– मोहनराज बराल “मून”
देशमा गत बैशाख १२ पछि आएको विनासकारी भूकम्प र त्यसपछि क्रमिक रुपमा आएको पराकम्पनले देशलाई मानविय,आर्थिक,सामाजिक रुपमा तहस नहस गर्यो नै, यसले राजनैतिक रुपमा पनि तहस नहस गर्दैछ ।राष्ट्रसंघको प्रारम्भिक अनुमानमा २ लाखभन्दा बढी घर भत्किएका छन् । हजारौंले मृत्युवरण गरेका र दसौं हजार घाइते भएका छन् ।लाखौं मानिस आकाश देखिने त्रिपालमा बस्न बाध्य छन् । हजारौ भन्दा बढी शिक्षण संस्था ध्वस्त भएका छन् । लाखौ लाख भन्दा वढि वालवालीका प्रभावित भनेका छन्।
सडक, खानेपानी, विद्युत् सेवा, पुलपुलेसा, उद्योगधन्दा एवं व्यापारिक फर्महरू के–कति क्षति भए त्यसको तथ्यांक आउनै बाँकी छ । राष्ट्रसंघका अनुसार नेपालमा भूकम्पपीडितको मानवीय सहायताका लागिमात्र तत्काल ४२ अर्ब रुपैयाँ खाँचो छ । पुनर्निर्माणका लागि त झन् अर्बौं रुपैयाँ लाग्नेछ । यस्तो रकम जीडीपीको एकतिहाई भन्दा बढी हुने अनुमान छ।फेरि यसै त ४० प्रतिशत बेरोजगार रहेको अवस्थामा अर्थतन्त्रको ४ प्रतिशत हिस्सा ओगट्ने पर्यटन क्षेत्र धराशायी हुँदा १० लाखभन्दा बढी रोजगारी खोसिने अवस्था उत्पन्न भएको छ ।
सम्पूर्ण स्रोत र शक्ति उद्धार, राहत, पुनर्वास र पुनर्निर्माणमा केन्द्रित हुने अवस्थाले अर्थतन्त्रमा ठूलो संकुचन आउनेछ । आर्थिक वृद्धि ४ प्रतिशत पनि ननाघ्ने तथा प्रतिव्यक्ति आय वार्षिक ७ सय डलर माथि जान नसकेको अवस्थामा यो विपत्तिले उत्पादनमूलक क्षेत्रमा समेत प्रतिकूल प्रभाव हुनेछ। यसकारण पनि सरकार असफल भएकोले अहिले सत्ता परिवर्तनका कुराहरु आएका छन् । हो अहिलेको यस परिस्थितिमा हाम्रो सरकार र प्रतिपक्ष पूर्ण रुपमा असफल सावित भएका छन् ।
यस विपतमा हाम्रा दलहरु हालसम्म पनि पूर्ण रुपमा असफल रहेका छन् । फेरि अहिले सत्ता परिवर्तनका निम्ति विभिन्न दलहरु प्रधानमन्त्रिका नामहरु प्रस्ताव गरेर गठबन्धनको कुरालाई जोड दिदै छन। मानौ उनिहरुलाई कुर्चि या पालो चाहिएको छ । आफ्नो दलको देशमा हालीमुहाली चाहिएको छ । खाली देश हैन कि पाटी या आफ्नो गुटलाई फाईदा हुने हिसाबबाट मात्रै प्रस्ताब आएका छन l
के अहिलेको अवस्थामा शुशिल कोईरालाको ठाउँमा के.पि. ओली आउदैमा समस्याको समाधान होला ? के यो वेलाको अवस्थाको वारेमा मुल्याङ्कन गर्न जरुरत छैन ? के साँच्चै यो वेला उखान टुक्का पड्काउने राजनैतिक चतुर खेलाडी हामीलाई चाहिएको या मुलुकलाई पुननिर्माण गर्न सक्ने नेता ? लाग्छ दलहरुले यो विपत्तिमा राजनीति गर्न मौका खोजिरहेका छन् ।
मलाई के लाग्छ भने यो बेला विपदमा परेकालाई उद्दार,राहत देखि हालसम्मको अवधिका शुशिल कोइराला पनि असफल छन् । के पि ओली पनि असफल छन।फेरि प्रचण्ड पनि असफल छन।हाम्रो सरकारले डा. के.सी. अनसन वस्दा कानमा धेरै दिन तेल हाल्यो । जाजरकोटमा महामारी फैलिएर डा. के.सी. अनसनबाटै त्यहाँ पुग्दा हाम्रा सरकार प्रमुख आँखा चिम्लेर मुग्लान पुगे ।
फेरी मुलुकमा महाभूकम्प गएर तहसनहस हुदा यी मोदीको टिउटर पछाउदै थिए । त्यसपछिका धेरै दिन यी काठमाण्डौ मै हराए।भुटानका प्रधानमन्त्रि हाम्रा भूकम्प प्रभावित गाउँ–गाउँ पुग्दा हाम्रा सरकार काठमाण्डौको सुनधारा पनि पुग्न सकेनन् मानौ यी आफै विरामी झै गरे ।
फेरि हाम्रा उप–प्रधानमन्त्रि वामदेव गौतमले आफूहरु जनताका भोट माग्न मात्रै जाने कुरा गरे । फेरि पत्रकार सँग “भूकम्प म सँग सोधेर आएको हो र म चाउचाउ लिएर तयारी भएर बसौ” भनेर लज्जित कुरा गरे । फेरि प्रतिपक्षमा रहेका माओवादीहरु पनि धेरै दिन लुकेर रात विताए । उद्धारको यो वेलामा न नेता, न तिनका संगठनहरु सक्रिय भए वरु विवेकशील नेपाली भन्नेहरु फिल्डमा देखिए । एन.आर.एन., विभिन्न संघसंस्थाहरू,स्वतन्त्र यूवाहरु, दिपेश पुनहरु लगायत आदि फिल्डमा देखिए ।
तर अहिले उद्धार र राहतमा दल, नेता, कार्यकर्ता, संघसंस्था, यूवाहरु सवै लागिरहेका छन् ।कता कता दलहरू राहतमा पनि राजनैतिक गरिरहेछन।फेरि अवको आवश्यकता भनेको पुननिर्माण नै हो । उद्धारको वेला आफू केहि गर्न नसक्ने, भारतियहरु आएर रमिता देखाउदा वोल्न नसकिकन केवल साँची वसी रहने अहिलेका यिनै नेताहरुबाट के पुननिर्माण होला ?
फेरी अहिले हामीले हाम्रो सरकारको यस्तो चाल देख्दा देख्दै पुननिर्माणको लागि यिनैको आश गर्नु “यो झरी मा हाडी गाँउको जात्रा हेर्नु हो।”लाग्छ यो कुरा कुनै पनि नेपालीले कल्पना गर्न सक्दैन ।फेरिभूकम्पले विनाश निम्त्याएसँगै त्यसले ल्याउने वातावरणीय असर पनि नेपालका लागि थेगिनसक्नु हुन सक्छ ।विज्ञहरूले बाढी पहिरो ठुलो आउने आकलन गरेका छन् । एकातिर पुरानो संरचना पन्छाउनुपर्ने पनि छ अनि अर्को तर्फ पुनर्निर्माण र पुनर्बासको व्यवस्था पनि गर्नुछ।यसकारण लागतसमेत उच्च हुनेछ ।
सायद हाम्रो वार्षिक बजेट क्षतविक्षत संरचना निर्माणमा मात्र केन्द्रित हुनेछ । फेरि पर्यटनमा असर देखिन शुरू भएको छ।मुलुकको यो बिषम परिस्थितिमा बैदेशिक रोजगारबाट पनि फर्कने धेरै छन। फलस्वरूप आम्दानीका बाटाहरूसमेत खुम्चिने ठूलो डर छ।
तर फेरी यो हो कि हामीलाई यो वखत संविधान भन्दापनि पूननिर्मार्णको खाँचो छ। वेलायतमा लिखित संबिधान नहुँदा पनि देश चलेको छ । विकासले आकाश छोएको छ।साच्चै नै मन देखि यो वेला पुननिर्माण गर्ने हो भने देशलाई माओवादी र हिसिला यमि विनाको ई.बाबुराम भटृराई चाहिएको छ ।
फेरि यिनको टिममा काँग्रेस विनाको यूवा गगन थापा, एमाले विनाको यूवा गोकर्ण विष्ट, आर्थिक क्षेत्रमा विज्ञ अनिलशाह, स्वास्थ्य क्षेत्रका विज्ञ डा.गोविन्द के.सी.,परोपकार र पत्रकारिताको क्षेत्रमा कहलिएका रविन्द्र मिश्र, जनताले रुचाएका हरिबंश आचार्य, लगायतका दलिय वा स्वतन्त्र मानिसहरुको खाँचो छ । यो टिमले मात्र देशलाई पुन निर्माण गर्न सक्छ ।
मलाई लाग्छ अहिले शुशिल कोईरालाको ठाउँमा एमाले या माओवादीबाट कोहि आउनु दोश्रा शुशिल कोईराला बनेर सिंहदरवारमा फोटो झुण्डाउनु मात्रै हो ।अहिले हाम्रो सरकारको गतिविधिले गर्दा पनि राहत दिने बेलामा पनि हामीलाई दाताहरु कसैले पनि विश्वासले हेरेनन् न त जनताले नै गरे।अझै पनि राहत सामाग्रीहरू एअरपोर्टमा अस्तब्यस्त छन् । सरकारले कर्मचारीहरू पनि परिचालित गर्न पुर्ण रूपमा असफल रहेको छ।
हामीलाई यस्तो नेता चाहिन्छ कि ताकी सबैले विश्वासले हेरुन । सरकारले जनताको मन र जनताले सरकारको मन जित्योस।ताकी कि सरकार बलियो हुन्छ। लाग्छ अब मन जित्नको लागि यो टिम ठिक हुनेछ। फेरि हामीले के बुझ्नु पर्दछ भने बाबुरामको असफल प्रधानमन्त्रि कालमा काठमाण्डौमा टहरा भत्काउने, बाटो चक्लाउने जुन अभियान गरे।वास्तवमा यस अभियानबाट अहिलेको महाभूकम्पमा मानविय क्षति काठमाण्डौमा केहि कम भएको छ ।
काठमाण्डौ वासिन्दाहरु अहिले वारम्वार भूकम्प आएर पिच सडकमा आउँदा त्यो वेलाको कामको अहिले दीर्घकालिन रुपमा परेको असर सहि रहेछ भन्ने वुझेका छन् ।यो काममा अरूको पालामा भोटको राजनीतिक रूपले हेरियो।कसैले काम गर्ने आँट गरेनन् तर यो कामको लागी वावुरामले भोटको राजनिति हेरेनन् । वरू चुनावमा काठमाण्डौवाट पत्ता साफ भए ।
अनि अर्थमन्रि हुदा झै उनिले उठाएको कर फेरि उठाउने मान्छे चाहिएको छ यो देशमा। हामीले फेरि के बुझ्न जरूरी छ भने देश कहिले पनि बिदेशीको दयाले वन्दैन।आखिर बनाऊने हामीले नै हो।यो वेला मुलुकलाई दीर्घकालिन रुपमा पुननिर्माण गर्न सक्ने नेता र टिम चाहिएको छ ।हिजो पहिलो संविधान सभा असफल हुँदा दलहरूले एक अर्कोलाई निषेध गरेको वेला हामीले चुनाव गर्नको निम्ती मात्रै खिल राज रेग्मीलाई अधिकार दिए झै के यो वेला देश पुननिर्माण गर्नको लागी मात्रै यो टिमलाई अधिकार दिन सकिन्न?
यिनलाई हामिले निश्चित समयको लागि पूननिर्माणको अवसर दिउँ।नत त हामीलाई पुननिर्माणको नाममा सत्ताको खेल खेल्ने दलका नेताहरू नै चाहिएको छ। फेरि हामिले यो वेला पाटीलाई गाली गरेर नयाँ शक्ति भन्नु पनि अमेरिकी रुजवेल्ट र यिनको जस्तो पाटी जो कालन्तरमा दुबै पतन भए जस्तै रोज्नु पनि हो। यो देशलाई भिजन र भोटको राजनिति नगर्ने चाडै पुनर्निवाण गरन सक्ने पाटी हैन देशको झण्डा बोक्ने दलिय या स्वतन्त्र व्यक्तिहरू चाहिएको छ ।
देश वनेर समृद्धि भएमा चुनाव गरौंला । पार्टी भनौला अहिलेलाई पुननिर्माण होस् त्यस्तो वेला सत्ताको खेल हुनु विदेशी सहयोग कुम्लाउने दाऊ हुनु हो र मुलुकलाई अघोषित रूपमा हाइटी पथमा डोराऊनु हो।फेरि नेपाली जनतालाई भूकम्प निकै महँगो सावित वनाऊनु हो।यसकारण पुननिर्माणको लागी यि टिमलाई जिम्मा देश पछि धकेलिनु बाट बचाऊँ ।अहिलेहामी शोकमा छौ यसलाई शक्तीमा बदलौ।यो देश बनाउने अबसर पनि हो।
– लेखक बरालले फेसबुकबाट अभियान चलाएर, भूकम्प पीडित जिल्लाहरुमा पुगी बिभिन्न ६ चरण सम्म राहत तथा जस्ता पाता बितरण गरिसकेका छन्।






well said bro…!!!
राम्रो कुरा ब्रो,, तर मलाइ के लाग्छ भने यी बाबुराम,गगन,गोकर्ण ,हरिमदन र राजेश हरु पनि लुते नै हुन नत्र भने एत्रो नेपालि जनताको साथ
हुदाहुदै पनि यिनिहरु जनताको लागि भनेर देश निर्माणका लागि अनि कुहिएको र पङु भएको सरकार लाई पाखा लगाउन नेपाली जनताको साथ लिएर अगाडि आउन सक्दैनन् ? मुखले भने देखि सरकारको खुब उछितो काड्ने अनि कसैले हजुर्हरुले नेतृत्व लिनु न भनेर सोधे मलाई रुचि छैन भन्ने एदि यिनिहरु सङ्ग सारा जनता को साथ छ भने जाबो नेतृत्व लिन किन हिच्किचाउछन ?कि देश हाक्न कुनै दलको नेता नै हुनु पर्छ? एदि मलाई त्यत्रो जनताको साथ हुन्थ्यो भने म त नाइ भन्ने थिइन । देश बनाउन जेल गयेको वा दलको बिल्ला भिरेको नै हुनु पर्छ र? खुबी भए जुनसुकै नेपालीको छोराछोरी ले पनि देश हाक्न सक्छन् बस तिनिहरु निरोगी हुनु पर्यो।
Comments are closed.