८४ वर्षमा कीर्तिमान राख्दै सगरमाथा चढ्ने मिनबहादुरलाई एनआरएन युकेले सहयोग गर्ने


लन्डन / ८४ बर्षको उमेर मा सगरमाथा आरोहण गर्ने मिन बहादुर शेरचनलाई गैरआवासीय नेपाली संघ युकेले सहयोग गर्ने भएको छ ।

आइतवार फानब्रोस्थित गोर्खा प्यालेस रेष्टुरेष्टमा जेष्ठ नागरिक मीन बहादुर शेरचन सगरमाथा आरोहण २०१५ को-अर्डिनेटर ज्ञान शेरचनको संयोजकत्वमा बैठकले उक्त निर्णय गरेको हो । बैठकमा विभिन्न विषयमा यस कार्यलाई पूर्णता दिलाउन शीघ्र रकम सञ्चालन अभियान अगाडि बढाउने निर्णय गरेको छ ।

आरोहण आउदो शुक्रबारबाट पूर्व गोर्खाज मीनबहादुर शेरचन ८४ वर्षको उमेरमा आउँदो शुक्रबार २४ अपि्रलका दिन सगरमाथा आरोहरण सुरु गर्ने भएका छन् । शेरचनले गैरआवासीय नेपाली संघ बेलायतलाई एक महिना अगािड आफ्नो आरोहणको सम्पूर्ण व्यवस्था मिलाइदिन र आरोहरणमा लाग्ने रकम उपलब्ध गराउन निवेदन गरेका थिए ।

यसअघि गुरुङले ७८ वर्षको उमेरमा सगरमाथा आरोहण गरिसकेका छन् ।
नेपालको शिर उचो राख्न र गिनिज बुकको विश्व रेकर्डमा जेष्ठ नागरिक सगरमाथा आरोहण दर्ता नेपाली नागरिकबाट गराउन पाउनु नेपाल, नेपाली र गैरआवासीय नेपालीको शौभाग्य एवं प्रतिष्ठाको विषय हो ।

यो कार्य हामीहरुको लागि राष्ट्रीय इज्जत र प्रतिष्ठाको विषय भएको हुदा गैर आवासीय नेपाली संघले विगतको कार्यसमितिको बैठकमा ज्ञान शेरचनको संयोजकत्व चौकी जेष्ठ नागरिक मीनबहादुर शेरचनलाई नेपालमा सहयोग गर्न एक बीसेस समिति पनि खटाइएको छ । उक्त समितिको पहलबाट सगरमाथा आरोहणको स्वीकृती नेपाल सरकारबाट प्राप्त गरेको छ ।

हिमालय ट्रेकिङ प्रालिले ८० लाख रुपैयामा निजको भ्रमणको सम्पूर्ण जिम्मा लिई तयारी समेत गरी सम्पूर्ण आरोहण प्रक्रियामा अवस्थामा पुगेको छ ।

गैर आवासीय नेपाली संघ बेलायतले यो आरोहण सफल बनाउनु अन्तराष्ट्रमा रहने विदेशी नागरिक एवं संघ संस्थामा पनि हार्दिक आव्हान गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारबाट कानुनी प्रक्रियाबाट सगरमाथा आरोहण गर्न स्वीकृती भई हिमालयन ट्राभल एण्ड ट्रेक प्रा.लि.बाट सगरमाथा चढाउन प्रबन्ध मिलाउन ग्यारेण्टी र कन्फरमेशनलाई स्वागत गर्दै निजको आरोहण अभियान सफल बनाउन सानो तिनो रकम सहयोग गर्न यहाास्थित सम्पूर्ण गोर्खाजका संघ संगठनहरु, उद्योगी, ब्यापारी, ब्यवसायी, वौद्धिक ब्यक्तित्व, पत्रकार, डाक्टर, इन्जिनियर, नर्स, अधिवक्ता, एकाउण्टेण्टलगायत सम्पूर्णमा आव्हान गर्ने निर्णय गरिएको छ ।

बैठकले मीन बहादुर शेरचनले आधिकारिक रुपमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गर्र्ने निर्णय गरेको छ । शेरचनले सगरमाथा आरोहण सुरु गर्दा नेपाल, गैर आवासीय नेपाली संघको झण्डा बोकी सगरमाथाको चुचुरोमा फहराउने निर्णय लिइएको छ ।

हिमालय ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहण अभियानलाई प्रबन्ध गर्न करिब ८० लाख नेपाली रुपैयाा लागत लाग्ने कन्फरमेशन प्राप्त भई संयोजक ज्ञान शेरचनको ग्यारेण्टीमा १७ लाख अगि्रम पेमेण्ट भुक्तानी भइसकेको छ र गैरआवासीय नेपाली संघ बेलायतले विगत १५ फेब्रोवरी २०१५ का दिन ७३० (सात सय तीस) पाउण्ड संकल गरी निजलाई हस्तान्तरण समेत गरि सकिएको छ ।

यस ज्येष्ठ नागरिक सगरमागा आरोहण अभियान नेपाल राज्य र नेपाली नागरिककको समेत प्रतिष्ठाको विषय भएकोले नेपाल सरकार, नेपाली नागरिक, उधोगी, ब्यवसायी, राजनैतिक संघ संस्थालाई यथाशक्दो जति सक्दो रकम सहयोग गर्न आव्हान गरेको छ ।

बैठकमा गैर आवासीय नेपाली संघ बेलायतका संरक्षक पूर्व अध्यक्ष डम्बर घले र सुर्य गुरुङ, महासचिव राजकुमार त्रिपाठी, संयोजक ज्ञान शेरचन, मिलन तमु, पूर्ण गुरुङ, होम सुनुवार, इन्द्र गुरुङ, रेशम शेरचन, अर्जुन तिलिजा, गुप्तमान शेरचन, तेज पुनमगर, कल्पना गौचन, हरि बुढामगरको उपस्थिती थियो ।