– रोजी लाबुड० (राई )
हरेक मानिसहरुमा आफ्नै किसीमको गलत प्रबृतीहरु हुन्छन् मलाई लाग्छ कोही पनि मानिसहरु बिना गल्ती बाँचेको हुँदैन जब चेतनाको बिकास हुँदै जान्छ साथ साथै हामीहरुमा अनेकौ किसीमको गतत सोचबिचार गलत प्रबृतीहरु आफैआफ उत्पन्न हुन थाल्छ यो त हामी मानब जिवनमा सामेल हुने नियमित अनि प्राकृतिक आदत हो भन्दा फरक नपर्ला।
मलाई लाग्छ हामी कोही पनि यो संसारमा १००% सत्य पवित्र अनि निस्वार्थ भावना भएका छैनौं र यो कुनै अच्चम्मीत कुरा होला जस्तो पनि लाग्दैन कारण हामी सबै मानिसहरु यसका प्रमुख पात्रहरु हौं यसमा मलाई लाग्छ कुनै दुईमत छैन।
स्वभावैले हामी सबै मानिसहरुमा आफ्नै किसीमको घमण्ड हुन्छ आफ्नै किसीमको मूर्खता हुन्छ आ-आफ्नै बानी आफ्नै सोचाई बिचार हुन्छ कसैलाई कसैको ब्यबहार सोचबिचार मन पर्दछ कसैलाई मन पर्दैन यो सबैलाई स्वतन्त्रता छ मेरो ब्यबहार सोचाई मेरो बिचार सबैलाई मन पर्नुनै पर्दछ भन्ने कहिले हुन्न अनि अन्यकसैको सोचबिचार ब्यबहार मलाई मन पर्नै पर्छ भन्ने हुँदैन कारण हामी चेतनशील प्राणी हौं त्यसैले हामी सबै आ-आफ्नै चेतनालाई उपयोग गर्दै हाम्रो जिवनको यात्राहरु पुरा गर्न सदैब तल्लीन रहन्छौ चाहे सकारात्मक या त नकारात्मक पक्षबाट।
यसै क्रममा म भित्र समेटीएका केही नकारात्मक भनौं या सकारात्मक प्रबृतीहरु पस्कन लाग्दैछु हजुरहरु को आ-आफ्नै सोचाईमा मूल्याँकन गर्न सक्नु हुन्छ । जब म बाल्य अवस्थाको थिए सायद म ८/९ बर्षको थिए होला मेरो सानै देखी धेरै साथीहरु थिए बचपनमा म धेरै चलाख अनि धेरै छुच्चो स्वभाव को थिए
म कसैले कसैलाई हेपेको कसैले कसैलाई खसालेर कुरा गरेको सहन सक्दीन थिए जो कसैबाट दवीदैछ हेपीदैछ पहिले म त्यसको कारण खोज्दथें अनि जो निर्दोष छ उसको पक्षमा म उनीहरु संग झगडा गर्ने फकाएर घर लियाउने अनि जब घर नजीक आए पछि चुटेर पठाई दिने गर्दथे गाँऊ घर साथी संगी आफ्न्तहरु सबैलाई थाहा थियो म कहिले अन्याय सहन सक्दीन थिए भन्ने चाहे मैले चिनेको ब्यक्ती होस् या अपरीचीत मलाई कुनै सरोकार हुँदैन थियो सिर्फ को साँचों को झुठो त्यो कुरा संग मात्र मलाई सरोकार हुन्थ्यो।
सानै देखी मलाई कहिलै आफ्नो अर्का धनी गरीब जात धर्म सानो ठुलो केहि को प्रवाह हुदैन थियो र अहिले सम्म म मा त्यस्तै सोचाई बानी अनि ब्यबहार लागु हुन्छ !
सबै सँग म समान रुपले हेर्ने ब्यबहार गर्ने गर्दछु म कहिले नाताबाद कृपाबाद अनि पुँजीबाद को पछि दौडीन म सिर्फ हरेक ब्यक्तीको अाचरण अनि ब्यबहार प्रति आकृष्ट हुने गर्दछु। मेरो मानसीकता मा कहिलै पनि पक्षपात गर्ने अरुलाई होच्यीयाएर बोल्ने झुठो कुरालाई समर्थन गर्ने कहिले भएन। म हरेक देश राष्ट्र को सबै मान्छे हरुलाई सिर्फ मानवताको नाताले ब्यबहार गर्दछु मेरो जिवन भरी म संदैब सत्य अनि साँचों निष्पक्ष भएर लागी रहने छु।
हामीहरुमा यो हाम्रो समाज मा आफु भन्दा ठुलो लाई आदर अनि आफु भन्दा सानो लाई माया गर भन्ने चलन छ तर म यसमा सहमत छैन कारण म चाहान्छु हामीले आफुभन्दा सानो बाट आदरको आशा राख्नको साट्टो आफुले पनि हामी भन्दा सानो हरुलाई आदर गरेर शिक्षा दिन सक्नु पर्दछ मलाई लाग्छ हामी ले कसै बाट माया अनि आदर पाउन चहान्छौं भने पहिले आफुले उसलाई आदर गर्न अनि माया गर्न जान्नु पर्दछ !! जब कि हाम्रो ब्यबहार ले ऊ हामी प्रति आकृष्ट होस् तब त्यहाँ आफसेआफ आदर माया जस्तो ब्यबहार उत्पन्न हुन थाल्छ ! हामीले केही पनि कुराको अरुबाट आशा राख्छौं भने के हामीले चाहि अरुलाई त्यस्तो बातबरण को सृजना गराई रहेका छौं त ?? यो पनि सोच्न जरुरत छ जस्तो लाग्छ !
हाम्रो गाँऊ समाजमा यस्तो पनि चलन छ हाकिम ठुला ठुला पद्धबि भएका शिक्षीत धन्नयाढ आदि इत्यादि का ब्यक्तीत्व हरुलाई मान सम्मान सत्कार गर्ने हामी जस्तो सर्बसाधारणहरु ले तर मलाई यो सिद्धान्त मान्य लाग्दैन कारण यो सब स्बार्थपुर्ण भावना अनि अनावश्यक अहम हो जस्तो लाग्दछ कारण यस्तो ब्यक्तीत्व हरुमा धेरै कुराको सोच्ने सम्झने ज्ञानहरु को बिकास भएको हुन्छ उनीहरुले त्यो स्थिति सम्म आई पुग्दा धेरै सैदान्तीक र ब्यबहारीक शिक्षा लिएको हुन्छ त्यस्तो ब्यतीत्वलाई किन हामीले मान सम्मान सत्कार गरीरहने ??बरु हामीले जो अशिक्षित छ जो ब्यक्ती गरीबीको रेखामुनी अनि दबाबमा पिल्सीएर बाँचेको छ जुन ब्यक्तीलाई अरुलाई कसरी आदर सम्मान गर्ने उसलाई थाहा छैन जो हरेक कुराहरु देखी अनभिज्ञय छ बन्चित छ त्यस्तो ब्यक्तीहरु लाई चाहि आदर सम्मान सत्कार गर्न जरुरत छ जस्तो लाग्छ ता कि जब उनीहरुले यस्तो ब्यबहार पाऊदछन् तब ए हामीले पनि अरु हरु संग यस्तो पो गर्नु पर्ने रहेछ भनेर ज्ञान शिक्षा लिन सक्छन् होला जस्तो मलाई लाग्छ।
प्राय जसो हामीहरुमा कुनै पनि चर्चित सुन्दर अनि ख्याति प्राप्त ब्यक्तीत्व हरु सँग भेट्ने कुरा गर्ने फोटो खिच्ने बसेर खानपीन गर्ने ईच्छा हुन्छ तर मलाई कहिले त्यस्तो ब्यक्तीत्व हरु सँग बसेर खानपीन गर्नु कुरा गर्नु फ़ोटो खिच्नु त्यस्तो मनस्थीती आउँदैन कारण हामी उनीहरु संग जती नै आकृष्ट भएता पनि हामीले उनीहरु संग को भेटको दिनलाई सौभाग्य मानेता पनि उनीहरु संग खिचेको फोटो हरु सजाएर राखेता पनि भोलीका दिनमा नत उनीहरुले हामीलाई सम्झने फुर्सद हुन्छ नत हाम्रो कुनै उनीहरु लाई महत्व हुन्छ तसर्थ जो ब्यक्तीलाई हाम्रो केही महत्व हुदैन त्यस्तो ब्यतीत्व हरु संग कुरा गरेर बसेर खाएर समय बर्बाद बनाउन मलाई मन लाग्दैन। जसले आफुलाई राम्ररी चिन्दछ जो संग एकआपसमा राम्रो सम्बन्ध छ जो संग एकआपसमा आत्मीयता छ एकआपसमा महत्व हुन्छ त्यस्तो ब्यक्तीत्व हरु संग मात्र मलाई रमाईलो गर्न भेटघाट गर्न मन पर्छ।
हामीहरु मा रगतको नाता लाई आफ्नो मान्ने प्रचलन छ तर मेरो लागी यो सहि लाग्दैन ! को आफ्नो को अर्का यो सबै हामी मान्छेहरु ले बनाएको नाता हो आफ्नो हुनलाई रगतको नाता चाहिन्दैन सबै हामी बिचको माया ममता बिश्बास सोच बिचार अनि ब्यबहार मा भर पर्दछ !हामीहरु बिच धेरै नै छौं होला जस्तो लाग्छ स्वयं आफ्नै घर परीवारमा पनि सोच बिचार नमीलेर दिनरात शत्रु झै पराया झै दिनरात झैं झगडा भै रहेको छ ! रगतको नाता ले हुने भए पक्कै पनि घर परीबार अनि आफन्तहरुलाई मनमुटाव हुने झैझगडा गर्ने अमानवीय घटना घट्टने अवश्य हुने थिएन जस्तो लाग्छ।
प्रबासमा बसोबास गर्यौं भन्दैमा आफ्नो भाषा संस्कृती परम्परा लाई चटक्कै भुलेर छोरा छोरीहरु लाई समेत बिदेशी रवाफ मा परीबर्तन गराउन खोज्नु अनि आफुले आफैलाई सभ्यता को संज्ञा दिनु मलाई लज्जास्पद लाग्छ !कारण हामीले देखाबटी हैन ब्यबहारीक रुपमा सभ्यताको पाठ सिक्न सिकाउन जरुरी भए जस्तो लाग्छ ! सभ्यता भन्ने कुरा कहिलै अर्काको सिको गर्न नक्कल गर्न खोजेर हुने हैन ब्यबहार मा उतारेर प्रमाणित गर्न सक्नु पर्दछ जस्तो लाग्दछ।
संसारको जुनै देशमा हामी बसेका भए पनि हामीले हाम्रो सन्तति हरुलाई घरमा आफ्नो नेपाली भाषा प्रति झुकाव गराउन पर्छ जस्तो लाग्छ तर हामीहरु मा गलत प्रबृती छ जुन देशमा बसेका छौं त्यही भाषा हामीले नानीहरु लाई घरमा बोल्न सहयोग अनि प्रोत्साहन गर्दछौं मलाई चाहि यस्तो गर्नु साह्रै मुर्खता लाग्छ कारण हामी जुन देशमा छौं त्यो देशको भाषा त हाम्रो बच्चाहरुले स्कुलमा हर समय पढी रहेका सिकी रहेका हुन्छन् हैन र ? आफ्नो मातृभाषा घरमा बोल्दैमा के बच्चाहरु लाई भबिस्य मा केही असर पर्छ र ! मेरो बिचारमा घरमा मातृभाषा बोल्दैमा नानीहरु लाई केही असर पर्दैन।
मान्छे हरुमा अरुलाई जे भन्न पनि पछि नहट्ने तर आफुलाई कसैले एक शब्द भने सहन नसक्ने बानी हुन्छ तर त्यस्तो ब्यक्ती मेरो नजरमा मुर्ख हो। कारण मुर्ख बुद्धिमान अनि सहनशील कहिलै हुनसक्दैन !
जो ब्यक्ती लाई बिना कारण नै सानो सानो कुरामा बढी रिस उठ्छ आफ्नो रिस कन्ट्रोल गर्न सक्दैन त्यस्तो ब्यक्ती मेरो बुझाईमा महा पटमुर्ख हो ,कारण जसको बुद्धी भ्रष्ट छ उसलाई बिना कारण रिस उठ्छ अनि आफ्नो रिस कन्ट्रोल गर्न सक्दैन बुद्धिमानी मान्छेलाई कहिलै सानो तिनो कुरामा रिस उठ्दैन।
हामीहरु मा कसैको सुन्दरता कसैको ब्यक्तीत्व को बढी प्रशंसा गर्ने आदत छ तर मलाई जसको पनि सीमित प्रशंसा गर्ने आदत मन पर्दछ जसले बढी कसैको प्रशंसा गर्दछ उसमा अवश्य केहीन केही स्वार्थ लुकेको हुन्छ ! हरेक कुराको सहि मुल्याँकन गरी सीमित प्रशंसा गर्नु उचीत लाग्छ।
हामीहरुमा यति सम्म सोच्ने शक्ति हुदैन आफुलाई त्यही ब्यबहार त्यही समस्या त्यही गाली बचन सहन कति गाह्रो हुन्छ तर अरुलाई त्यही बर्षाई रहन्छौं प्रफुलीत बनेर बेवस्था गरी कुष्ठीत भावनालाई चंगा बनाएर त्यस्तो मानब बिचार देख्दा मलाई माया लागेर आँउछ कारण उ स्वयं आफुमा नै कति दयनीय छ आफै देखी आफै अनभिज्ञ छ तसर्थ मलाई दुख्दा अरुलाई पनि त दुख्छ नि भन्ने मनस्थीती नै उसले गुमाई सकेको छ तर कठैबरा उसलाई सुस्तमनस्थिती को या अर्धपागल को संज्ञा दिंदा रिसाउछ हजुरहरु कल्पना गर्नुहोस् के संज्ञा दिंदा उचीत होला ?
म कहिले रुप रंग सुन्दरता संम्पती बैश लाई प्राथमिकता दिन्न ,रुप रंग सुन्दरता संम्पती अनि बैश संग को प्रेममा बिकृती अनि बिभेद आँउछ यसले मान्छे को जिवनमा कहिले खुसी र सन्तुष्टी मिल्दैन कारण यसमा अजिब भएर एक ख़तरनाक स्वार्थ लुकेको हुन्छ ! स्वार्थ मा कहिलै पनि खुसी र सन्तुष्टी को भाब समेटीएको हुँदैन सिर्फ क्षणीक देखाबटी बनावटी बिकारक निस्प्प्रेम सम्बन्ध लुकेको छिपेको हुन्छ
अदृष्य बनी हृदय भित्र एक कठोर अजिब तत्व बनी।