राहतको नाममा भोटको राजनिति, अव त चेत्ने कि ?


मोहनराज बराल 'मुन'

– मोहनराज बराल “मून” 
राजनितिशास्त्रका पिता अरस्तुले भनेका छन् । “मानिस एउटा समाजिक प्राणी हो,मानिसले मानिस भएर बाँच्नका लागि समाजमा बस्नु नितान्त आवश्यक छ । समाजमा बस्ने मानिसका बारेमा व्यापक अध्ययन गराउने विज्ञान राजनितिशास्त्र हो” ।
फेरि यो एक परम्परागत परिभाषा पनि हो।

तर राजनितिशास्त्री विउसालीले भनेका छन। “राज्य संग सम्बन्धित विज्ञान नै राजनैतिक विज्ञान हो । यसले राज्यका मौलिक सर्तहरु, स्वरुप र विकासका बारेमा विवेचना गर्दछ”।यसलाई राजनितिशास्त्रको आधुनिक परिभाषाको रूपमा हेरिन्छ।फेरि यसको उत्पति र अर्थ लाई नियाल्दा राजनितिशास्त्र(Politics)ग्रीक भाषाको Polis र Politia शब्दबाट उत्पति भएको हो ।Polis र Politia को अर्थ नगर र राजनिति भन्ने बुझिन्छ ।

राजनैतिक सिद्धान्तको दृष्टीकोणलाई पुर्वीय र पश्‍चिमी दुई राजनीतिक दृष्टिकोणमा विभाजीत गरिएको छ ।वेद, रामायण र महाभारतमा प्रतिवादित सिद्धान्त पुर्विय हो भने प्लाटो,अरस्तु, सुकरात द्वारा प्रतिवादी सिद्धान्त पश्‍चिमी राजनितिक सिद्धान्त हो ।
तर नेपालको परिपक्षमा हामीले कुन राजनैतिक सिद्धान्तको दृष्टीकोणलाई अगालिएको छ।

मलाई लाग्छ हाम्रो राजनीतिक दृष्टिकोण छुट्टै छ।यो भारत,चीन,बेलायत,अमेरिकामा लगायतका देशमा हुने राजनीतिक दृष्टिकोण भन्दा पनि बेग्लै छ।फेरि ति देशहरु जो बिकसित छन।जहाँ बिकाशले आकाश छोएका छन।त्यहाँ यहाँको झैँ नेता हुने तरिका पनि भिन्न नै छ।यहाँ हरेक कुरामा फेल भएको व्यक्ति नेताको लागि योग्य हुन्छ।तर त्यहाँ आफ्नो क्षेत्रमा सफल भएकाहरू नेता हुन्छन।

यस कारण पनि हाम्रोमा राजनीति फरक छ। फेरि नेपालमा राजनितिक सबै भन्दा चासो रहने चिज नै हो। सायद अहिलेको परिपेक्षमा हरेक ठाउँमा मागी खाने भाँडो राजनिति नै भएकोछ। राज्यको नीति बनाउन यहाँ कसैले पनि राजनीति गरेको देखिदैन। यो त खाली बाहिरी आवरण मात्रै भएको छ।यस कारण पनि यहाँ हरेक चिजमा राजनीतिकरण गरिएको छ।

यहाँ समुदायमा आधारित संस्था ,सामुदायीक बन ,स्कुल ,अस्पताल आदीका ब्यबथापन समितीमा प्रतिनिधि पाटीगत रुपमा भाग-बण्डा हुन्छ। कि त भाग नमिलेको खण्डमा राजनितिक पाटिको आधारमा चुनाब लडिन्छ। फेरि यसरी गठन हुदा यी मुलुकमा हुने आम निर्वाचन भन्दा पनि कम उत्तेजना पूर्ण हुदैन। फेरि अर्को अचम्म चिज के छ भने यसरी त गठन भो तर अदक्ष्य कुन पार्टी को हो?यसलाई कसरी फेल खुलाउने ध्यान यहि मात्रै नै हुन्छ।

फेरि स्कुल कलेजहरूमा आन्दोलनका कार्यक्रमहरू यहाँको प्रमुख पाटीगत आस्थाका आधारमा बनेका हुनछन।सायद यहि आधार मै बैठक र निणर्यहरु हुन्छन।यहाँ फेरि जागिर खानको लागि योग्यता पनि पाटिको झन्डा बोकेको छ कि छैन? मुख्य यो नै हेरिन्छ। यहाँ झण्डा बोक्नेहरु योग्य हुन्छन। राजनितिनै थाहानभएका झण्डा नबोक्नेहरूलाई राज्यले सिर्फ एक थान राहदानी दिन्छ।

आखिर राज्यलाई योगदान दिन चाहनेहरू योग्य भईकन पनि यिनीहरूको बाटो बाध्यरूपमा मुग्लान नै हुन्छ।मलाई आजकल के लाग्छ भने यी समाज सेवा गर्ने सामाजिक सस्था हैनन खाली यी त समाज सेवाको आवरणमा राजनैतिक गर्ने अखडाहरु हुन्।समाज सेवाको हितमा खुलेका यि संस्थाहरू जहाँ भाषण हुदा कुर्चि,मंचमा वस्न ताँतिनै लाग्छन।पदमा कसरी पुग्ने होला भनेर धण्टौ समय दिन्छन।

तर देशमा विपत पर्दा गायव हुन्छन।यि सग समय हुदैन।फेरि यिनीहरूको सोच आगोलागी भएको छ पहिला मिटिंग बसौ अनि आगो निभाऊला भन्ने खाले हुन्छ। फेरि हाम्रो समाजमा यस्ता सामाजिक सस्थाहरुको अधिबेसन नजिकिदै गर्दा पहिला हरेक दलका मिटिंगहरु हुन्छन।”हाम्रो को” लाने हो ?को जाने?भन्नि बिषयमा। मलाई के लाग्छ भने नेपालका हरेक समाजहरू यसरी नै बनेका छन।

यसरी बनेको हाम्रो समाज राजनीतिले चिरा चिरा परेको छ।यहाँ पार्टीगत हिसाबबाटै गुण्डा गर्दी ,चोर फटाहा ,भष्टचारी आदीलाई संरक्षित गरेका छौ ।लाग्छ हरेक समाज पाटी, नेता र राजनीतको लागि बिभाजन भएको छन।यहाँ फेरि के हुन्छ भने हाम्रा नेता र पाटीहरुले मानिस को नशा-नशामा राजनीति धुसाईदिएको छन्।आफ्नो स्वार्थको निम्ति यहाँ राजनीतिलाई व्यक्तिगत स्वार्थको रुपमा लगिएको छ।

गणेशमान सिहले भने झै यहाँका हामी जनताहरू साँच्चै भेडा नै भएका छौ।फेरि भुपि शेरचनले भने झै हामी नेता र पार्टीको लागी क्यारमबोडको गोटि पनि बनिरहेका छौ।लाग्छ राज्यको प्रगति त त्यहाँ बसोबास गर्ने जनसंख्याको गुण र क्षमतामा भर पर्दछ तर योग्य, दक्ष र शिक्षित नभएको जनसख्यालाई राज्यको बोझ पनि मानिन्छ । त्यसैले अरस्तुले असल नागरिक भएमा असल राज्य हुन्छ भनेका छन् ।

लाग्छ हामी योग्य, दक्ष र शिक्षित त केवल राजनिति गर्न र गोटि बन्न मात्रै छौ। यही राजनीतिले नै प्राकृतिक न्यायका सिद्दान्तलाई पनि लात मारेका छौ। बिकाशलाई अहिलेको लागि मात्रै सिमित गराउदै छौ।हामीले गरेको बिकाश केहि महिना मात्रै हुने गरेर गरेका छौ।वास्तबमा हामी साँघुरो घेरा भित्र कैद छौ।

सङ्क्रिण सोचको हावी छ।मानौ हामी संकुचित मानसिकताका दासी बनेका छौ।यहि घरातलमा छौ। हामीले जन्माएका नेता र पार्टी गण त झन् त्यस्तै नै हुने भए उनीहरुले पनि यहि सिकाएका छन् ।फेरि  पनि उनिहरुलाई यहि नै सिकाउदै छौ। लाग्छ नेता र जनता तथा राजनितिक पाटी र समाज बीच गजब्बको ताल मेल छ। हामी यो घेराबाट बाहिर आँउन जरुरी छ तर सक्दैनौ।

गत बैशाख महिनामा गएको महा-भुकम्प र यसपछि लगातार गईरहेको पराकम्पनले ठुलो बिपतमा छौ।मुलुक शोकमा डुबेको छ । तैपनि एक छैनौ ।  अझै पनि राजनीतिले एक हुन दिएको छैन तर हामी यो बुझ्दैनौ।हामी र हाम्रो समाजबाट सृजित राजनिति नराम्रो सँग यो पटक यो विपत्तीमा फेल भएको छ।कवि दिनेश अधिकारीको भुकम्प कविता

“घरमा
न आँगन थियो, न चोक थियो
जब आफ्नै परिवारको शव
सडकमा लगेर राख्नुपर्‍यो
बल्ल त्यसबेला
उसले स्वीकार गर्‍यो सत्यलाई–
योपटक
उसले चुकाउनुपरेको मूल्य
साउँभन्दा धेरै गुणा महँगो थियो
के दोष थियो छिमेकीको ?
उसैको घरले थिचेर
भुईंतले घरसहित
उसको पनि प्राणपखेरू गयो !”

लाग्छ समाजमा भएको राजनिककै उपज हाम्रा संरचना र हामीले गरिएको भनिएको विकास झनै नराम्रो सगँ फेल खाए।तिनले शुन्य पाएँ ।फेरि पनि  चेतेका छैनौ ।यहाँ विपतिमा उद्धारको खाँचो हुदा हामी राजनितिका गोटी वन्ने मनुष्य पाटीको निणर्यहरु कुरेर वस्यौ।

कता जादा फाईदा यहि हिसाबमा रूमुलियौ।लाग्छ सायद समाजमा भएको राजनितिको उपज मुलुकको यस्तो संकट,पिडा र यो शोकको घडीमा राहतमा पनि राजनिति भएको छ।जुन कुराहरू धाम झै छर्लड्ग देखिएका छन् । यहाँ राहतको नाममा भोटको राजनिति गरिएको देखिन्छ।लाग्छ यति तुच्छ र घृणित राजनिति हाम्रै समाजका उपज हुन।

अन्त्यमा यसप्रकारको राजनिति अन्त्य हुनै पर्छ।नत्रभने दिर्घकालिन रूपमा ठुलो नोक्सान बेहोर्नु पर्छ। राजनिति बुझौ मात्रै तर यसैको नाममा गोटी नबनऊ। मलाई लाग्छ अर्थशास्त्रले वस्तुको उत्पादन, त्यसको वितरण र उपभोग जस्ता विषयहरुको अध्ययन गर्दछ भने हाम्रो समाज र देशमा राजनीतिशास्त्रले वस्तुको उत्पादन, उपभोग र वितरणको व्यवस्थापन अध्ययन गरोस।

कानुनको निर्माण, संरक्षण, समयानुकुल, संसोधन एवम् परिमार्जन गर्ने काम राज्यले गर्दछ भने राज्यको राजनिति कानुन द्वारा निर्देशित र नियन्त्रित होस् । तर उहि नै हौ संस्कार, स्वयं आफै नयाँ शिशिका पुरानो झोल हौ त ।कसलाई के भन्नु छ र ? यहाँ चुनाव मात्रै होस् त अहिले रातमा आहत गर्नेहरूलाई नै बहुमत दिईहाल्छौ।

जस्ता चपाउनेहरूको जित सुनिश्चित नै छ।फेरि यसलाई योग्यताको मापन मान्छौ।मलाई त लाग्छ फेसनहरूमा २२ औ शताब्दी पुगिसक्यौ जबकि विश्व २१ औ शताब्दीमा छ तर राजनितिक चिन्तन रूपमा १९औ शताब्दीमा पनि छैनौ।हामीले उल्टो दिशामा राजनिति रहेको कुरा विपत्तीले पनि पुष्टी गरेको छ। अव त चेत्ने हो कि?

2 COMMENTS

  1. Thank you , Mohanji for this clean writing I also feel so close to your spirit and hope our peple would also think and learn from this eye opener. It also give message that one need to study to become successful politician not like us every one join politics instead do politics but first become professional in politics. Anyway wewell appreciated

Comments are closed.