रियल मड्रिडका खेलाडीहरुले “तोदोस् कन नेपाल” लेखेको टिसर्ट लगाए


बार्सिलोना /

स्पेनिस जाईन्ट रियल मड्रिड फुटबल क्लबका खेलाडीहरुले “तोडोस् कन नेपाल” लेखेको टिसर्ट लगाउदै भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झना गरेका छन्। फिफा बर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो लगायतका खेलाडीहरुले सो टिसर्ट लगाउदै मौनधारण गर्दा ,घरेलु मैदानको ठुलो स्क्रिनमा नेपाललाई साथ दिउ भन्दै ऎक्यबद्दता जनाईएको थियो।

यस अघि पनि बार्सिलोना फुटबल क्लब लगायतका अन्य क्लबहरुले पनि खेल शुरु हुनु भन्दा केहि समय अगाडी मौनधारण गर्दै सम्झना गरेका थिए। लालिगा अन्तर्गतका सबै जसो क्लबहरुले यस हप्ता भएका खेल अगावै मौनधारण गरी चिरशान्तीको कामना गरे।

यस्तै फिफा बर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो,लिओनल मेस्सी लगायतका फुटबलरहरुले भूकम्पबाट प्रभावित नेपाली बालबालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । सामाजिक संजाल मार्फत उनीहरुले सेभ दी चिल्ड्रेनको अभियानमार्फत सहयोग गर्न अपिल गरेका हुन्।

 

1 COMMENT

Comments are closed.