काठमाडौं/ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एकलौटी प्रस्ताव समिति निर्माण गरेर संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले महाभूल गरेको टिप्पणी गरेका छन् ।
संविधानसभा बैठकपछि बाहिरिएका दाहालले आफूहरु सभाध्यक्षको निर्णयविरुद्ध जनतामा जाने बताएका छन् । ‘अब परिणाम राम्रो हुनेछैन,’ उनले भने, ‘यसको जिम्मेवार कांग्रेस, एमाले र सभाध्यक्षले लिनुपर्छ ।’
दाहालले सभाध्यक्षको गरिमा समाप्त भएको भन्दै उनले नेम्वाङ पार्टी प्रवक्ताकोरुपमा प्रस्तुत भएको आरोप लगाए । उनले नेम्वाङले कलंकको टिका लगाएको दाहालले उल्लेख गरे ।