– रोजी लाबुङ (राई )
यो संसार विचित्र को छ ,यो विचित्र को संसारमा हामी बिभिन्न आचरणका मान्छेहरु बसेको छौं। आ-आफ्नो रितीरिवाज धर्मकर्महरुमा समर्पित भएर ! संसार जसरी विचित्रको छ त्यसैमा लाखौं प्रकारको जिवजन्तहरु पनि सामेल छन् यसै विचित्रतामा अभिनय गर्न सक्रिय कलाकार स्वरुप।
बास्तवमा भन्नु पर्दा यो संसारमा राज गर्ने, अधिन गर्ने ,यो संसारलाई स्वर्गको टुक्क्रा झै बनाउने यो संसारलाई नरक झै बनाउन सिर्फ हामी मानब रुपी दानब नै सक्रिय छौं भन्दा अनुचित नहोला। कुनै पनि पशुपक्षीहरुले अवश्य पनि संसारलाई कुनै पनि अवस्थामा राम्रो या नराम्रो पक्षमा धकेल्न सक्दैन यो हामी सबै लाई थाहा भएकै कुरा हो। कारण यो पृथ्वीमा हामी मान्छे जस्तो चेतनशील प्राणी अरु कोही छैन ,यही चेतनाको कारणले गर्दा नै हामी मानब हरेक कुरामा अगाडी छौं सहि मार्गमा या गलत मार्गमा।
अफसोच दिन प्रति दिन यति राम्रो सुन्दर शान्त पृथ्वीमा हामी जस्तै मानवरुपी दानबहरुले कंलकको बिजन रोपी सकेका छौं। छरी सकेका छौं हरेक दिन हरेक क्षण क्षणमा यो कलंकित बिशाक्त बिजनहरु हुर्कीदै बढदै प्रफुष्टीत भै रहेका छन्। संसारका हरेक कुना कुनामा एक घातक सिद्ध बनी हरेक क्षण हरेक पल हुर्कीदै बढ्दै छन्। हत्या हिम्सा लड़ाई झगडा बलत्कार ढाँटी छली चोरी डकैती यस्तै यस्तै अमानवीय ब्यवहार बिकसित भैरहेको छ, हामी सभ्य शिक्षीत चेतनशीलप्राणी बाट।
हामी मानब जाती आफैमा कति आनन्दीत अनि खुसी छौं एक मात्र पृथ्वीको चेतनशील प्राणी भएकोमा तर कत्ति पनि हामी पुछुताएका छैनौं। सम्पुर्ण सृष्टिलाई नै फेरबदल गरी यती बिग्धन संकट अनि असुरक्षित दिशामा धकेली रहँदा सम्म। आज भन्दै भोली भन्दै दिनहु यति सुन्दर पृथ्वी बिलय हुदैछ ध्वस्त हुदैछ। पृंथ्वीको नाम निशान मेटीदैछ।
सबै सभ्य शिक्षीत मानबलाई आ-आफ्नो आविष्कार प्रति होडबाजी छ कस्को आबिष्कारले यो संसार लाई चकित बनाउछ ? कस्को अणु प्रमाणुलेले पृथ्वी लाई चाडै ध्वंस्त गर्दछ यस्तै मात्र होडबाजी चलीरहेको छ ।
हामी चेतनाले भरपुर भएका सभ्य मानवरुपी दानबहरुमा ,हामी कति सम्म महान छौं सृष्टिको अदभुत चेतनशील प्राणी अनि हामी कति सम्म गिरेका छौं हामी नै हौ सभ्य अनि शिक्षीत प्राणी यो संसार अनि समाजका ,हामी मानब आफैले आफैलाई सबै भन्दा निच अनि पतीत बनाएर अस्मिता चुकाई रहेका छौं लुटाई रहेका छौं।
न कसैलाई कसैको मत्लव छ न कसैले कसैलाई आदरसम्मान गर्ने माहोल छ, हत्या हिंसा समाजका चोकचोकमा बलात्कार प्रत्येक गाँऊ गाँऊमा चोरी डकैती शहरहरुमामा गुन्डा गर्दी नत कसैको सुरक्षा छ नत कसैको बिश्बास छ। हामी मानब यति सम्म घमण्डी अनि पटमुर्ख छौं आफुमा भएको मुर्खता घमण्ड नै मानब जातीको लागी बिनाशको सुरुवात हो। रिस घमण्डले स्वयंमलाई हानी कारक हो। त्यो पनि स्वयं आफैलाई थाहा हुन्न हामी चेतनाले भरीपुर्ण भएको मानब रुपी जन्तु लाई आफैले आफैलाई मनुष्यको संज्ञा दिन लाज पनि लाग्नु पर्ने हो जस्तो लाग्छ रिस खा आफु बुद्धी खा अर्कों भन्ने उक्ती थाहा हुँदाहुदै पनि मानिस आफ्नै रिसले आफैलाई खाई रहेको हुन्छ ।
कस्तो हाँसो नै लाग्ने कति सम्म भ्रष्टहीन सोचाई होला हामी मान्छे को ? अरुको लागी त सोच्न परै जाओस आफ्नो लागी समेत हामी सोच्न कायर छौं यस्तो मानबआकृती लाई कसरी चेतनशील शिक्षीत सभ्यको उपनाम दिनु होला हामी आफैमा लज्जित छ यो उपनाम।
अफसोच यो छ हामी सबै पशु नभएर चेतनशील प्राणीहरु हौं किन ?हामीमा दिनप्रती चेतना लोप भैरहेको छ ? किन हामी मानबतामा दानबताको मानसिकता बढदै गई रहेको छ ? हामी के चेतनशील प्राणी नै हौं त ? के हामी मान्छे नै हौं कि पशु ? हामीमा लाज घिन पश्चताप छ कि छैन ? हामीले कहिलै आफ्नो गल्ती लाई महसूस गर्ने गरेको छौं ? कहिलै हामीमा यो प्रश्नको उत्पती भएको छ होला ? हामी सबै मानबहरु प्रती यो प्रश्न ! बास्तवमा भन्नु पर्दा मलाई लाग्छ यो पृथ्वी अनि हामी जस्तो चेतनशील मानवको उत्पती गर्ने भगवानलाई पनि पश्चात नहोला भन्ने छैन स्यंम हामी मानब रुपी दानबलाई पनि पश्चताप हुनु पर्ने हो अनि लाज हुनु पर्ने हो। अरुको सानो सानो गल्ती औंलाउने बानी छ हामी मा तर आफुले गरेको ठुलो गल्ती समेत ढाकछोप गर्ने बानी छ। हामी सभ्य भनौंदा मानब आचरणमा ,अरुलाई सजायको भागीदार बनाउने समाजिक प्राणी तर आफै बाहिरीन चहान्छौं आफुले गरेको गल्ती बाट जोगीन ,अफसोच ! हामी मानब जातीमा सबै लाज शरम, धर्म कर्म सबै लोप भै सकेको छ।
यो मानबनिर्मीत समाज यति धेरै निष्प्रेमी बन्दैछ यो चेतनशील मानवता यति धेरै कठोर अनि अनैतिकता मा फष्टाउदैछ ,यो शिक्षीत सभ्य मानब यति धेरै कलंकित अनि असभ्यतता र असत्यतामा प्रफुष्टीत भई मौलाई रहेको छ यो साबित गर्नलाई हामी मानव रुपी दानबको आवश्यकता छैन मलाई लाग्छ निर्दोष पशुपक्षीहरुलाई पनि स्पस्टता छ हामी मनुष्य हरुको ब्यबहारहरु अनि क्रियाकलापहरु बाट।
तपाई हामी आफैले आफैलाई सोचौं मनन गरौं हामी कति सम्म कठोर निष्प्रेम कलंकित अनि सर्वनाशी छौं यो पृथ्वी संसार अनि समाजको लागी हामी एक मात्र मानव चेतनशील प्राणी शिक्षीत सभ्य मनुष्य भएको नाताले पनि मलाई लाग्छ हामी सबै मानबहरु ले आफ्नो कर्तव्य आफ्नो दायित्व आफ्नो नैतिकता आफ्नो ज़िम्मेबारी निभाउन जरुरी छ। एक समाजिक प्राणी भएको नाताले एक आपसमा निस्वार्थ निश्कलंकप्रेम गर्न एक आपसमा आदर सम्मान गर्न ईज्जत गर्न सहयोगी बन्न नैतिकवान बन्न समाजसेवी बन्न धेरै महत्व बोध भए झै लाग्छ।
हामी सबैको आ-आफ्नो सोचाई बिचार हुन्छ ,हामी सबै आ-आफ्नो बुद्धि बिवेकले चल्ने गर्दछौं हजुरहरुलाई अन्यार्थ लागे क्षमा चहान्छु सिर्फ हामी मानबहरु प्रतिको ब्यबहारलाई मेरो सोचाई अनुरूप सारांशमा प्रष्टाउने जमर्को गरेको मात्र।