– वसन्त रानाभाट
बार्सिलोना/
फ्रान्स स्थित नेपाली राजदुताबासले राहदानी तथा कन्सुलर सेबा छिटो ,सहज र सरल रुपमा प्रदान गर्ने भन्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
राजदुताबासले हेर्ने फ्रान्स, स्पेन, पोर्चुगल ग्रिस र मोनाकोमा बस्ने नेपालीहरुका समस्या र समाधानका उपायहरु पहिल्याउने भन्दै अन्तरक्रिया आयोजना गरेको हो।
कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदुत अम्बिका देबी लुईटेलले एनआरएनए र संघ सस्थाहरुसँग सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गरिन्। दुताबासबाट जारि बिज्ञप्तिका अनुसार राजदुत लुईटेलले नेपालमा बैदेशिक लगानी मैत्री बाताबरण बन्दै गएकाले प्रत्यक्ष बैदेशिक लगानी आकर्षण गर्न राजदुताबासबाट गरिने प्रयास बारे जनाकारी गराएकी थिईन्।
अन्तरक्रियामा सहभागी प्रतिनिधिहरुले नयाँ राहदानी पाप्त गर्न लामो समय सम्म कुर्नुपर्ने, राजदुताबासमा फोनबाट सम्पर्क गर्न कठिनाई हुने तथा स्पेन र पोर्चुगलमा बस्ने नेपालीहरुको परिबार मिलन प्रकियामा,भिसा प्राप्त गर्न भोग्नु पर्ने कठिनाई बारे राजदुतलाई अबगत गराएका थिए।
कार्यक्रममा स्पेनको तर्फबाट एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरी ,नेपाली जनसम्पर्क समितीको तर्फबाट पुर्ब सह-महामन्त्री पेशल कोईराला, प्रवासी नेपाली मंचका अध्यक्ष दिनेश गुरुङ, जनप्रगतिशिल मंचका महासचिव,गंगा प्रसाद भुषाल र तमु समाज स्पेनको तर्फबाट अध्यक्ष ज्योती गुरुङले सहभागिता जनाएका थिए।
फ्रान्सको लागि नेपाली महामहिम राजदूत अम्बिका देबी लुइँटेल पेरिस आए पछि, दुताबासले हेर्ने मुलुकका प्रतिनिधिहरुसँग पहिलो पटक संयुक्त रुपमा अन्तरक्रिया तथा छलफल भएको हो।
दुताबासले स्पेनमा घुम्ती टोली पठाउने
पेरिस दुताबासले स्पेनमा रहेका नेपालीहरुको एमआरपी पासपोर्ट बनाउन लगायत अन्य कागजातका कामहरुमा सहज बनाउनको लागि घुम्ती टोली पठाउने भएको छ।राजदुत सँगको भेटपछि एनआरएन अध्यक्ष एकराज गिरीले टोली आउने बारे जानकारी दिएका हुन्।
गिरीले भने,” राजदुतले जति सक्दो छिटो पठाउछु भन्नु भएको छ टोली आउछ। साथै संघले गर्ने नेपाल प्रबद्दन साँझमा पनि दुताबासको सहकार्य हुने हुदा राजदुतले खुशी ब्यक्त गर्नु भयो।” केहि दिनमा नै कार्यक्रमको मिति बारे टुंगो लाग्ने पनि गिरीले जानकारी दिए।






