बरिष्ठ संगीतकार अम्बर गुरुङ अस्पतालबाट डिस्चार्ज


काठमाण्डौँ/ फागुन ७ गते बिहिवार घरमा अचानक लडेर अचेत भएपछि उपचारका लागी धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका बरिष्ठ संगीतकार अम्बर गुरुङ २७ दिनको अस्पताल बसाई र उपचारपछि सोमबार घर फर्किएका छन् ।

केही बर्षयता पार्किन्सन्स र मधुमेह बाट पीडित गुरुङ अचानक अचेत भएर लड्नु भएपछि उहाँको टाउको र हातमा चोट लागेको थियो ।

उनको उपचारमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे, बरिष्ठ न्यूरो फिजिसियन डाक्टर राजु पौडेल र बरिष्ठ न्यूरो सर्जन डाक्टर अमित थापा, स्पिच थेरापिष्ट धर्म डंगोल, फिजियो थेरापिष्ट राजेश श्रेष्ठ लगायतको टोली संलग्न रहेको थियो ।

७८ बर्षिय गुरुङ राष्ट्र गानका संगीतकार समेत हुन् ।