पोखरा/
भूकम्पले देश नै तहसनहस भईरहेको बेला पोखरेलीहरुको नजर भने धादिङ्को चेपाड्ग बस्तीमा परेको छ। देशभर बिभिन्न संघसस्थाहरुले राहत बितरण गरिरहेका बेला प्रबासीहरुले गरेको सहयोग लिएर पोखरेलीहरु चेपाड्ग बस्ती पुग्न् लागेका हुन्।
पोखराको शितलचौतरा टोल बिकास संस्थाबाट पेदा गाबिस चाङ्ग्लेको चेपाङ्बस्तीमा जस्तापाता लिएर शुक्रबार जान लागेको मोहन बरालले बताए। उनले नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै भने ” चेपाड्ग जाति एक त आफैमा पिडा बोकी रहेका बेला झन् भूकम्पले तहसनहस पारिदियो, बर्खा शुरु हुनै लाग्दा घर छाउने जस्ता पाता लगेर बितरण गर्न लागेका हौ।” कम्तिमा बस्ने घरको ओत भयो भने जीवन त गुजारा चलाउन सजिलो होला भनेर जस्ता पाताको तयारी गरेको बराल बताउछन्।
नबीन गुरुङ
टोल बिकास सस्थालाई हालसम्म ५०-५५ घरलाई पुग्ने जस्ता पाता जम्मा भईसकेको छ। पोखरा-१७ छोरेपाटन स्थायी घर भई हाल बेलायतमा रहदै आएका नबीन गुरुङले १५ घर धुरीलाई पर्ने जस्तापाता उपलब्ध गराएको सस्थाले जनाएको छ।
बिदेशमा रहदै आएका नेपालीहरुले गरेको सहयोग लिएर नै चेपाड्ग बस्तीमा पुग्ने हुदा थप सहयोग गर्न सस्थाले अपिल समेत गरेको छ।







Great job yuo did
Comments are closed.