवरण भरेर पठाउन सकिनेछ । फारम भरेर पठाईसके पछि स्वत: संस्थाले पाउने र अरु केहि गर्नु नपर्ने बताईएको छ ।

सदस्यता फारम भर्ना यहाँ क्लिक गर्नु होस्

2 COMMENTS

  1. Nrn Denmark is complete bullshit. This is the game between fucked up old school motherfuckers for their own political interest. Fuck NRN!! There is no difference whether you have lived here for 20 years or just a week we are all Nepalese. No matter if you are studying or you’ve danish passports and own your fucking villa you are still a Nepali. Seems like how these folks are trying to present it here is “Yeah!! I have lived here long, I’m a big guy. I deserve more respect”. Fuck it!! One doesn’t deserve respect for living here long One earns it.
    These old schools perks are dividing people here and destroying the feeling of brotherhood among us. Nrn Denmark is complete garbage. Let’s all say fuck NRN!! we don’t need no motherfucking NRN. We are here on our own
    Love,Respect, believe and cherish our brotherhood

Comments are closed.