लन्डन /
गैरआवासीय नेपाली सँघको निर्देशन बमोजिम एनआरएन यूकेले बिशेष अधिवेसन बोलाएको छ । आइतवार सम्पन्न एनआरएन यूकेको बैठकले यही महिनाको २१ तारिख शनिवार सो अधिवेसन बोलाउने निर्णय गरेको महासचिब योग फगामीले जानकारी दिए ।
अल्डरशटको कोनट स्कुलमा बिहान ११ बजे सुरु हुने सो साधारणसभामा उपस्थित हुन एनआरएन यूकेले सबै साधारण सदस्यलाई आब्हान गरेको छ ।
एनआरएन युकेमा आजसम्म पनि आर्थिक हिसाबकिताब बुझबुझारथमा अस्पस्टता देखिएको र आगामी बिशेष साधारणसभा अघि नैं आर्थिक पारदर्शिता प्रष्ट पार्नुपर्ने निर्णय आजको बैठकले गरेको छ।
सोही आर्थिक हिसाबकिताब सम्बन्धि बैठक आगामी फेब्रुअरी ८ तारिख आइतबार बोलाउने निर्णय गरिएको छ जसमा निवर्तमान कार्यसमितिका अध्यक्ष तथा पदाधिकारीहरु, संरक्षक परिषद, वर्तमान कार्यसमितिका अध्यक्ष तथा पदाधिकारीहरु, निर्वाचन कमिटि तथा महेन्द्र कंडेलसमेतलाई निमन्त्रणा गरी आर्थिक बिषयलाई टुंगो लगाउने प्रयास गरिने बताईएको छ ।
यस अघि एनआरएन आइसीसीले २१ तारिख भित्र विषेश साधारणसभा गरि एनआरएन यूके भित्रको विवाद समाधान गर्न निर्देशन दिएको थियो । साधारणसभामा एनआरएन यूके सँरक्षक परिषदको अनुमोदन, नेतृत्व हस्तान्तरण लगायतका बिषयमा निर्णय हुने बताएको छ । साधारणसभा पछि एनआरएन यूकेको विवाद अन्त्य हुने विश्वास रहेको छ । -nepalbritain