राजाराम पौडेल/ पोखरा
वेलायत बस्दै आएकी समाजसेवी सोपाल तमु समाज यूके की स्थापक उपाध्यक्ष पार्वती गुरुङले सहारा एकेडेमीको अक्षयकोष स्थापनाको लागि सहयोग गरेकी छन । सहारा एकेडेमी पोखरा — १७, दोबिल्लामा अवलोकन गर्दै गुरुङले क्लवका अध्यक्ष विरभद्र आचार्यलाई ३० हजार नगद हस्तान्तरण गरेकी सहारा क्लवले जनाएको छ ।
साथै गुरुङ सहितको टोलीले भने १० हजार रुपैया समेत आर्थिक सहयोग गरेको छ । वेलायतबाट आएका टेक बहादुर गुरुङ, हङकङबाट आएका पुर्व भलिवल खेलाडी याम गुरुङ सहितको टोलीले सहारा एकेडेमीको अवलोकन गरेका हुन । एकेडेमीमा हाल १२ जिल्लाका २१ जना वालकहरु रहेका छन । थप ९ जना राखिने भएको क्लवका अध्यक्ष आचार्यले बताए ।