नारी दिवसमा डेनमार्कमा क्रिएटिभ नेपलीज वुमनको कार्यक्रम


– प्रकाश ढकाल

कोपनहेगन /डेनमार्कमा बसोबास गर्ने नेपाली महिलाहरुको संस्था ‘क्रिएटिभ नेपलीज वुमन’ले नारी दिवसको उपलक्ष्यमा विविध कार्यक्रम सम्पन्न गरेको छ । महिला दिदिबहिनीहरुले विविध सांस्कृतिक कार्यक्रम तथा कविता वाचन सहितको कार्यक्रममा डेनमार्कमा रहेका दिदीबहिनीहरुको उल्लेख्य उपस्थित रहेको थियो ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष अन्जु पराजुलीले बताइन । कार्यक्रम नेपाली खानाका परिकार सहितको सांस्कृतिक एवं मनोरन्जनात्मक रहेको संस्थाकी महासचिव इन्दिरा तिवारीले बताइन ।

कार्यक्रममा डेनमार्कमा बस्ने स-साना भाइ बहिनीहरुले राष्ट्रिय गित, कविता तथा तथा नृत्य प्रश्तुत गरी शुरुवात गरिएको थियो भने कार्यक्रममा अनुजा गौतमले नारी सम्बन्धी कविता वाचन गरेकी थिइन । उक्त कविताको सबैले प्रशंशा गरेका थिए । कार्यक्रममा डेनमार्कका लागि राजदुत मुक्तिनाथ भट्टको समेत उपस्थित रहेको थियो ।unnamed-2

कार्यक्रममा राजदुत भट्टले नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महिला दिदी बहिनीहरुले आफनो क्षमता बढाउनु पर्ने कुरा व्यक्त गर्दै डेनमार्कमा रहने दिदीबहिनी हरुले आफनो क्षमता बढाउंदै लागेकोले आफुंलाई खुशी लागेको बताए ।

यसैगरी एन आर एन डेनमार्कका अध्यक्ष दिपक सापकोटाले डेनमार्कमा रहने दिदीबहिनी हरु सृजनशील बन्दै गएको र क्रिएटिभ वुमनले गर्ने सबै कार्यक्रममा एन आर एनले सहकार्य र सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहाकार्य गर्ने कुरा व्यक्त गरे । कार्यक्रममा एन आर एन आइ सी सी सदस्य सुर्य प्रकाश खनाल,एन आर एन महिला संयोजक शुशिला हमाल, जनसम्पर्क समिति डेनमार्कका महामन्त्री बुद्धि प्रसाद सापकोटा, एन डी एफका अध्यक्ष कृष्ण प्रसाद पौडेल, नेपाली जनप्रगतिशील मंचका प्रतिनिधी प्रेम चन्द्र भण्डारी, अभियान नेपाल डेनमार्कका कमल राज शर्मा, इन्सास डेनमार्कका अध्यक्ष सन्त कुमार मगर, महिलाहरुको तर्फबाट देवी गौतम लगायतका अतिथी तथा सहभागीहरुले महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महिला दिदीबहिनी हरुले देश विदेश जहाँ रहे पनि आफनो क्षमता वृद्धि गर्दै लैजाने हो भने पुरुष सरह नै बन्न सक्ने कुरा व्यक्त गरेका थिए ।unnamed-3

यस संस्थाले विगतमा पनि यस्तै कार्यक्रमहरु आयोजना गर्दै आइरहेको थियो र गएको वर्ष पनि यस्तै कार्यक्रम आयोजना गरेको थियो भने केहि समय पहिला फुड फेस्टिभल आयोजना गरि जम्मा भएको रकमले नेपालको बृद्ध बृद्धाश्रममा केहि आर्थिक सहयोग समेत गरेको थियो । कार्यक्रममा उपस्थित भएर सफल पार्न सहयोग गर्नुहुने सबैलाई संस्थाले हार्दिक आभार समेत प्रकट गरेको छ ।