– सागर राज तिमिल्सिना
पोखरा/पोखरामा ¥यालको नमुना परीक्षणका क्रममा दुई जनामा स्वाइफ्लु भेटिएको छ । क्षेत्रीय प्रयोगशालामा पोखरामा ¥याल र सिगान परीक्षणका क्रममा पोखराका दुई जनामा स्वाइन फ्लु भेटिएको हो । पोखरा घर भएका २१ वर्षका युवा र ११ वर्षका बालकमा स्वाइफ्लु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्की प्रमुख बालकृष्ण भुषालले जानकारी दिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बिरामी उपचारका लागी आएका दुवैको रगत परीक्षण गर्दा एक जनाको रगतमा पोजेटीभ देखिए पछि थप परीक्षणका लागी दुबै जनाको रगत काठमाडौ पठाइको भुषालले बताए । स्वाइनफ्लु भेटिएका दुवै जना पोखराकै बासिन्दा हुन् । उनिको रगत केहि दिन पहिले परिक्षण गरिएको थियो । उनिहरुलाई घर मै बस्न र बाहिर ननिस्कन भनेको बताउदै भुषालले कलेज र विद्यालय नजान समेत भनेको बताए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका सुपरिटेन्डेन डाक्टर श्रीकृष्ण श्रेष्ठका अनुसार ज्वरो आए पछि उपचार गर्न आएका दुबै जनाको खकारमा स्वाइन फ्लुको लक्ष्ण पोजेटिभ भेटिएको थियो । उनले स्वाइन फ्लुका विरामीको उपचारका लागी अस्पतालमा छुटै आइसोलेसन वार्डको व्यवस्थ गर्न लागेको बताए । उनले पश्चिमाञ्चल क्षेत्रिय प्रयोगशालमा स्वाइन फ्लुको परिक्षण गर्न छुटै कक्ष राखिएको बताए । उनले रुघा खोकी र ज्वरो आएका विरामीलाई शंका लाग्ने विर्ति कै ¥याल र सिगान परिक्षणका लागी पठाउने गरेको बताए ।
पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका बालरोग विषेशज्ञ डाक्टर यज्ञराज सिग्देलले सोमबार तीन जनालाई शंका लागेर परिक्षणका लागी पठाएको १ जना विरामीमा फ्लु ए भेटिएको बताए । उनको थप परिक्षणका लागी काठमाडौ पठाएको सिग्देलले बताए । सिग्देलले कडा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या आउने वित्तिकै चिकित्सकलाई देखाउन सुझाव दिए । गत वर्ष स्वाइन फ्लुबाट एक सहसचिवसहित तीनजनाको ज्यान गएको थियो । भारतमा दुई महिनायता यो रोगबाट झन्डै आठ सयको ज्यान गइसकेको छ। पछिल्लो साता मात्रै ११ हजारमा यस्तो भाइरल प्रमाणित भएको थियो।
के हो स्वाइन फ्लु र कसरी बाच्न सकिन्छ?
सन् २००९ मा मेक्सिकोमा पहिलोपटक देखापरेको स्वाइन फ्लु संक्रमण संसारमा तीव्र रूपमा फैलिन थालेको छ । विकसित मुलुकमा स्वाइन फ्लुको संक्रमण रोक्न खोपको व्यवस्था भए पनि नेपालमा खोप सेवा सुरु भएको छैन ।
रुघा खोकी जस्तै स्वाइन फ्लुको संक्रमण सम्बन्धित बिरामीले खोक्दा, हाच्छिउँ गर्दा र बोल्दा मुखबाट निस्कने पानीका ससाना कण लगायतको माध्यमबाट अर्कोमा सर्ने डाक्टर यज्ञराज सिग्देले बताए । विशेषगरी भीडभाडमा जादा सावधानी अपनाउनु पर्ने उनको सुझाब छ ।
रोगबाट बच्न आफै लाग्नु पर्ने पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका सुपरी टेन्डेन श्रीकृष्ण श्रेष्ठले बताए । उनले कडा ज्वरो आउनु र श्वासप्रश्वासमा समस्या आउनु स्वाइन फ्लुका मुख्य लक्षण भएको बताउदै यस्ता लक्ष्ण देखिने वित्तिकै उपचार गर्नु पर्ने बताए । उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने र बालबलिकामा वाकवाकी तथा वान्ता हुने, पेट मडारिने र पखाला लाग्नेजस्ता थप लक्षण देखिने उनले बताए । स्वाइन फ्लुबाट जोगिन माक्स लगाएर मात्र हिँड्नु पर्ने श्रेष्ठको सुझाब छ ।