काठमाडौ/
नेपालका भूकम्प पीडितलाई सहयोर्थ फेसबुकको माध्यमबाट एक अर्ब रुपैयाँ सहयोग जुटेको छ । इन्टरनेटशन मिडिया कर्पले सुरु गरेको अभियानमा फेसबुकमार्फत सो रकम जुटेको हो ।
फेसबुक मालिक मार्क जुकरवर्गले आफ्नो फेसबुक स्टाटसमार्फत दुई दिनमा यति रकम जुटेको जानकारी दिएका छन् ।
उनले नेपाललाई व्यक्तिगत रुपमा २ मिलियन डलर (करिब २० करोड) सहयोग गर्ने घोषणा समेत गरेका छन् ।