काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डको सुरक्षार्थ लाजिम्पाटस्थित निवासमा खटिएका सशस्त्र प्रहरीले एमाओवादीकै कार्यकर्ताबाट सोमबार नयाँ बानेश्वरमा कुटाइ खाएका छन् ।
संविधानसभाबाट निस्केर सोमबार सवा ४ बजे बिजुली बजारमा कार्यकर्तालाई सम्बोधन गर्न हिँडेका प्रचण्ड कृष्णटावर नजिकै पुगेपछि उनका अंगरक्षकहरुले बन्दकर्ताको पिटाइ खाएका हुन् ।
आफ्ना सुरक्षागार्डमाथि बन्दकर्ताले नचिनेर आक्रमण गरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड प्रहरीको भ्यानमा चढेर नयाँ बानेश्वर हुँदै लाजिम्पाटतर्फ लागेका छन् । नयाँ बानेश्वरमा संविधानसभा बैठकमा भाग लिन प्रचण्ड लाजिम्पाटबाट प्रहरीकै भ्यानमा आएका थिए
-onlinekhabar