रेडियो अन्नपूर्णका दीपेन्द्र श्रेष्ठ सम्मानित


– माधव बराल

पोखरा/
रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठलाई टंकादेवी—तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार २०७१ वाट आज पोखरामा सम्मान गरिएको छ ।
श्रेष्ठले पत्रकारिताको माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरष्कारबाट सम्मान गरिएको हो ।

श्रेष्ठलाई शिक्षा विद जोर्ज जोन, क्षेत्रीय प्रशासक दिनेकुमार थपलिया, पुरष्कारका संस्थापक सुर्वणप्रसाद कोइराला र मेची महाकाली मिडिया सोसाईटीका अध्यक्ष माधव शर्माले संयुक्त रुपमा सम्मान गर्नुभयो ।

पोखरा प्रस्याङका सुर्वणप्रसाद कोइराला र उहाँका परिवारद्धारा माता टंकादेवी र पिता तुलसीप्रसादको स्मृतिमा स्थापित तथा मेचीमहाकाली मिडिया सोसाईटी नेपालले संचालन गरेको उक्त पुरष्कारको राशी नगद २० हजार १, दोसल्ला र सम्मानपत्र रहेको छ ।झापामा जन्मिएर पोखरालाई कर्मथलो बनाउनु भएका श्रेष्ठ विगत १३ वर्षदेखि रेडियो अन्नपूर्णमा कार्यरत हुनुहुन्छ भन्ने यसअघि पनि श्रेष्ठलाई विभिन्न संघ संस्थाले सम्मान गरिसकेका छन् ।

सम्मान कार्यक्रममा शिक्षाविद जोर्ज जोनले पेशाप्रति इमान्दार भएर काम गरेमा लक्ष्यमा पुग्न सकिने बताउनुभयो ।पत्रकारिता राज्यको एउटा अंग भएकोले नैतिकता र सत्यप्रति बफादार भएर काम गरेमा सफल भइने भनाई उहाँको छ । ५५ वर्ष अघि आफु पनि पत्रकार रहेको बताउँदै जोर्ज जोनले पत्रकारिता समाजिक सेवा नै भएकोले त्यसलाई मनन गरेर काम गर्नुपर्ने बताउनुभयो ।

क्षेत्रीय प्रशाशक दिनेशकुमार थपलियाले समाजको आर्थिक, सामाजिक रुपान्तरणमा पत्रकारिताको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।अहिले नेपालको पत्रकारिता अभाव, दवाव, प्रभावबाट आक्रान्त बनेको बताउँदै यसबाट मुक्त गराउन पत्रकाहरु एक जुटहुनुपर्ने बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय शहर भएकोले यसको बृहत्तर विकासको लागि पोखरेली नै लाग्नु पर्ने बताउनुभयो ।विकासको लागि खलनायक निकै खतरनाक हुने बताउँदै थपलियाले यसप्रति सबै सजग हनुुपर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व श्रेष्ठले यो सम्मानले आफुलाई थप जिम्मेवारी बोध गराउनुका साथै र उर्जा थपेको बताउनुभयो ।पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा कत्ति पनि विचलित नभइ निरन्तर लाग्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।“आफ्नो पेशाप्रति सन्तुष्ट छु”उहाँले भन्नुभयो,“झुपडी नै भएपनि पत्रकारितको घरमै बस्छु, डेरा सरि रहने मन छदै छैन ।”पत्रकारितामा सफल हुने महत्वपूर्ण कडि नै टिम वर्क भएको बताउँदै श्रेष्ठले पत्रकारितालाई उद्योगको रुपमा स्थापति गर्न र व्यवसायीक बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

10952871_541913819283332_8750985815402299182_n

पुरष्कारका संस्थापक कोइरालाले आमाको इच्छा अनुसार पुरष्कार स्थापना गरेको बताउनुभयो ।मेची महाकाली मिडिया सोसाइटीका अध्यक्ष माधव शर्माको अध्यक्षतमा भएको कार्यक्रममा बानका उपाध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, महासंघका पुर्व केन्द्रीय सदस्य पुण्य पौडेल, पत्रकार इश्वरी न्यौपाने लगायतले सम्मानित व्यक्तित्व श्रेष्ठलाई वधाइ दिदै पुरष्कारले अझ उर्जा र प्रेरणाा दिनेछ भन्ने शुभकामना व्यक्त गर्नुभयो ।मेची महाकाली मिडिया सोसाइटीका कोषाध्यक्ष बसन्ती बाँस्तोलाले स्वागत गरेको कार्यक्रमको संचालन पत्रकार बासुदेव मिश्रले गर्नुभएको थियो ।

यसअघि टंकादेवी—तुलसीप्रसाद स्मृति पत्रकारिता पुरष्कारबाट स्वर्गिय उमादेवी, रामकृष्ण ज्ञवाली, रीता गुरुङ्ग, इश्वरी न्यौपाने र गणेश पाण्डे सम्मानित भइसक्नु भएको छ ।