ओठ ओठ मुस्कान छावोस् घर घर हर्श
नेपालमा संबिधान आवोस् यहि नयाँ बर्ष
भन्ने देउडा गीत गाएर शुरु गरिएको सुदूरपश्चिम सेवा समाज यू.ए.ई.को नयाँ बर्ष २०७२ को शुभकामना आदान प्रदान तथा बनभोज सँगै देउडा खेल कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
सो कार्यक्रम १७ अप्रिल २०१५ शुक्रबार दिन जाबेल पार्कमा संस्थाका अध्यक्ष शिवराज जैशीको सभापतित्वमा अघाडि बढेको थियो, भने कार्यक्रममा नेपाली समाज यू.ए.ई.का पूर्व अध्यक्ष तथा अमर बम बचाउ अभियानका संयोजक कृष्ण ढकाल प्रमुख अतिथी हुन हुन्थ्यो । उक्त कार्यक्रमको संचालन देउडा गायक तथा संस्थाका महासचिब मान बहादुर के.शी. ‘मुस्कान’ ले गर्नु भएको थियो ।
देउडा गीत गाएर शुरुवात गरिएको कार्यक्रममा बोल्दै ‘मुस्कान’ले सुदूरपश्चिममा मनाउने बिसु त्यार, देउडा र सुदूरपश्चिम सेवा समाज यू.ए.ई.ले आज सम्म गरेका कृयाकलापको बारेमा छर्लङ जानकारी दिनु भएको थियो, ‘मुस्कान’ले बिच बिचमा देउडा गीत सुनाएर मनोरन्जन गर्दै उपस्थित सबैको ध्यान आकर्षित पनि गराउनु भएको थियो ।
संस्थाका सल्लाहकार लक्षमण अधिकारीद्वारा उपस्थित अतिथि तथा सहभागीहरुलाई आफ्नो मौलिक भाषामा छोटो मिठो स्वागत मन्तब्य दिदै सुदूरपश्चिममा मनाउने बिसु त्यार, देउडा खेलको बारेमा प्रस्ट पार्दै नयाँ वर्ष २०७२ सुखमय रहोस भन्ने भावना प्रकट गर्नु भएको थियो ।
त्यसै गरि सो कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली समाज यू.ए.ई.का पूर्व अध्यक्ष तथा अमर बम बचाउ अभियानका संयोजक कृष्ण ढकालले रोजगारिको शिलशिलामा यू.ए.ई.मा कार्यरत सुदूरपश्चिम बाशीहरुले एकजुट भई समस्या परेका नेपालीहरुको भलाई र गरीब असहायलाई सक्दो सहयोग गर्ने हेतुले चालेका कदमले सदा सफलताको शिखर चुमोस् भन्ने भावना ब्यक्त गर्नुका साथै यू.ए.ई.का सबै नेपाली संघ संस्थाहरु एकजुट भएर काम गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
साथै ढकालले यू.ए.ई.मा कलम चलाऊदै आउनु भएका पत्रकारहरुले पनि निडर भएर निरन्तर सत्य कुराहरुमा आफ्नो कलम चलाई रहनु आग्रह गर्दै बिना गल्ति फाँशीको सजा पाएका अमर बमलाई बचाउनु सबै लाग्नु पर्ने बताउनु भएको थियो ।
पहिलो पटक नेपाल भन्दा बाहिरका देशमा भएको देउडा खेलमा देउडा गायक मान बहादुर के.शी. ‘मुस्कान’ र देउडा लेखक लक्षमण अधिकारी बिच लगभग ४ घण्टा चलेको घमाशान दोहोरीले जाबेल पार्कमा उपस्थित नेपाली मात्रै नभएर अरु देशका ब्यक्तिहरुको पनि मन जित्नुका साथै भरपुर मनोरन्जन पनि गराएका थिए, सो देउडा खेलमा सुदूरपश्चिम बाशी सँगै उपस्थित सम्पूर्ण नेपालीले पैतल मिलाउदै रमाईलो गर्दै खुशी भएर झुमेका थिए ।
समाज सेवी, बुद्दिजिबी, पत्रकारहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा लुम्बिनी सेवा समाजका अध्यक्ष डि.एल. शर्मा ले पनि आफ्नो स्वागत मन्तब्य राखेका थिए ।
अन्तिममा ३ महिनामा नै संस्थाले सम्पूर्ण सु.प. बाशी र नेपालीहरुको विश्वास जित्न सफल भएको उल्लेख गर्दै आउँदा दिनमा पनि यहाँका सबै संघ सस्था र समाज सेवी, बुद्दिजिबी, पत्रकारहरुको साथ पाई रहने आशा राख्दै उपस्थित सम्पूर्णलाई बिसु त्यारको शुभकामना दिदै कार्यक्रम सफल पार्नु संस्थाका पदाधिकारी र जो जसले सहयोग गर्नु भयो साथै आफ्नो समय निकालेर कार्यक्रमको गरिमा बढाउनु उपस्थित सम्पूर्ण पर्ती आभार प्रकट गर्दै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष शिवराज जैशीले कार्यक्रम सम्पन्न भएको घोषणा गर्दै पुनह देउडा खेलको शुरुवात गराउनु भएको थियो ।