मंगलबारको भूकम्पले ५७ मृत्यु भएको पुष्टि,दोलखाका मात्र ३४ जना परे


काठमाडौं / मंगलबार आएको शक्तिशाली भूकम्पले काठमाडौंसहित आसपासका जिल्लामा ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । ११ सय बढी घाइते भएका छन् ।
आठ हजार बढीको मृत्यु हुने गरी विनाशकारी भूकम्प गएको १८ दिनपछि ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । मंगलबार १२ बजार ५४ मिनेटमा भूकक्प गएपछि लगातार पराकम्पन भएको थियो । भूकम्पमा परी १ हजार १ सय १७ जना घाइते भएका छन् ।
सबैभन्दा ठूलो क्षति दोलखा र सिन्धुपाल्चोकमा भएको छ । दोलखामा ३४ जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटसहितका स्थानमा ठूलो क्षति भएको छ ।

दोलखामा ३४
सिन्धुलीमा २ जनाको मृत्यु
काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु,
सिन्धुपाल्चोकमा ९,
रामेछाप-२
सुनसरीमा १
धनुषा १
रौतहट १
गोरखा १
सर्लाहीको हरिवन १० खुर्खेत पोखरीमा सुक्रमाया मगरको मृत्यु भएको छ।

काठमाडौंमा ३५५, ललितपुरमा १६८, भक्तपुरमा १८२, सिन्धुपाल्चोकमा १००, दोलखामा २४ र काभ्रे ३८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यसअघि वैशाख १२ गते ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पमा परी ८ हजार १५१ जनाको मृत्यु भएको छ भने झण्डै १८ हजार घाइते भएका छन् । यसैबीच मंगलबारको शक्तिशालीको भूकम्पले भत्किएको घरमा पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ ।

सशस्त्र प्रहरीको टोलीले मांखा र पाग्रेटारबाट उनीहरुको उद्दार गरिएको हो । उद्धार गरिएका मध्ये तेस्रो व्यक्तिको भने उपचारका लागि अस्पताल लैजाादै गर्दा मृत्यु भएको छ