शेष घले धनका अरबपति कि मनका ?


– वसन्त रानाभाट
/संसद भवनमा बैठक बस्दाबस्दै भूकम्प गयो,सबै भागाभाग गरे,मन्त्री परिषद्को बैठकबाट नै मन्त्रीहरु भागाभाग गरे यो कुनै अस्वभाविक होईन। आफ्नो जीवनको,प्राणको, जो कोहीलाई पनि माया हुन्छ । भूकम्पले बढी जोखिम भएका क्षेत्रहरुबाट सुरक्षित स्थान तर्फ सबै लाग्न थाले।

सद्दे घरहरुमा पनि रहन अबस्था रहेन त्यस पछि खुल्ला चौर र सडकहरु नै रोजीए। जुन भूकम्पीय दृष्टिकोणबाट बढी सुरक्षित मानिन्छ यसलाई अस्वाभाविक ठान्नै भएँन। प्रष्ट हुन्छ कि जीवन रक्षाको लागि,आफ्नो प्राण रक्षाको लागि हामीले पहिलो प्राथमिकतामा राखेका हुन्छौ।

भूकम्प जाँदै गर्दा परिवारको एउटा अभिभाबकले हातले डोराउँदै आँफु सँगै अरु धेरैको जीवन रक्षा गरेको छ। दुधे बालकलाई काँखमा च्याँपेर होस् वा बुढा बाबा आमालाई बोकेर किन नहोस् उद्दार गरेका छन् । त्यो आँफु सँगै आफ्नो सदस्यलाई दिएको मायाँ हो। हामीले तस्बिरमा यो पनि देखेर रोएँका छौ एक अर्काको हात समाई रहेको अबस्थामा कति जोडीहरुले ज्यान गुमाएका छन्।मर्ने बेला सम्म पनि मायाँको तागत कस्तो हुने रहेछ, एक अर्काको बिश्वास कति बलियो हुने रहेछ ,सँगै मर्ने सँगै बाँच्ने भनिन्थ्यो त्यो त्यसै भनिएको रहेनछ।

हाम्रो आशिस लाग्छ भने शेष घलेका जोडी सयौ बर्ष बाँचुन्,भूकम्पले हल्लीरहेको देशमा जोखिम मोलेर आफ्ननी पत्नी जमुना गुरुङ्को हात समाउँदै एक उद्दारक बने। अघि उल्लेख गरे जस्तै ज्यान बचाउँन परिबारको एउटा अभिभाबकले सदस्यहरुको हात समाउँदै हल्लेका घरहरुबाट बाहिर निस्केको बेला घले दम्पति देश फर्कीए। भत्केका घरहरु भित्र छिर्ने आँट गरे। कसैलाई बचाँउनको लागि उद्दारक बने, पीडितहरुका बस्तीमा पुगेर राहत बितरण गरे।

जीवनको सबैलाई मायाँ हुन्छ,परिबारको सबैलाई मायाँ हुन्छ ,नेपालमा भूकम्प जाँदा अष्टेलिया उनि र उनको परिबारको लागि सुरक्षित थियो। सुरक्षित स्थानमा बसेर नेपालमा भूकम्प पिडितहरुलाई २ अरब नै सहयोगको घोषणा गरेको भए पनि घले धनकै अरबपति हुँन्थे होला तर भत्केका गाँउहरुमा आँफैले नेतृत्व लिँदै राहत बाँडदै गर्दा, धनका भन्दा पनि मनका अरबपतिले चिनिए। विदेश तिर पलायन भए पछि देशलाई के नै मायाँ गर्छ र ? सुख सयलमा उतै रमाउँछ होला भन्ने धेरै सुनिन्थ्यो तर आज दुख र बेदनाको घडीमा लाग्दछ सबैभन्दा बढी प्रबासी रोएको छ।

गैर आबासीय नेपाली संघका अध्यक्ष समेत रहेका घलेले आँफैले नेतृत्व गर्दै सिन्धुपाल्चोक, गोरखा, लम्जुङ, नुवाकोट, रामेछाप, काभ्रे, दोलखा, धादिङ, रसुवा, सोलुखुम्बु लगायतका जिल्लाहरुमा पुगेर टुहुरा बनेका नेपालीहरुलाई भेटे । घरबार बिहिन भएर आँफन्त गुमाँएका हजारौ नेपालीहरुलाई मलाम लगाएँ,भत्केका बस्ती बस्तीमा पुग्दै उनिहरुको चित्कारलाई सुनेर धैर्यता,शाहस र बिश्वास दिएँ।

basanta-Ranabhat-2

मन्त्रीहरु,सभासद,सर्बसाधारण सबैलाई ज्याँनको मायाँ त हुन्छ नै त्यसैले त भाग्नु पर्यो। भाग्नुलाई मैले अस्भाबिक ठाँन्दिन र ठाँन्न साहेद उचित पनि हुँदैन। भूकम्पले न त राष्ट्रपति भन्छ न त प्रधानमन्त्री,के गरिब के धनी ? तर यो त्रासमा गैर आबासीयहरुले आँफ्नो मनलाई कमजोर बनाएँनन् । आँफु बसेको सुरक्षित देशहरु छोडेर हल्लिएकी,रोएँकी,चिच्चाएँकी नेपाल आमाको आँशु पुछन घर फर्किएँ। आँफुलाई निडर साबित गर्दै भत्केका घरहरुमा पसे।

ज्याँनको मात्र मायाँ मान्ने भएँ प्रबासमा नै ठुलो रकम उठाएका पठाउँथे होला तर अहिले पैसा र राहतको मात्र कुरा होईन, दुखेको नेपाली मनमा मायाँ, ममता र स्नेहको पनि खाँचो छ भन्ने गैर आबासीयहरुको बुझाई एकदमै सही बन्यो । ७.३ रेक्टर स्केलको दोश्रो ठुलो भूकम्पको सामाना देशमा नै बसेर गरे।

भूकम्पको पिडालाई नजिकबाट बुझे। घले लगायत गैरआबासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट,महासचिब कुमार पन्त लगायतका थुप्रै एनआरएनका अभियन्ताहरु बस्ती बस्तीमा खटिएँ। प्रबासमा बस्ने सबै नेपालीहरु घर फर्कंन नपाएँ पनि लाखौ हामी गैरआबासीयहरुको तर्फबाट अभियन्ताहरुलाई सलाम, धन्यबाद कृतज्ञता। तर लाग्छ यी शब्दहरु अझै काँफी छैनन्।

गैर आबासीयहरु भूकम्पले प्रभावित जिल्ला जिल्लाहरुमा पुग्दा अर्को तर्फ प्रबासमा ठुलो बिश्वास बढ्यो। सधैँ देशका विपत्तिहरुमा खल्तीबाट सहयोग गर्दै आएका प्रबासीहरु खुल्ला उदार मनले सहयोग गर्न जुटे। पठाएको रकम त आफनै हातले बाँड्दै छन् भन्ने बिश्वासका कारण सम्भवत हरेक देशमा अन्य बेलाको भन्दा बढी सहयोग रकम जुट्यो। एक त देशमा परेको महाविपत्ति र अर्को तर्फ प्रबासी दाजुभाई दिदीबहिनीहरु राहत लिएर गाँउ गाँउ पुग्नुको बिश्वासले यो संभव भएको हो ।

आफ्नो परिवारका सदस्यहरु गुमाउँदा,आँफन्त गुमाउँदा, लाखौ नेपालीहरुको आँशु बगिरहदाँ, बर्षौदेखि विदेशमा पसिना चुहाई बनाएका घरहरु भत्कदाँ हजारौ घरबारबिहिन भएर सडकमा आईपुग्दा कुन नेपालीको मन नरोएको होला र ? यस्तो अवस्थामा प्रवासमा रहेका हरेक नेपालीहरुले दिल खोलेर सहयोग गरिरहेका छन्।

संघले राहत वितरण सँगै निशूल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्यो,जसले बिदेशमा रहेका कैयौ नेपाली चिकित्सक स्वास्थ्यकर्मीले दुखेको घाउँमा मलाम लगाएँ। परेको बेला देश प्रति आफ्नो जिम्मेबारीलाई पालना गरे।

मनका अरबपति घले लगायत संघका अभियन्ताहरुले पीडितलाई राहत मात्र बाँडेनन् उनीहरुका बिचार सुनेका छन्। स्थानीयहरुसँग छलफल गरेका छन्। ताकि बास्तबिक पीडितहरुको भाबना बुझेर साहेद जीवनमा नयाँ पाठ सिकेका छन्।भत्केका बस्तीहरुमा पुगेर त्रिपाल, कम्बल, चिउरा, चामल, चाउचाउ मात्र होईन, पीडितको रोदनलाई एक अर्का बीच बाँडेका छन्। साहेद उनीहरुकै मर्मलाई बुझेर होला गैर आबासीयहरुले एक हजार घर टहरा बनाई दिने घोषणा समेत गरे।

लाखौ घर भत्केका बेला हजारौ घर बन्नु समस्याको समाधान त होईन तर यो एउटा अभियानको शुरुवात मात्र हो। देशमा रहेका दलहरु,संघ सस्था,सहयोगी हातहरुले खुल्ला मनले सबैले यस्तै अभियानमा साथ दिने हो भने लाखौ घरहरु पुनर्निमाण हुन सक्छन्।

गैरआबासीय नेपाली संघले भूकम्प गएको ३ घण्टामा नै नेपाल फर्कने निर्णय गर्यो जुन संघको ईतिहासमा नै गरेको महत्वपूर्ण निर्णय थियो। देशमा परेको महाबिपत्तिमा प्रबासीहरुले गरेको सबै भन्दा उचित कदम थियो। आज संघको नेतृत्व तहले नै राहतमा अग्रसरता दिदाँ थुप्रै प्रबासीहरुलाई घर फर्कने प्रेरेणा मिलेको छ । दिनहुँ घर फर्केर परिबारसँग दुख साँटेका छन् ,दुखलाई शक्तिमा बदल्ने कोशिस गरिरहेका छन्।

शेष घले गैरआबासीय नेपाली संघका अध्यक्ष मात्र होईनन् उनि अस्ट्रेलियाका एक धनाढ्य पनि हुन्। सोझो अर्थमा भन्नु पर्दा उनीसँग धन सम्पति,ब्यापार ब्यबसाय सबै थोक छ । घलेलाई धनका अरबपति मात्र भनेर बुझिन्छ भने त्यो अलि न्यायोचित हुँदैन होला । उनि त नेपाली मनका अरबपतिले बढी चिनिएँ । दुखेको घाउँमा मलाम लगाउँदै भत्केका बस्तीमा उनलाई देख्दा धेरै जना दोधाँर बने होलान्, आखिर ” घले धनका अरबपति कि मनका ?”

7 COMMENTS

  1. सल्लुट भाई कमेन्ट गर्ने शब्द छैन तपाई को लेख मा अनि प्रबासमा रहेका संपुर्ण नेपाल आमाका सन्नततीहरु को सहयोग साथ अनि माया पनि सदैब अपार छ शेष घले लगायत सबै सहयोगी हातहरु को बर्णन गर्ने कुनै सीमा छैन !

  2. lekh dherai ramro tara photo aafnai kina yesto bela ni aafno publisity garnu ta bhayena sakhu huncha ta aafno photo change gare Shesh Ghale ko rakhnus ta ki sabaile chinos…

  3. Tapahin ko lekh sarai ramro lagyo ra jasko lagi tapahin lai hirdaye dikhi dherai dherai dhanyebat bhanna chahanchhu. Shesh Ghale jiu, dhan ka arabpati hun bhani manka kharabpati bhayeko pusti bhayeko mahasus garyoun. Wahanko karye, lagan ra yogdan bata desh ka neta harule kehi sikha haru, sikchhan holan bhanne asha gardachhu.

  4. Sesh ghale ji jastai ajai 2/3 otta matrai soch bhaye ko manche nepal ma hune ho bhane nepal 5/10 barsa bhitra mai Asia ko chamkilo tara bhayera chamkine thiyo.

Comments are closed.