स्पेनमा दुताबासको माग गर्दै राष्ट्रपति,ओली र अर्थमन्त्रीसँग भेटबार्ता


बसन्त रानाभाट
बार्सिलोना/
स्पेनमा राजदुताबास स्थापनाको माग सहित नेपाल गएको प्रतिनिधिमण्डलले राष्ट्रपति डा रामबरण यादबसँग भेटबार्ता गरेको छ। राष्ट्रपति यादबले स्पेनबासि नेपालीहरुको समस्यामा चासो राखेको भेटमा सहभागी एनआरएनए आईसीसी सल्लाहकार पुष्पराज तिमिल्सिनाले बताएका छन्।

राष्ट्रपतिसँगको भेट पछि बिहिबार नै प्रतिनिधिमण्डले अर्थमन्त्री डा रामशरण महतसँग पनि भेटबार्ता गरेको थियो । भेटबार्तामा अर्थमन्त्री डा महतले आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेको सल्लाहकार तिमिल्सिनाले जानकारी दिए।

यस्तै टोलीले नेकपा एमालेमा अध्यक्ष केपी ओली,काग्रेस नेता प्रकाश शरण महतसँग पनि छुट्टाछुट्टै भेट गरि दुताबास स्थापनामा पहल गरिदिन अनुरोध गरेको छ।
पछिल्ला भएका भेट बार्तामा गैरआबासीय नेपाली संघका उपाध्यक्ष टिबी कार्की सहभागि बनेका थिए।

1779889_10153007805082973_358104396144675342_n

यसै बीच प्रतिनिधिमण्डलले पत्रकार सम्मेलनको आयोजना गरि नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने लगायत दलका नेताहरुलाई भेटबार्ता गरि दबाब दिने कार्य सम्पन्न भएको जनाएको छ।

पत्रकार सम्मेलनमा गैरआबासीय नेपाली संघ स्पेनका अध्यक्ष एकराज गिरीले नेपालमा भएका पछिल्ला भेटबार्ताहरु अत्यन्तै फलदायी र सकारात्मक भएको बताएका छन्।

प्रतिनिधिमण्डलले यसअघि प्रधानमन्त्री सुशील कोईराला,पररास्ट्र मन्त्री,स्वास्थ्यमन्त्री,परराष्ट्र सचिब लगायत उच्चपदस्थ अधिकारीसँग भेटबार्ता र छलफलबारे पत्रकारहरुलाई जानकारी गराएको छ।

1978660_10153007789662973_2527866782263135191_n