जहाँ पुजाको सामाग्री देखि नेपालको कोदो, फापरको पिठो देखि मस्याङ्ग, गहत अनि नेपाली अचार देखि वाइन सम्म पाइन्छ ।
कोपनहेगन । तपाईं कोपनहेगन वरपर बस्नु हुन्छ र नेपालमै उत्पादन भएको केहि उपभोग्य वस्तुहरु असाध्यै गुमाएको महशुश भएको छ र खानेकुरा लगायतको कुरा उपभोग गर्न र आफनै देशको उत्पादनलाइ प्रोत्साहन गर्न चाहनु हुन्छ भने अब तपाइंको चाहना पुरा हुनेछ ।
हामी धेरैलाइ थाह नहुन सक्छ डेनमार्कमा बसे पनि नेपालीहरुले आफनै देशको केहि उत्पादनहरु दैनिक रुपमा उपभोग गर्न पाएका छन् । नेपाल देखि आयात गरेर नेपालीहरुको लागि चाहिने सामान ल्याउनु पनि ठुलो कुरा हो ।
कोपनहेगनको ‘स्टप एण्ड सप’ नामक नेपाली पसलमा नेपालको उत्पादन वाई-वाई चाउचाउ देखि कोदोको पिठो अनि गहत लगायत नेपाली वाइन सम्म पाइन्छ । पसलमा अन्य स्थानिय सामान संगै नेपाली सामानहरु राखिएको छ ।
उक्त पसलका संचालक प्रविन प्रजापतीले बताए अनुसार पसलमा पाइने नेपाली उपभोग्य सामानहरुमा नेपालीहरुले दैनिक रुपमा उपभोग गर्ने सामाग्री पाइन्छ । नेपालीहरुको लागि चाहिने न्वारन गर्ने पुजाका सामाग्रीहरु, नेपाली गेडागुडी गहत, मस्याङ्ग, विभिन्ननेपाली अचारहरु , अकमरे खुर्सानीको अचार, कोदोको पिठो, फापरको पिठो, चामलको पिठो,वाइवाइ चाउचाउ, चिउरा, नेपाली चियापत्ती टोकला चिया र पिउने पारखीहरुका लागि नेपाली हिमालयन वाइन र खुकुरी रम पनि पाइन्छ ।
पसल संचालक प्रजापतीले बताए अनुसार भविष्यमा अरु नेपाली सामान पनि ल्याउने तयारी भएको बताए । उनले बताए अनुसार नेपाली नेपालीहरु बीच भेटघाट हुने थलो जस्तो ‘चौतारी’ बनेको छ उनको पसल । नेपालीहरु आउने जाने भएकोले एक अर्का संग भेटघाट पनि हुने थलो को रुपमा उक्त पसल रहेको छ ।
उक्त पसल राती दश बजेसम्म खुल्ने भएकोले श्रीमान र श्रीमती दुवै जनाले हेर्ने गरेको श्रीमती मीना श्रेष्ठले बताइन । सामान किन्नको लागि महिला दिदि बहिनीहरु धेरै आउने गरेको पनि उनले बताइन । गुणस्तर सामान मात्र आयात गरिएकोले गुणस्तरमा कुनै कमी नरहेको उनीहरु बताउँछन् । उपभ्क्ताले कम गुणस्तर भएको सामान भएको भनेर भनेको खण्डमा त्यो सामान पसलमा नराखिने पनि उनीहरुले बताए । नेपाल देखि आयात गर्नु पर्ने भएकोले समय लाग्ने भएकोले कतिपय सामान भनेको समयमा पसलमा उपलब्ध हुन नसक्ने भएकोले यसको लागि भविष्यमा अलि धेरै परिणाममा सामान ल्याइन लागेको उनीहरु बताउँछन् ।
सबै नेपालीहरुसंग समन्वयको लागि पसलको फेसबुक पेज बनाएर उपलब्ध सामानको बारेमा जानकारी दिने गरिएको छ यसले सबै नेपालीहरुले आफुले चाहेको सामानको बारेमा जानकारी पाउने गर्दछन र सिधै फोन सम्पर्क पनि गर्ने गर्दछन ।
(संचालक प्रविन प्रजापती )
विदेशमा रहेर पनि नेपाली सामान उपभोग गर्ने नेपालीहरुको चाहना पुरा हुनु पनि एउटा नौलो नै मान्नु पर्छ । सो अवसर जुटाउने कोपनहेगनको ट्यागेन्सभाइ १८३ को ‘स्टप एण्ड सप’ मा तपाइँ पनि गएर नेपाली उत्पादनलाइ प्रोत्साहन गर्ने कि ?